मेष : मानसिक क्षमतामा निखारता आउनेछ । कलात्मक कार्यमा मन जानेछ । सुखसन्तोष मिल्नेछ । कामको सिलसिलामा आकस्मिक यात्रा हुनेछ । शत्रू परास्त हुनेछन् । धनसम्पत्ति जोड्ने योग बनेको छ । तर अवसर हुँदहुँदै दुबिधाले सही निर्णय लिन गाह्रो पर्नेछ, मान्यजनको सल्लाह लिनु शुभ हुनेछ ।
वृष : असहज परिस्थिति हट्नेछ । मांगलिक कृत्यमा सहभागी भइनेछ । सन्तानको प्रगतिमा रमाइनेछ । मानसम्मान मिल्नेछ । विशेष कार्यक्रममा अतिथिको सत्कार पाइनेछ । छरछिमेकमा आफ्नो छुट्टै सम्मान मिल्नेछ । आर्थिक पक्ष बलियो नै रहनेछ । समग्रमा दिन शुभफलदायी रहने देखिन्छ ।
मिथुन : काम गरेर चित्त बुझाउन सकिने छैन । अनावश्यक कार्यमा समय विताउँदा महत्वपूर्ण कार्य छुट्नेछ । शारीरिक आलस्यता कायमै रहनेछ । दोधारेपनले निर्णय लिन गाह्रो पर्नेछ । आज नयाँ काम कार्यको आरम्भ गर्नुभन्दा नियमित कृयाकलापमा नै व्यस्थ रहनु शुभ हुनेछ ।
कर्कट : ठूला व्यक्तिको संगतले उच्चस्तरीय कार्यमा सहभागी भइनेछ । साथीभाइको सहयोग लिँदा समस्यालाई हटाउन सकिनेछ । सृजनात्मक कार्यको प्रशंसा पाइनेछ । इच्छा शक्ति बढ्नेछ । आत्मबल आत्मविश्वास बढेर जानेछ । आकस्मिक धन लाभ हुनेछ । दिन शुभ रहने देखिन्छ ।
सिंह : अचल वस्तुमा गरेको लगानिले दिगो रुपमा लाभ पाइनेछ । कुटुम्बको सहयोगले कार्य बन्नेछन् । मिहिनेतको उचित रुपमा कदर हुनेछ । नयाँ कार्य योजनाहरु रचिने छन् । पछि गर्छु भन्ने बानीले महत्वपूर्ण मौका फुत्कन सक्छ, अल्छिपना त्यागेर कार्यमा लाग्नु पर्ने देखिन्छ ।
कन्या : सृजनशिलताको विकास हुनेछ । धेरैको विश्वासको पात्र बनिनेछ । महत्वपूर्ण कार्यको नेतृत्व पाइनेछ । सानो प्रयासबाट नै कार्य बन्दा कामप्रतिको मोह बढ्नेछ । काम अनुसारको नाम, दाम मिल्नेछ । ठूला व्यक्तिको सहयोग पाइनेछ । समग्रमा दिन हर्षाेल्लास पूर्वक वित्ने देखिन्छ ।
तुला : हतारमा निर्णय लिँदा समस्यामा परिनेछ । बोलि अनुसार कार्य गर्न सकिने छैन । मनमा शंका उपशंका उब्जनेछ । बाह्रौं भावमा स्थित चन्द्रमा ग्रहले खर्च भार Þवात्तै बढ्नेछ । आर्थिक अभावले कार्यहरु अड्कने छन् । आफ्ना नियमित कृयाकलापमा नै व्यस्थ रहनु उचित हुनेछ ।
बृश्चिक : प्रीयजनसँगको रमाइलोपल वित्नेछ । आश मारेर बसेका कार्यले समेत स्थान पाउने छन् । बन्दव्यापारबाट लगानी अनुसारको लाभ मिल्नेछ । सोच्दै नसोचेका कार्यमा एक्कासी सफलता मिल्नेछ । टाढाबाट खुसीको खबर सुन्न पाइनेछ । मानसिक शान्तिको अनुभूति हुनेछ ।
धनु : कर्म प्राप्तिको योग बनेको छ । व्यापार भन्दा नोकरीबाट बढि जस मिल्नेछ भने नयाँ जिम्मेवारी समेत पाइनेछ । सहमतिबाट कार्यहरु बन्नेछन् । सामाजिक कार्यमा समय विताउन पाइनेछ । मिहिनेत अनुरुपको प्रतिफल मिल्दा काम गर्ने हौसला थपिनेछ । समय शुभ नै रहने देखिन्छ ।
मकर : मिहिनेती प्रबृत्तिको विकास हुनेछ । आदरसत्कार मिल्नेछ । काम गरेर सुख, सन्तोष मिल्नेछ । पूराना मित्रसँगको मिलनले मन खुसी रहनेछ । भाग्यले साथ दिँदा थालेका अधिक कार्यहरु सफल बन्नेछन् । तर सामान्य स्वास्थ्य भने कमजोर बन्न सक्छ, खानपानमा विचार पुर्याउनु होला ।
कुम्भ : तपाईँले विश्वास गरेका व्यक्ति नै विरोधमा उत्रनेछन् । सञ्चित धन खर्च गर्नुपर्दा, नैराश्यता छाउनेछ । शारीरिक रुपमा कमजोर भएको अनुभूति हुनेछ । अवसरलाई चिन्न नसक्दा महत्वपूर्ण मौका फुत्कनेछ । नयाँ कार्यको आरम्भ नगरी नियमति कृयाकलापमा व्यस्थ रहनु शुभ हुनेछ ।
मीन : छोटो रमाइलो यात्राको अवसर मिल्नेछ । सकारात्मक कृयाकलापमा लागिनेछ । मन प्रसन्न बन्नेछ । विपरीत लिंगीको सहयोग पाइनेछ । बोलिको प्रभाव रहनेछ । अध्ययनमा रुचि जाग्नेछ । प्रेम प्रसड्ड चल्नेछ । मनोरञ्जनात्मक कार्यमा सहभागी हुने मौका मिल्नेछ । समग्रमा दिन शुभ रहने देखिन्छ ।