अबिरलको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदी उदयपुरको बेलाका नगरपालिका क्षेत्र तर्फ डुबानमा परेको छ । बेलाका नगरपालिकाको वडा नम्बर १, २, ३, ८ र ९ सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ८ का झन्डै २ हजार घर परिवार उच्च जोखिममा परेका छन।
उदयपुरको बेलका नगरपालिकाको वडा नं. १, २, ३, ८ र ९ तेसै गरी बराहाक्षेत्र नगरपालिकाको वडा नं. ६ सहित स्थानीय सोमबारे, डुम्रीबोटे, मसान घाट, धौरी टप्पु, चिलिमे, एबीसी, श्रीलंका टापु, रामनगर र सप्तरी जिल्लाका समेत गरी अन्दजी २ हजार गर परिवार र उक्त क्षेत्रमा रहेका बिधालय, बिभिन्न सरकारी कार्यालयहरु सप्तकोशी नदीमा आएको बाढीको उच्च जोखिममा परेका छन् । सप्तकोशी नदीमा बहाव बढेर बाढी आउँदा स्थानीयलाई डुबाउला कि भन्ने चिन्ताले सताएको छ भने बाढी घट्दा जमिन कटान गरेर झन् छिटो नदी गाउँ पस्ला कि भन्ने त्रासले सताएको छ।
पछिल्लो समय सप्तकोशी नदीले जलसतह पार गर्दै नदीको बहाव पश्चिमतर्फ पस्दा उदयपुरको बेलका नगरपालिका र बराहक्षेत्र नगरपालिकाको वडा नं. ६ वडाको केही भाग बाढीको उच्च जोखिममा परेपछि स्थानीय सरकार रोकथामकको उपाय खोजिरहेको बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बताए ।
नेपाल सरकारले तत्काल भारत सरकार संग कुटनैतिक पहल गरेर कोशी समझौता अनुसार सप्तकोशी नियन्त्रणको उपाय नखोज्ने हो भने कुनै पनि समय उक्त क्षेत्रमा भयावह अवस्था आउन सक्ने देखिएको छ।