सम्पूर्ण पाठक महानुभावहरूमा शुभ भाव प्रकट गर्दै मिति २०८१ साल पौष ७ गते आइतवार देखि १३ गते शनिवार सम्मको साप्ताहिक राशिफल प्रस्तुत गरेकी छु, राशिफल मनन गर्नुहोस् र आफ्ना दिनहरूलाई उत्कृष्ट र सफल बनाउँनुहोस्। - ज्यो. श्री सृजना तिम्सिना
मेष राशि- चु, चे, चो, ला, लि, लु, ले, लो,
मेष राशि हुनेहरूका लागि यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा गरेको कामबाट मान सम्मान प्राप्त हुनेछ। साताको मध्यतिर शैक्षिक प्रगती राम्रो देखिन्छ।आर्थिक कारोबार पनि फस्टाउएर जानेछ। साताको उत्तरार्धमा भाग्यले साथ दिने समय छ, सकारात्मक सोचका साथमा अगाडी बढ्नुहोला। मान्यजनको साथ सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन श्रीगणेश भगवानकोआराधना गर्नुहोला।
वृष राशि- इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
वृष राशि हुनेहरूका लागि यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा काम गर्ने जोस र जाँगर बढ्ने छ। आर्थिक पक्ष सबल देखिन्छ। साताको मध्यतिर स्वास्थ्यमा सामान्य समस्या देखिनसक्छ, खानपान र यात्रामा सचेत रहनुहोला। साताको उत्तरार्धमा शैक्षिक प्रगति राम्रो देखिन्छ।दैनिक कामकाजमा सामान्य रहनेछ। आमा वा मावलीको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन सरस्वती माताको आराधना गर्नु होला।
मिथुन राशि- क, कि, कु, घ, ङ, छ, के, को, ह
मिथुन राशि हुनेहरूका लागि यो साता उत्तम रहेको छ। साताको पूर्वार्धमा सकारात्मक सोचले तपाईंलाई उचाईमा पुर्याउने छ। साताको मध्यतिर आर्थिक लाभ प्राप्त हुने छ। सेयर बजारबाट पनि केहि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा रोकोएको कामले गति लिनेछ। विद्वान् व्यक्तिसँग संगत गर्न पाइनेछ। शैक्षिक प्रगति उत्तम देखिन्छ। सन्तान वा भाइ बहिनिको साथ, सहयोग र सल्लाहले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र ऊर्जाशिल बनाउन वासुदेव भगवानको आराधना गर्नु होला।
कर्कट राशि- ह, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्कट राशि हुनेहरूका लागि यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा आत्मविश्वास बढ्नुको साथै काममा सफलता प्राप्त गर्न सकिने छ। साताको मध्यतिर सामान्य विषयमा विवाद हुनसक्छ, वोलीलाई नियन्त्रण गर्नुहोला। आर्थिक लाभ सामान्य रहने छ। साताको उत्तरार्धमा कामको प्रशंसा पाइने छ भने परिवारसँग घुम्न जाने अवसर समेत मिल्ने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। गुरूजनको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन श्री पशुपतिनाथाको आराधना गर्नु होला।
सिंह राशि- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सिंह राशि हुनेहरूका लागि यो साता राम्रो रहेको छ। साताको पूर्वार्धमा धर्मकर्ममा मन जाने छ। वैदेशिक काम र यात्रामा सफलता मिल्ने छ। साताको मध्यतिर कृषि कर्मबाट अधिक लाभ प्राप्त गर्न सकिनेछ। साताको उत्तरार्धमा कर्म क्षेत्रमा कामको प्रशंसा पाइनेछ। शैक्षिक प्रगति मध्यम देखिन्छ। दिदी बहिनीको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई अझ उत्तम र उर्जाशिल बनाउन सूर्य देवको आराधना गर्नु होला।
कन्या राशि- टो, प, पी, पू, ष, ण, ठ, पे, पो
कन्या राशि हुनेहरूका लागि यो साता सामान्य रहेको छ। साताको पूर्वार्धमा परोपकार र सहयोगमा मन जाने छ। साताको मध्यतिर स्वास्थ्यमा समस्या देखिन सक्छ, सचेत रहनुहोला। साताको उत्तरार्धमा मनोबल उच्च हुने छ। काम गर्ने जोस जाँगर बढ्ने छ। अध्ययन अध्यापनमा समेत रुचि बढ्ने छ। विदेशमा रहेका आफन्तको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन बिष्णु भगवानको आराधना गर्नु होला।
तुला राशि- रा, री, रू, रे, रो, ता, ती, तु, ते
तुला राशि हुनेहरूका लागि यो साता सामान्य रहेको छ। साताको पूर्वार्धमा नयाँ व्यवसाय वा सृजनशिल काममा जुट्दा लाभ प्राप्त गर्ने समय छ। साताको मध्यतिर आर्थीक उन्नती राम्रो हुने देखिन्छ। साताको उत्तरार्धमा वैदेशिक कामबाट लाभ प्राप्त हुने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। माता पिता वा गुरुको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन लक्ष्मीनारायणको आराधना गर्नु होला।
वृश्चिक राशि- तो, ना, नि, नू, ने, नो, या, यि, यू
वृश्चिक राशि हुनेहरूका लागि यो साता सामान्य रहेको छ। साताको पूर्वार्धमा मान सम्मान प्राप्त हुने छ। साताको मध्यतिर रमाइलो भेटघाट जमघटमा दिन व्यतित हुने छन्। साताको उत्तरार्धमा आम्दानी भन्दा खर्च बढि हुने देखिन्छ। शैक्षिक प्रगति राम्रो देखिन्छ। विदेशमा रहेका साथी तथा आफन्तको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन बजरंगवली हनुमानको आराधना गर्नु होला।
धनु राशि- ये, यो, भा, भी, भू, ध, फा, ढ, भे
धनु राशि हुनेहरूका लागि यो साता सामान्य रहेको छ। साताको पूर्वार्धमा अस्वस्थताका कारण काममा बाधा आउन सक्छ। साताको मध्यतिर कामको कदर हुनेछ। सामाजिक र नयाँ कामबाट सफलता हात पर्ने छ। साताको उत्तरार्धमा मन मिल्ने साथीसँगको स्मरणीय यात्राले खुसी मिल्ने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। आफ्नै वाणीको प्रभावले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन शेषशायी विष्णु भगवानको आराधना गर्नु होला।
मकर राशि- भो, जा, जी, जू, जे, जो, ख, खि, खु, खे, खो, गा, गी
मकर राशि हुनेहरूका लागि यो साता मध्यम रहेको छ। साताको पूर्वार्धमा आर्थीक उपार्जन राम्रो हुने देखिन्छ। साताको मध्यतिर कार्यक्षेत्रमा कामको व्यस्तता अधिक हुनेछ। साताको उत्तरार्धमा आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु परे पनि विशिष्ट व्यक्तिको आशीर्वाद प्राप्त हुने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। मनोवल उच्च राखेर काम गर्दा सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन वटुक भैरवको आराधना गर्नु होला।
कुम्भ राशि- गु, गे, गो, सा, सी, सु, से, सो, द
कुम्भ राशि हुनेहरूका लागि यो साता सामान्य रहेको छ। साताको पूर्वार्धमा आर्थिक कारोबार फस्टाउने छ। साताको मध्यतिर साझेदारी कामबाट लाभ मिल्नेछ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा केहि शारीरिक समस्याले सताउने सम्भावना भएकोले खानपान र यात्रामा सजग रहनुहोला। शैक्षिक प्रगति मध्यम देखिन्छ। गुरु वा मान्यजनको साथ र सल्लाहले सोचे आँटेको काममा सहयोग पुग्नेछ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन शनिदेवको आराधना गर्नु होला।
मीन राशि- दी, दू, थ, झ, ञ, दे, दो, च, ची
मीन राशि हुनेहरूका लागि यो साता मध्यम रहेको छ। साताको पूर्वार्धमा शुभ समाचार प्राप्त गर्न पाइनेछ। साताको मध्यतिर आयका नयाँ स्रोतहरू फेला पर्ने छन्। साताको उत्तरार्ध तपाईंका लागि अलि कष्टकर रहनेछ। शैक्षिक प्रगति राम्रो साथै गहिरो अध्ययन अनुसन्धानमा मन लाग्ने देखिन्छ। श्रीमान्/ श्रीमती/ पार्टनरको सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन गुरु बृहस्पतिको आराधना गर्नु होला। धन्यवाद
परामर्शका लागि-श्री ज्योतिष तथा परामर्श केन्द्र, इटहरी सुनसरी, कोशी प्रदेश नेपाल
सम्पर्क नम्बर-९८४९७७०७९९
What’s app no- 9849770799
[email protected]