नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३६ रूपैयाँ ३० पैसा र बिक्री दर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिद दर १५५ रूपैयाँ ०३ पैसा र बिक्रीदर १५५ रूपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रूपैयाँ ९६ पैसा र बिक्री दर १८१ रूपैयाँ ७६ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १६६ रूपैयाँ ५८ पैसा र बिक्री दर १६७ रूपैयाँ ३१ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ८९ पैसा र बिक्री दर ८७ रूपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रूपैयाँ ३८ पैसा र बिक्री दर ९८ रूपैयाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०३ रूपैयाँ ९१ पैसा र बिक्री दर १०४ रूपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । यस्तै, जापानी येन १० को खरिद दर नौ रूपैयाँ ५८ पैसा र बिक्री दर नौ रूपैयाँ ६२ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ६६ पैसा र बिक्री दर १८ रूपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ३३ पैसा र बिक्री दर ३६ रूपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ३९ पैसा र बिक्री दर ३७ रूपैयाँ ५६ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिद दर चार रूपैयाँ ०८ पैसा र बिक्री दर चार रूपैयाँ १० पैसा, युएई दिराम एकको खरिद दर ३७ रूपैयाँ ११ पैसा र बिक्री दर ३७ रूपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रूपैयाँ ८८ पैसा र बिक्री दर ३१ रूपैयाँ ०२ पैसा निर्धारण भएको छ । यसैगरी, साउथ कोरियन वन एक सयको खरिद दर नौ रूपैयाँ ५७ पैसा र बिक्री दर नौ रूपैयाँ ६२ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १४ रूपैयाँ १७ पैसा र बिक्री दर १४ रूपैयाँ २३ पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रूपैयाँ ७६ पैसा र बिक्री दर २० रूपैयाँ ८५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिद दर १७ रूपैयाँ ५६ पैसा र बिक्री दर १७ रूपैयाँ ६४ पैसा, कुवेती दिनार एकको खरिद दर ४४४ रूपैयाँ ५४ पैसा र बिक्री दर ४४६ रूपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिद दर ३६१ रूपैयाँ ६१ पैसा र बिक्री दर ३६३ रूपैयाँ २० पैसा, ओमनी रियाल एकको खरिद दर ३५४ रूपैयाँ ०३ पैसा र बिक्री दर ३५५ रूपैयाँ ५९ पैसा रहेको छ । यस्तै, केन्द्रीय बैंकले भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।