मेष : आजको दिन सुधारोन्मुख रहनेछ । सकारात्मक सोच, विचारको उदय हुनेछ । व्यवसायमा समेत आयदर बढ्नाले खुसीयाली छाउनेछ । अध्ययनमा रुचि बढ्नेछ । सम्मानजनक कार्य गरिनेछ । स्वास्थ्यमा सुधार एवं नयाँ जिम्मेवारी मिल्नेछ । विशेष कार्यको निम्तो पाइनेछ ।
वृष : खर्च भावको चन्द्रमा ग्रहका प्रभावले व्यर्थको कार्यमा भुल्दा महत्वपूर्ण कार्य भने ओझेलमा पर्नेछ । काम–काम भन्दा स्वास्थ कमजोर बन्नेछ, ध्यान दिनुहोला । परिश्रम अनुसारको प्रतिफल नमिल्दा काम गर्ने जोश जाँगर घट्नेछ । विपक्षीहरुले दु:ख दिने छन् । संयम रहनुहोला ।
मिथुन : इमान्दारीताको प्रशंसा मिल्नेछ । अघिदेखि उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ । शुभ समाचार सुन्न पाइनेछ । सहज वातावरण बन्नाले नयाँ कार्यको थालनि गरिनेछ । व्यवसायबाट राम्रो आम्दानी हुनेछ । प्रीयजनसँगको रमाइलो यात्राको संभावना बलियो देखिन्छ ।
कर्कट : प्रशासनिक क्षेत्रका अपूरा कार्यले गति लिनेछन् । सृजनात्मक कार्यमा मन जानेछ । मान्यजनको साथ, सहयोग पाइनेछ । प्रभावकारी कार्यको आरम्भ हुनेछ । स्वास्थ्य अवस्था ठीकठाक नै रहला । नोकरीमा प्रशंसा एवं जिम्मेवारी बढ्नेछ । वहान सुख मिल्नेछ । खुसीयाली छाउनेछ ।
सिंह : धार्मिक सभा समारोहमा जुट्ने समय रहेको छ । टाढिएका आफन्तजनसँग मिलन हुनेछ । सोचेका कार्य एकाएक पूरा हुँदा हर्ष बढ्नेछ । अघिदेखिका समस्या हल भएर जानेछन् भने नयाँ कार्यको प्रस्ताव समेत आउने छन् । धन लाभ हुनेछ । स्वास्थ्यको भने ख्याल राख्नुहोला ।
कन्या : समय कमजोर रहेको छ । अल्छि गर्नाले महत्वपूर्ण अवसर फुत्कनेछ । सामाजिक कार्यबाट जश मिल्ने छैन । नयाँ कार्यको आरम्भले तनाब मात्र थपिनेछ । स्वास्थ्य कमजोर बन्नेछ । दैनिक कार्यमा समेत समस्या सृजना हुनेछ । कम बोल्ने र नियमित कृयाकलापमा नै व्यस्थ रहनु उचित हुनेछ ।
तुला : मानसिक क्षमताको बृद्धिविकास हुनेछ । विपरीत लिंगिको सहयोगले काम बन्नेछ । सामान्य प्रयासले नै लक्ष्यमा पुग्न सकिनेछ । मन मिल्ने व्यक्तिसँगको रमाइलो जमघट हुनेछ । मनोरञ्जनात्मक कार्यमा सहभागी भइनेछ । समग्रमा दिन हर्षाेल्लास पूर्वक वित्ने देखिन्छ ।
बृश्चिक : तनाबदायी कार्यको नेतृत्व गर्नुपरेता पनि अग्रजको साथ सहयोग मिल्दा सफलता मिल्नेछ । व्यवसायमा गरेको लगानीले दिगोरुपमा फाइदा लिन सकिनेछ । पहिला गरेको दु:खको फल मिल्नेछ । घरायसी समस्या हल भएर जानेछ । शत्रूपक्ष कमजोर बन्दा काम गर्ने वातावरण बन्नेछ ।
धनु : पारिवारिक सहयोग मिल्नेछ । बौद्धिक कलाको प्रशंसा हुनेछ । स्वास्थ्य सामान्य बन्दै जानेछ । विवादित कार्यलाई मेलमिलापको वातावरणद्वारा सुल्झाउन सकिनेछ । नोकरीमा भने अन्योलता छाउने देखिन्छ । अरुको लहैलहैमा नलागि इमान्दारीता पूर्वक जिम्मेवारी पूर्ण गर्नुहोला ।
मकर : जिम्मा लिएका कार्यलाई समयमा पूर्ण गर्न नसक्दा भनाई खानु पर्नेछ । शारीरिक कमजोरीले कार्य गर्न मन लाग्ने छैन । विपक्षीको प्रलोभनमा पर्दा समस्यामा परिनेछ । नयाँ कार्यको आरम्भ गर्दा अन्योलता छाउनेछ । अशान्तिपनको अनुभूति हुनेछ । मातृपक्षको सहयोगले अघि बढ्नुहोला ।
कुम्भ : कृषि एवं पशुपालन क्षेत्रबाट अपेक्षित लाभांश मिल्दा हर्ष बढ्नेछ । मांगलिक कार्यको निम्तो पाइनेछ । मनमा शान्ति एवं शरीररमा कान्ति छाउने समय रहेको छ । साथीभाइसँगको रमाइलो भ्रमणको योग बनेको छ । साझेदारी कार्यबाट आफ्नो पक्षमा बढी लाभांश मिल्ने देखिन्छ ।
मीन : बोलीकै भरमा काम बन्नेछ । अचल सम्पत्तिमा गरेको लगानीले दिगो रुपमा फाइदा लिन पाइनेछ । आकस्मिक लाभको योग बनेको छ । सानातिना समस्यामा नआत्तिनु होला । खानपानमा ध्यान नदिँदा स्वास्थ्य कमजोर बन्नेछ, स्वास्थ्यको ख्याल राख्नुहोला । दिन मिश्रीत फलदायी रहने देखिन्छ ।