मेष : लक्ष्यमा पुग्न कडा परिश्रम गर्नुपर्नेछ । विश्वास गरेका व्यक्तिले विश्वस घात गर्नेछन् । शारीरिक आलस्यताका कराण काम गर्न मन लाग्ने छैन । आम्दानी घट्नेछ । आफन्तजनसँग नै बैरभाव उत्पन्न हुनेछ । गर्नैपर्ने कार्यमा समेत ढिला सुस्तीले गर्दा पछि परिनेछ । सतर्क रहनुहोला ।
वृष : व्यवसायबाट उचित लाभ उठाउन सक्दा अझै हौसला थपिनेछ । छोटो रमाइलो यात्राको अवसर जुट्नेछ । मनोरञ्जनात्मक कृयाकलापमा सहभागी हुने मौका मिल्नेछ । भविष्यका लागि नयाँ कार्ययोजना रचिनेछ । माया प्रेमको बन्धन कसिलो बन्नेछ । समग्रमा दिन शुभफलदायी रहनेछ ।
मिथुन : नयाँ तौर तरिकाको प्रयोगले गर्दा नाफा दर बढाउन सकिने छ । काम गरेर सन्तुष्टि मिल्नेछ । व्यवहारिक पक्ष सबल रहनेछ । लामो समयदेखि रोकिएका कार्यले स्थान पाउने छन् । व्यवसायबाट मनग्य नाफा कमाइनेछ । तर स्वास्थ्य भने कमजोर बन्न सक्छ, स्वास्थ्यको ख्याल राख्नुहोला ।
कर्कट : अध्ययन अध्यापन क्षेत्रमा प्रगतिको संकेत देखिन्छ । पारिवारिक जमघटले रमाइलो वातावरण बन्नेछ । सुख, शान्तिको अनुभूति हुनेछ । सामाजिक पद प्रतिष्ठा मिल्नेछ । सन्तानको साथ सहयोगले कार्य बन्नेछ । बौद्धिक क्षमताको कदर हुनेछ । प्रतिभाका कृयाकलापमा उच्च स्थान मिल्नेछ ।
सिंह : गोपनियता बाहिरिँदा विपक्षीको विजय हुनेछ । प्रतिक्षित नतिजामा गिरावट आउनेछ । नयाँ कार्यको थालनिले समस्या ल्याउनेछ । झन्झटिला परिस्थितिको सामना गर्नुपर्नेछ । अध्ययनमा अल्लि जोड दिनु पर्नेछ । अत्यावश्यक काम भएमा मातृशक्तिको सहयोगले अघि बढ्नु शुभ हुनेछ ।
कन्या : व्यवसायबाट अपेक्षित लाभ मिल्दा खुसी लाग्नेछ । दाजुभाइको सहयोगले महत्वपूर्ण काम बन्नेछ । श्रमको सहीरुपमा मूल्याङ्कन मिल्नेछ । साझेदारी काम कार्यको सुरुवाती हुनेछ । उदारपन रहनेछ । कृषि एवं पशुपालनमा लाग्ने व्यक्तिहरुका लागि समेत श्रमको उचित मूल्यांकन मिल्नेछ ।
तुला : लगनशिल भएर लाग्दा प्रशंसकहरु बढ्नेछन् । देशदेशान्तरसम्म आफ्नो प्रभुत्व रहनेछ । घरायसी समस्या हल भएर जानेछ । बोलिकै भरमा काम बन्नेछन् । अध्ययनमा रुचि बढ्नेछ । धन सञ्चय गर्न मन लाग्नेछ । धार्मिक आस्था जागृत हुनेछ । मानसिक क्षमतामा समेत बृद्धिविकास हुनेछ ।
बृश्चिक : आत्मबल आत्मविश्वास बढेर जानेछ । बल, बुद्धिको सही ठाउँमा प्रयोग गर्नाले सफल भइनेछ । श्रृंगारिक कार्यमा ध्यान जानेछ । स्वास्थ्य ठीकठाक नै रहनेछ । प्रेम प्रसंग चल्नेछ । मनमा शान्ति एवं शरीरमा कान्ति छाउनेछ । महत्वपूर्ण कार्यको नेतृत्व गर्न पाइनेछ ।
धनु : विपक्षीले दु:ख दिने छन् । अनावश्यक कार्यमा ध्यान दिँदा गर्नैपर्ने कार्य भने अलमलमा पर्नेछ । हतारको निर्णयले समस्या मात्र सृजना हुनेछ । सञ्चित धन रकम खर्च हुनेछ । गरिरहेको कार्य छाड्नु पर्दा चिन्ता छाउनेछ । नयाँ भन्दा नियमित कृयाकलापमा नै व्यस्थ रहनु उचित हुनेछ ।
मकर : व्यवस्थापन पक्ष सवल रहनेछ । आकस्मिक धन लाभको योग बनेको छ । सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सकिनेछ । राजनीतिक एवं शैक्षिक क्षेत्रमा उन्नति एवं चासो रहनेछ । लामो समयदेखि रोकिएका कार्यले गति लिनेछ । इच्छा, आकङ्क्षाहरु थपिने छन् । शुभ खबर सुन्न पाइनेछ ।
कुम्भ : काम गर्ने वातावरण बन्नेछ । मन, बचन र कर्मको तालमेल मिल्नेछ । नेतृत्वगणको विश्वासको पात्र भइनेछ । शुभ खबर मिल्नेछ । बन्धुवान्धवसँगको रमाइलो जमघट हुनेछ । इमान्दारीताको कदर हुनेछ । शत्रू पक्ष कमजोर रहँदा कार्य गर्न सहज हुनेछ ।
मीन : भाग्यभाव बलियो रहेको छ । सामान्य मिहिनेतले नै ठूला काम बन्नेछन् । धर्म, दर्शन, अध्यात्म तर्फ मन जानेछ । गुरुजनको सरसल्लाह लिएर अघि बढ्दा विजयी भइनेछ । धर्मकर्ममा रुचि बढ्नेछ । सामाजिक उत्तरदायित्व बढेर जानेछ । नाम कमाउने समय रहेको छ ।