मेष : आर्थिक पक्षमा सुधार हुनेछ । कामको सिलसिलामा रमाइलो यात्रा हुनेछ । मनोरञ्जनात्मक कार्यमा सहभागी भइनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । श्रृंगारिक कार्यमा ध्यान जानेछ । माया–प्रेमको गाँठो कसिलो बन्नेछ । विशेष कार्यको नेतृत्व गर्न पाइनेछ ।
वृष : सानातिना समस्या आइलागेता पनि दृढ भएर अघि बढ्दा सफल नै भइनेछ । अघिदेखि उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ । विपक्षीहरु कमजोर बन्नेछन् । व्यवसायबाट अपेक्षित लाभ मिल्नेछ । नयाँ अवसर प्राप्त हुनेछ । स्वास्थ्यको भने ख्याल राख्नुहोला ।
मिथुन : स्वास्थ्यमा सुधार हुनेछ । पारिवारिक मेलमिलापको वातावरण बन्नेछ । सोचे अनुरुप काम बन्नेछ । सुखसुविस्ता उपभोग गर्न पाइनेछ । मनमा शान्तिको अनुभूति हुनेछ । सकारात्मक सोचाइ रहनेछ । धार्मिक कृत्यमा सहभागी भइनेछ । समग्रमा दिन शुभ फलदायी रहने देखिन्छ ।
कर्कट : चतुर्थ भावमा रहने चन्द्रमा ग्रहका प्रभावले कष्टको सामना गर्नु पर्नेछ । जिम्मा लिएका काम समयमै पूर्ण गर्न नसक्दा भनाइ खानुपर्नेछ । बोलिकै कारण बन्नै आँटेका कार्यले समेत विराम लिनेछन् । स्वास्थ्य कमजोर बन्नेछ । नजिकका व्यक्तिसँग नै विवादको स्थिति सृजना हुनेछ ।
सिंह : दाजुभाइको सहयोगले कार्य बन्नेछन् । काम गर्ने ईच्छा शक्ति बढेर जानेछ । सामाजिक कार्यबाट प्रशंसा मिल्नेछ । कृषि एवं श्रममार्गबाट उचित लाभ मिल्दा काम गर्ने हौसला थपिनेछ । व्यवस्थापन पक्ष सबल रहनेछ । नयाँ मित्र बनाइनेछ । खुसीको खबर सुन्न पाइनेछ ।
कन्या : धन सञ्चयको वातावरण बन्नेछ । घरमा नयाँ चहलपहल छाउनेछ । सामान्य कुरामा भुल्ने समय छैन । आफन्तजनसँगको भ्रमण हुनेछ । अचल सम्पत्तिमा गरेको लगानिले भविष्यसम्म लाभ लिन पाइनेछ । बोलीकै भरमा ठूला काम कार्य पनि सरल तवरले बन्नेछन् ।
तुला : विशिष्ट समारोहमा अतिथिको सत्कार पाइनेछ । रोकिएका काम कार्यले गति लिनेछन् । अध्ययनमा रुचि बढ्नेछ । पूराना समस्यालाई हल गर्दै अघि बढ्न सकिनेछ । नयाँ कार्य योजनाहरु रचिने छन् । मानसिक क्षमताको बृद्धि विकास हुनेछ । महत्वपूर्ण कार्यको जिम्मेवारी पाइनेछ ।
बृश्चिक : आर्थिक लेनदेनमा विवाद बढ्नेछ । अनावश्यक कार्यमा भुल्दा महत्वपूर्ण मौका फुत्कनेछ । झमेला युक्त कार्यको नेतृत्व गर्नुपर्नेछ । मन हुँदाहुँदै पनि गरिरहेको कार्य छाड्नु पर्दा, नैराश्यता छाउनेछ । चिन्ता, पीरले सताउनेछ । असन्तोषी प्रवृत्तिले सताउनेछ । दैनिक कार्यमा नै व्यस्थ रहनुहोला ।
धनु : आस मारेको धन हात लाग्नेछ । आय मूलक कार्यमा चासो रहनेछ । नयाँ व्यवसायको सुरुवाति गर्ने समय रहेको छ । प्रीयजनसँगको भेटले मन फुरुङ्ग बन्नेछ । विद्यार्थी वर्गका लागि समेत उन्नतिकारक समय रहेको छ । नयाँ प्रस्तावहरु आउने छन् । खुसी बढ्नेछ ।
मकर : कर्मभाव खुलेको छ । न्यायिक कार्यमा चासो रहनेछ । सहनशिलता र कृयाशिलताको बृद्धि विकास हुनेछ । विशिष्ट व्यक्तिसँग मित्रता रहनेछ । मान्यजनसँग सहकार्य गर्ने अवसर मिल्नेछ । वहान सुख मिल्नेछ । आर्थिक उपलब्धि हुनेछ । समग्रमा दिन शुभफलदायी रहने देखिन्छ ।
कुम्भ : सामान्य कार्यले नै लक्ष्यमा पुग्न सकिनेछ । हर्ष बढ्नेछ । स्वास्थ्य अवस्था सामान्य बन्दै जानेछ । आर्थिक पक्षमा सुधार हुनेछ । समस्याको निराकरणको उपाय रचिनेछ । शैक्षिक क्षेत्रमा उन्नतिको संकेत देखिन्छ । परोपकारी भावना जागृत हुनेछ । दिन सुधारोन्मुख रहनेछ ।
मीन : कठोर बोली व्यवहारका कारण मान्यजनसँग विवाद पर्नेछ । चिन्ता बढ्नेछ । हचुवाको भरमा निर्णय लिँदा समस्यामा परिन सक्छ, सजक रहनु होला । व्यर्थको कार्यमा भुल्दा महत्वपूर्ण कार्यमा पछि परिनेछ । असन्तोषीपनले सताउनेछ । कम बोल्ने र नियमित कृयाकलापमा नै व्यस्थ रहने गर्नु उचित हुनेछ ।