मेष : काम गर्ने वातावरण बन्नेछ । आकस्मिक धन लाभ हुनेछ । मनोरञ्जनात्मक समारोहमा सहभागी भइनेछ । तर मध्यान्ह पछि गर्दै गरेका कार्यमा समेत विघ्न बाधा आउने छ । खर्चभार बढ्नेछ । स्वास्थ्यमा समेत समस्या उत्पन्न हुनेछ । संयमता पूर्व जिम्मेवारीलाई पूर्ण गर्दै अघि बढ्नुहोला ।
वृष : दैनिक काम कार्यमा समेत नयाँ स्रोत साधनको प्रयोगले कार्य गर्न सहज हुनेछ । नयाँ संझौता हुनेछ । दिन आर्थिक दृष्टिले विशेष लाभकारी रहने छ । व्यवसाय फस्टाउनेछ । हर्षको खबरले मन खुसी बन्नेछ । मध्यान्ह पछि स्वास्थ्य अवस्था समेत सामान्य बन्दै जाने देखिन्छ ।
मिथुन : अध्ययनमा रुचि बढ्नेछ । विद्यार्थी वर्गका लागि उन्नतिकारक समय रहेको छ । सामान्य मिहिनेतले नै सिप सिक्न र बुझ्न सकिनेछ । बन्धुवान्धवसँगको रमाइलो जमघट हुनेछ । बौद्धिक कलाको प्रशंसा पाइनेछ । वेलुकीपख स्वास्थ्य कमजोर बन्न सक्छ, खानपानमा बिचार पुर्याउनुहोला ।
कर्कट : पूर्वार्द्धको समयमा समस्याहरु यथावत् नै रहने छन् । अनावश्यक कार्यमा समय खर्च हुनेछ । नयाँ लगानी समेत नगर्नुहोला । मध्यान्ह पछि स्वास्थ्यमा सुधार हुनेछ । लक्ष्यमा पुग्न सफल भइनेछ । आर्थिक पक्षमा समेत सुधार भएर जानेछ । पारिवारिक जमघटले खुसीयाली छाउनेछ ।
सिंह : सहमति र सहकार्यमा कार्यहरु बन्नेछन् । मित्र मिलन हुनेछ । नयाँ क्षेत्रमा सहभागी भइनेछ । तर मध्यान्ह पछि भने एक्कासी स्वास्थ्य समस्या, दैनिक कार्यमा समेत विघ्न बाधा उत्पन्न हुनेछ । व्यवसायबाट न्यून प्रतिफल मिल्नेछ । मातृशक्तिको सल्लाहमा अघि बढ्नु शुभ हुनेछ ।
कन्या : आकस्मिक धन लाभ हुनाले मन फुरुड्ड बन्नेछ । हर्ष बढ्नेछ । ऐतिहासिक कार्यको थालनि गरिनेछ । तपाईँको काम गर्ने कलाले गर्दा धेरै व्यक्तिको साथ तथा समर्थन मिल्नेछ । मानसिक शान्तिको अनुभूति हुनेछ । धन सञ्चयको वातावरण समेत बन्नेछ । समय शुभ रहने देखिन्छ ।
तुला : काम अनुसारको नाम, दाम मिल्नाले सन्तोष मिल्नेछ । मनमा शन्तिको अनुभूति हुनेछ । व्यवहारिक पक्ष सवल रहनेछ । मध्यान्ह पछि अल्छि गर्नाले महत्वपूर्ण अवसर गुम्न सक्छ, अल्लि जागरुक रहनु होला । तर अचल वस्तुमा गरेको लगानीबाट पछिसम्म लाभ लिन पाइनेछ ।
बृश्चिक : पूर्वार्द्धमा समस्या तथा चुनौतिको सामना गर्नु परेता पनि मध्यान्ह पछिको समय क्रमिक रुपमा सुधार भएर जानेछ । जिम्मेवारी बढ्नेछ । आत्मबल आत्मविश्वास बढोत्तर हुनेछ । धेरै व्यक्तिको साथ सहयोगले काम बन्नेछ । आर्थिक पक्षमा समेत सुधारको संकेत देखिन्छ ।
धनु : नयाँ लगानि गर्ने सोचमा हुनुहुन्छ भने पूर्वाद्र्धको समय विशेष शुभकारक रहनेछ । मन मिल्ने व्यक्तिसँगको रमाइलो जमघट हुनेछ । तर मध्यान्ह पछि भने व्यर्थको चिन्ता, पीरले सताउनेछ । वैचारिक मतभेदका कारण ठूला व्यक्तिसँग नै विवाद बढ्ने छ । संयम रहनुहोला ।
मकर : कामको उचित रुपमा मूल्यांकन पाइनेछ । शैक्षिक क्षेत्रमा विशेष उन्नतिको संकेत देखिन्छ । छोटो समयमा धेरै क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सकिनेछ । आम्दानिका नयाँ–नयाँ श्रोतहरु फेला पर्ने छन् । मन, बचन र कर्मको तालमेल मिल्नेछ । मान्यजनको विश्वासको पात्र बनिनेछ ।
कुम्भ : धार्मिक आस्था जागृत हुनेछ भने आँफू भन्दा ठूला व्यक्तिसँग सहकार्य गर्न पाउँदा खुसी लाग्नेछ । नयाँ कार्यको जिम्मेवारी पाइनेछ । व्यवसायबाट अपेक्षित लाभ मिल्नेछ । कार्य क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सकिनेछ । थालेका अधिकांश कार्यले गति लिनेछन् । समय शुभ रहनेछ ।
मीन : पूर्वान्हको समयमा समस्याले छाड्ने छैन । विश्वास गरेका व्यक्तिले विश्वासघात गर्नेछन् । दु:ख गरेता पनि न्यून उपलब्धि मिल्नेछ । तर मध्यान्ह पछिको समय सुधारोन्मुख रहनेछ । सकारात्मक सोच विचार रहनेछ । परोपकारी भावना जागृत हुनेछ । आर्थिक पक्षमा समेत सुधार हुनेछ ।