तिमी अक्षर बन, म शब्द बन्नेछु
तिमि ह्रस्व बन, म दीर्घ बन्नेछु
तिमी कमा बन, म विसर्ग बन्नेछु
तिमी हलन्त बन, म पूर्णविराम बन्नेछुु
तिमी भाषाको शुद्धीकरण शब्दकोश बन, म सरल व्याकरणमाला बन्नेछु
तिमी सही प्रश्नपत्र बन, म उपयुक्त उत्तरपुस्तिका बन्नेछु
तिमी व्यावसायिक शिक्षा बन, म राष्ट्रनिर्माण गर्ने आधुनिक शिक्षा बन्नेछु
तिमी लगनशील विद्यार्थी बन, म पूर्णाङ्क छुन खाेज्ने लब्धाङ्कपत्र बन्नेछु
तिमी शिक्षाकै चौतर्फी सगरमाथा बन, म पर्वतारोही भै तिमीलाई चुम्न नेपाल आउनेछु
तिमी प्रकृतिकै राजधानी बन, म त्यसलाई सजाउने बालेन शाह मेयर बन्नेछु ।
तिमी बेबिलोनकै बगैँचा बन, म त्यसलाई स्याहार्ने दक्ष माली बन्नेछु
तिमी आकाश बन, म धर्ती बन्नेछु।
तिमी समस्या बन, म समाधान बन्नेछु।
तिमी ज्ञान बन, म विज्ञान बन्नेछु
तिमी दयाकै सागर बन, म अगाध स्नेहकै करुणा बन्नेछु
तिमी जीवनोपयोगी सहीश्रेष्ठप्रधान उच्चविचार बन, म त्यसलाई साथ दिने ११८ तत्वकै केमिस्ट्री बन्नेछु
हामी यसरी आत्मीय भएका छौँ