नेपाली लेखक सङ्घले ‘राष्ट्रिय लेखक पुरस्कार–२०८२’ वरिष्ठ आख्यानकार धुव्रचन्द्र गौतमलाई प्रदान गर्ने भएको छ । सङ्घको काठमाडौँमा आज बसेको पदाधिकारी बैठकले राष्ट्रिय लेखक दिवसको अवसर पारेर यही वैशाख १६ गते आयोजना गरिने कार्यक्रममा रु एक लाख राशिको उक्त पुरस्कार गौतमलाई प्रदान गर्ने निर्णय गरेको हो । उक्त बैठकले सङ्घको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक वैशाख १६ गते काठमाडौँमा बस्ने, देशभर वैशाख १६ गते राष्ट्रिय लेखक दिवस मनाउनेलगायत निर्णय गरेको सङ्घका अध्यक्ष वियोगी बुढाथोकीले जानकारी दिए ।
सङ्घको आठौँ अधिवेशनपश्चात रिक्त केन्द्रीय समिति सदस्यमा अनुपमा रेग्मी, बाबु त्रिपाठी, सुरेन्द्र अस्तफल, कुमार दाहाल, जीवन आचार्य, विष्णुबहादुर दौल्याल, मधुसुदन पोखरेल, मञ्जुश्री गिरी, तिलक राउत र नवीन चिरागलाई मनोनयन गर्ने निर्णय गरेको छ । बैठकले केन्द्रीय समितिका सम्पूर्ण पदाधिकारी तथा अनुपमा रेग्मी, बाबु त्रिपाठी, सुदर्शन आचार्य, महेन्द्र वाग्ले, इन्द्र लम्साल र सन्तोष बोहरा रहनेगरी केन्द्रीय सचिवालय गठन गर्ने निर्णय गरेको छ । सङ्घले देशका लब्ध–प्रतिष्ठित २५ वरिष्ठ लेखक साहित्यकारलाई मानार्थ सदस्यता प्रदान गर्ने निर्णय समेत गरेको छ । बैरागी काइँला, ध्रुवचन्द्र गौतम, नरहरि आचार्य, तोया गुरुङ, भुवन ढुङ्गाना, नगेन्द्रराज शर्मा, बलदेव शर्मा बजगैँया, डा बेन्जु शर्मा, डा तुलसी भट्टराई, केदारनाथ खनाल, भूपति ढकाल र मञ्जु काँचुलीलाई मानार्थ सदस्यता प्रदान गरिएको छ ।
यसैगरी, कृष्ण गौतम, गोविन्दराज विनोदी, डा हेमाङ्गराज अधिकारी, डा गोविन्दराज भट्टराई, डा व्रतराज आचार्य, डा कुलप्रसाद कोइराला, डा गोपाल भण्डारी, डा रेवतीरमण लाल, वनमाली निराकार, कविराज न्यौपाने, हरि अधिकारी, ध्रुव सापकोटा र सनत रेग्मीलाई पनि मानार्थ सदस्यता प्रदान गरिएको छ ।