मेष : नयाँ योजनाका साथ अघि बढ्ने समय रहेको छ । आत्मबल आत्मविश्वास बढेर जानेछ । व्यवसायबाट मनग्य नाफा कमाउन सकिनेछ । ठूला व्यक्तिको संगत गर्न पाइनेछ । मनमा शान्ति एवं शरीरमा कान्ति छाउने समय रहेको छ । पढाइमा अभिरुची बढ्नेछ । समय शुभ रहने देखिन्छ ।
वृष : गोपनीयता बाहिरीँदा समस्यामा परिन सक्छ, सतर्क रहनु होला । शारीरिक आलस्यताले सताउनेछ । आम्दानी भन्दा खर्चभार बढी हुँदा आर्थिक तालमेल मिलाउन गाह्रो पर्नेछ । व्यर्थको कार्यमा समय वित्नेछ । विपक्षीहरुले दु:ख दिनेछन्, संयमता पूर्वक अघि बढ्न आवश्यक देखिन्छ ।
मिथुन : अघिदेखि रोकिएका वित्तीय कारोवारलाई अघि बढाउन सकिनेछ । आय मूलक कार्यमा ध्यान जानेछ । थालेका अधिकांश कार्य सफल बन्दा हर्ष बढ्नेछ । मांगलिक कार्यको निम्तो पाइनेछ । नयाँ–नयाँ प्रस्तावहरु आउने छन् । सृजनात्मक शक्तिले गर्दा धेरैको मनमा बस्न सकिनेछ ।
कर्कट : सरकारी कामकाज सरल तवरले बन्नेछन् । नोकरीमा प्रशंसा एवं नयाँ जिम्मेवारी थपिनेछ । मान्यजनको सहयोगले असंभव कार्य पनि सहजता पूर्वक बन्नेछन् । प्रतिक्षित नतिजामा सफलता मिल्नेछ । सहज वातावरण बन्नेछ । पिताको सहयोगले थालेका कार्यबाट दिगो फाइदा हुनेछ ।
सिंह : सानातिना समस्यामा नआत्तिनु होला । बुद्धिमता ढंगले अघि बढ्दा सफल भइनेछ । आध्यात्मिक चिन्तन रहनेछ । परोपकारी कार्यमा सहभागी हुन पाउँदा खुसी लाग्नेछ । व्यवसायबाट अपेक्षित लाभ मिल्ने छ । नोकरीमा केही अपजस र स्वास्थ्य कमजोरी देखिन सक्छ, ख्याल गर्नुहोला ।
कन्या : पारिवारिक समस्याले गर्दा कार्य गर्ने वातावरण बन्नेछैन । क्षणिक फाइदालाई हेर्दा महत्वपूर्ण अवसर फुत्कनेछ । कडा परिश्रमका बापजुध पनि न्यून उपलब्धिमा नै चित्त बुझाउनु पर्नेछ । अनावश्यक चिन्ता बढ्नेछ । नयाँ कार्य भन्दा पहिला थालेका अपूरा कार्यमा लाग्नु उचित हुनेछ ।
तुला : काम गर्ने शैलीको प्रशंसा हुनेछ । मानसिक शान्तिको अनुभव हुनेछ । आकर्षण शक्ति बढेर जानेछ । माया–प्रेमको बन्धन कसिलो बन्नेछ । अरु व्यक्तिलाई विश्वास दिलाउन सक्दा महत्वपूर्ण जिम्मेवारी पाइनेछ । श्रृंगारिक कार्यमा मन जानेछ । दिन हर्षाेल्लास पूर्वक नै वित्ने देखिन्छ ।
बृश्चिक : दोधारेपनले गर्दा निर्णय लिन गाह्रो पर्न सक्छ, गुरुजन वा अग्रजको सहयोग लिनु होला । शत्रू पक्ष कमजोर रहँदा कार्य गर्न सहज हुनेछ । आर्थिक पक्षमा सुधारको संकेत देखिन्छ । नयाँ सिप सिकिनेछ । श्रमको सही मूल्यांकन मिल्दा काम गर्ने हौसला थपिनेछ । आकस्मिक लाभकारी समय रहेको छ ।
धनु : पारिवारिक सरसहयोगले कार्य गर्न सहज हुनेछ । नजिकका व्यक्तिसँग मिष्ठान्न भोजनको योग बनेको छ । सोच्न सक्ने क्षमताको कदर हुनेछ । शैक्षिक क्षेत्रमा मन जानेछ । टाढिएका आफन्तजनसँग मिलन हुनेछ । तर शारीरिक आलस्यताले ढीलासुस्ति हुन सक्छ, जागरुक रहनुहोला ।
मकर : घरायसी समस्या सृजना हुनेछ । सामान्य विवादले उग्ररुप लिनसक्छ, मेलमिलापबाट अघि बढ्नु लाभकारी हुनेछ । विना तयारी कार्यमा लाग्दा अन्यौलताको वातावरण बन्नेछ । आफ्नै निर्णयले आँफैलाई समस्यामा पार्न सक्छ, सोचेर निर्णय लिनु होला । स्थानान्तरणको समस्याले सताउनेछ ।
कुम्भ : सहयोगीहरुको उचित रुपमा साथ मिल्दा थालेका कार्यमा सफलता मिल्नेछ । सहनशिलता र कृयाशिलताको बृद्धि विकास हुनेछ । गरेका कार्यबाट दिगो रुपमा लाभ पाइनेछ । मन मिल्ने व्यक्तिसँगको आकस्मिक रमाइलो भेटघाट हुनेछ । आर्थिक लगानीको अवसर समेत मिल्नेछ ।
मीन : विशिष्ट समारोहमा मानसम्मान मिल्नेछ । बोलिकै भरमा ठूला कार्य बन्नेछन् । सान्दर्भिक कार्यको थालनीले गर्दा धेरै व्यक्तिको साथ सहयोग मिल्नेछ । घरमा नयाँ चहल पहल छाउनेछ । धन सञ्चय गर्न मन लाग्नेछ । तर नोकरीमा अपजस र स्वास्थ्य कमजोर बन्न सक्छ, ध्यान दिनुहोला ।