मेष : शैक्षिक गतिविधिमा उत्कृष्ट नतिजा आउँदा मन खुसी रहनेछ । सकारात्मक सोच विचार रहनेछ । मन मिल्ने व्यक्तिसँग मिष्ठान्न भोजनको आनन्द लिन पाइनेछ । नयाँ–नयाँ अवसरहरु जुट्ने छन् । पारिवारिक सरसहयोगले कार्य गर्न सहज हुनेछ । आकस्मिक धन लाभ हुनेछ ।
वृष : मानसिक चिन्ता, पीरले सताउनेछ । जिम्मा लिएका काम समयमै गर्न नसक्दा भनाइ खानु पर्नेछ । बन्धुवान्धवसँग बोलिकै कारण सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । जिम्मा लिएका कार्यलाई समयमै पूर्ण गर्न नसक्दा भनाइ खानु पर्नेछ । आर्थिक पक्ष कमजोर बन्नेछ । मातृपक्षको सहयोगले अघि बढ्नु शुभ हुनेछ ।
मिथुन : मनमिल्ने व्यक्तिसँगको रमाइलो भ्रमण हुनेछ । सहमति र सहकार्यको वातावरणले गर्दा सहज तवरले कार्य बन्ने छन् । मिहिनेत अनुसारको प्रतिफल मिल्दा खुसी लाग्नेछ । काम गर्ने जोश जाँगर थपिनेछ । सामाजिक कार्यले गर्दा नयाँ पदप्रतिष्ठा समेत मिल्नेछ । आजको दिन शुभ रहनेछ ।
कर्कट : अल्छि गर्ने वानीले पछि परिनेछ, जागरुक रहनु होला । अचल वस्तुमा गरेको लगानिले पछि ठूलो फाइदा दिलाउने छ । धार्मिक एवं सामाजिक कार्यबाट उच्च सम्मान मिल्नेछ । आर्थिक पक्ष बलियो नै रहनेछ । समग्रमा दिन केही झन्झटका बापजुध सफलदायी रहने देखिन्छ ।
सिंह : मन, बचन र कर्मको तालमेल मिल्नेछ । इमान्दारीताको कदर हुनेछ । श्रृंगारिक कार्यमा मन जानेछ । ठूला व्यक्तिसँग संगत रहनेछ । छोटो रमाइलो यात्राको अवसर मिल्नेछ । बोली विक्ने समय रहेको छ । सान्दर्भिक कार्यको शुरुवाति गरिनेछ । महत्वपूर्ण मौका मिल्नेछ, अघि बढ्नुहोला ।
कन्या : अनावश्यक कार्यमा खर्चभार बढ्नेछ । हिनताबोधले गर्दा कार्य गर्न मन लाग्ने छैन । दैनिक कामकाजमा पनि समस्या सृजना हुनेछ । स्वास्थ्य कमजोर बन्नेछ । पढाइलेखाइमा भन्दा बाहिरी कुरामा मन जानेछ । नयाँ कार्यको थालनि एवं टाढाको यात्रा आज शुभ देखिन्न ।
तुला : आर्थिक आम्दानीमा बढोत्तरी हुनेछ । गुमेको धन हात पर्दा प्रसन्नता बढ्नेछ । नयाँ कार्य योजनाहरु रचिने छन् । मया–प्रेमको बन्धन झन् कसिलो बन्नेछ । नयाँ–नयाँ वस्तुको उपयोग गर्न पाइनेछ । प्रीयजनसँगको रमाइलो भेटघाट हुनेछ । हर्षाेल्लास पूर्व दिन व्यतित हुनेछ ।
बृश्चिक : काम अनुसारको नाम, दाम मिल्नेछ । कार्य क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न पाइनेछ । घरायसी समस्या हल हुनेछ । नयाँ सिप सिक्ने अवसर मिल्नेछ । विशिष्ट व्यक्तिसँग सहकार्य गर्न पाइनेछ । सरकारी एवं प्रशासनिक क्षेत्रका अपूरा कार्यले पूर्णता पाउनेछन् ।
धनु : सामान्य समस्यामा नआत्तिनु होला, निरन्तर लाग्दा सफल भइनेछ । सहयोगीहरुको साथले अपूरा कार्यलाई अघि बढाउन सकिनेछ । बल, विद्या, नाम, दाम मिल्ने समय रहेको छ । अध्ययनमा चासो बढ्नेछ । धार्मिक कार्यमा रुचि जाग्नेछ । समग्रमा समय सुधारोन्मुख रहनेछ ।
मकर : नयाँ कार्यको थालनि गर्दा बाधा अड्चनहरु देखापर्ने छन् । अरुले गरेको गल्तिको आरोप तपाईँलाई आउन सक्छ, सतर्क रहनु होला । अरुको नियम, नियन्त्रणमा बस्न सकिने छैन । अनावश्यक कार्यमा भुल्दा महत्वपूर्ण कार्य ओझेलमा पर्नेछ । दैनिक कार्यमा नै व्यस्थ रहनुहोला ।
कुम्भ : थालेका अधिकांश कार्य पूरा हुँदा मन हर्षित बन्नेछ । मानसिक शान्तिको अनुभूति हुनेछ । हर्षको खबर मिल्नेछ । प्रेम प्रसंग चल्नेछ । नेतृत्व गणसँग निकटता रहनेछ । लामो समय पछि मित्र मिलन हुनेछ । स्वास्थ्य अवस्था समान्य बन्दै जानेछ । खुसीको खबर सुन्न पाइनेछ ।
मीन : स्थान, मान प्रप्तिको योग बनेको छ । वैदेशिक क्षेत्रका अपूरा कार्यलाई पहल गर्दा पूर्ण गर्न सकिनेछ । व्यवसायबाट सोचे अनुरुप लाभ मिल्दा खुसीयाली छाउनेछ । पूर्व तयारीका साथ लाग्दा धेरै कार्यहरु बन्नेछन् । तर आज स्वास्थ्य भने कमजोर बन्न सक्छ, खानपानमा ध्यान दिनुहोला ।