सम्पूर्ण पाठक महानुभावहरूमा शुभभाव व्यक्त गर्दै मिति २०८१ साल श्रावण १३ गते आइतबारदेखि १९ गते शनिबारसम्मको साप्ताहिक राशिफल प्रस्तुत गरेकी छु। राशिफल मनन गर्नुहोस् र तपाईंहरुको यो सातालाई अझ सकारात्मक र उर्जावान बनाउनुहोस्।
ज्यो. श्री सृजना तिम्सिना
मेष राशि- चु, चे, चो, ला, लि, लु, ले, लो,
मेष राशि हुनेहरूका लागि साता शुभ रहेको छ। साताको पूर्वार्धमा काम गर्ने जोस र जाँगर बढ्ने छ। आर्थीक पक्ष सवल देखिन्छ। साताको मध्यतिर विद्वान ब्यक्तिसँगको संगतले मन हर्षित हुनेछ साथै गहिरो अध्ययन अनुसन्धानमा मन जानेछ। स्वास्थ्यमा भने सामान्य समस्या देखिनेछ सचेत रहनुहोला। साताको उत्तरार्धमा दैनिक कामकाजमा सामान्य उतार चडावको सामना गर्नु परे पनि रमणीय यात्राको अवसरले अन्ततः खुसी प्राप्त हुनेछ। शैक्षिक प्रगति राम्रो देखिन्छ। मित्रको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन बजरंगवली हनुमानको भगवानको स्मरण गर्नु होला।
वृष राशि- इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
यो साता उत्तम रहेको छ। साताको पूर्वार्धमा काम गर्ने जोस र जाँगर बढ्ने छ छोडिसकेको कामले निरन्तरता पाउनेछ। लगाएको अन्नबाली फस्टाएको देखेर मन प्रसन्न हुने छ। साताको मध्मतिर आर्थीक लाभ हुने देखिन्छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा स्वास्थ्यमा सामान्य समस्या देखिए पनि विद्वान ब्यक्तिको संगतले मन प्रफुल्लित हुनेछ।। शैक्षिक प्रगति उत्तम देखिन्छ। सन्तान वा भाइ बहिनिको साथ, सहयोग र सल्लाहले सोचे आँटेको काम बन्नेछ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन लक्ष्मी माताको स्मरण गर्नु होला।
मिथुन राशि- क, कि, कु, घ, ङ, छ, के, को,
मिथुन राशि हुनेहरूका लागि साता शुभ रहेको छ। साताको पूर्वार्धमा अन्न बालीबाट आम्दानी हुनेछ। तपाईको सुन्दर पहिरनले अरूको मन लोभ्याउने छ। साताको मध्यतिर जग्गा जमिनका बिषयमा सामान्य विवाद भए पनि मिष्ठान्न भोजन प्राप्तिले खुसी प्राप्त हुनेछ। साताको उत्तरार्धमा कामको प्रशंसा पाइने छ। पारिवारिक भेटघाटको अवसर मिल्नेछ। शैक्षिक प्रगति मध्यम देखिन्छ। कुल कुटुम्बको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्नेछ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन लक्ष्मी नारायणको स्मरण गर्नु होला।
कर्कट राशि- ह, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्कट राशि हुनेहरूका लागि साता मध्यम प्रकृतिको रहेको छ। साताको पूर्वार्धमा मनमा नकारात्मक सोच आउनाले केहि झन्झट व्येहोर्नु पर्ने देखिन्छ। साताको मध्यतिरबाट सकारात्मक भाव पलाउदैजाँदा मन प्रसन्न हुनेछ। कृषि क्षेत्रबाट लाभ प्राप्त गर्न सकिनेछ। साताको उत्तरार्धमा कर्म क्षेत्रमा कामको प्रशंसा पाइनाले मन खुसी हुनेछ साथै केहि शुभ समाचार समेत सुन्न पाइनेछ। शैक्षिक प्रगति मध्यम देखिन्छ। दिदी बहिनीको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्नेछ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन महालक्ष्मीको स्मरण गर्नु होला।
सिंह राशि- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सिंह राशि हुनेहरूका लागि साता सामान्य रहेको छ। साताको पूर्वार्धमा आयका नयाँ नयाँ स्रोतहरू फेला पर्नेछन्। आम्दानी पनि राम्रो हुनेछ। साताको मध्यतिर स्वास्थ्यमा समस्या देखिएका कारण खर्च बढ्ने छ। साताको उत्तरार्धमा स्वास्थ्यमा सुधार हुँदै जाँदा मनोबल उच्च हुनेछ। मनपरेको पहिरन लगाएर छोटो दूरीको रमणीय यात्राले खुसी मिल्नेछ। शैक्षिक प्रगति मध्यम देखिन्छ। टाढाका आफन्तको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन शिव र शक्तिको स्मरण गर्नु होला।
कन्या राशि- टो, प, पी, पू, ष, ण, ठ, पे, पो
कन्या राशि हुनेहरूका लागि यो साता सामान्य रहेको छ। साताको पूर्वार्धमा कार्यक्षेत्रमा कामको व्यस्तताले समय व्यवस्थापन गर्न अप्ठ्यारो परे पनि अन्त्यमा प्रशंसा पाइनाले मन प्रसन्न हुनेछ। साताको मध्यतिर नसोचेको स्रोतबाट नगद वा लत्ता कपडा उपहार प्राप्त हुने छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा परिवारको स्वास्थ्यमा समस्या देखिएका कारण खर्च बढ्ने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। माता पिताको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन शेषसायी बिष्णु भगवानको स्मरण गर्नु होला।
तुला राशि- रा, री, रू, रे, रो, ता, ती, तु, ते
तुला राशि हुनेहरूका लागि यो साता मध्यम प्रकृतिको रहेको छ। साताको पूर्वार्धमा धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ भने मान सम्मान समेत प्राप्त हुने देखिन्छ। सरकारी पक्षबाट भय रहेको हुँदा सरकारी कामकाज गर्दा राम्ररी सोचेर गर्नुहोला। साताको मध्यतिर साथीहरूसँगको रमाइलो भेटघाट र खान पिनले मन हर्षित हुनेछ। स्वास्थ्यमा भने समस्या देखिन सक्छ सचेत रहनुहोला। साताको उत्तरार्धमा आय बढे भए पनि खर्च मनग्य हुनेछ। शैक्षिक प्रगति मध्यम देखिन्छ। विदेशमा रहेका साथी तथा आफन्तको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन सरस्वती माताको स्मरण गर्नु होला।
वृश्चिक राशि- तो, ना, नि, नू, ने, नो, या, यि, यू
यो साता विचारणीय रहेको छ। साताको पूर्वार्धमा आलस्यताले जरा गाड्नेछ। अस्वस्थताका कारण काममा समेत बाधा पर्नसक्छ। साताको मध्मतिर सरकारी काममा समस्या खेप्नु परे पनि कामको कदर हुनेछ।। साताको उत्तरार्धमा मन मिल्ने साथी तथा आफन्तहरूसँग भेटघाटले मन प्रसन्न हुने छ। सेयर बजारबाट केहि फाइदा हुने देखिन्छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। आफ्नै बाणीको प्रभावले सोचे आँटेको काम बन्नेछ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन श्री गणेश भगवानको स्मरण गर्नु होला।
धनु राशि- ये, यो, भा, भी, भू, ध, फा, ढ, भे
धनु राशि हुनेहरूका लागि यो साता विचारणीय रहेको छ। साताको पूर्वार्धमा धन आगमनले मानसिक सुख शान्ति मिल्नेछ। मन पर्ने भोजन प्राप्त हुनेछ। साताको मध्यतिर फेरी मनमा अशान्ति तथा शरीरमा पिडाको महसुस हुनेछ। खानपान र यात्रामा विशेष ख्याल गर्नु होला। । साताको उत्तरार्धमा सरकारी क्षेत्रमा केही अप्ठ्यारो सामना गर्नु परे पनि धार्मिक तथा सामाजिक क्षेत्रमा मान सम्मान पाइनेछ। शैक्षिक प्रगति मध्यम देखिन्छ। मनोबल उच्च राखेर काम गर्दा सोचे आँटेको काम बन्नेछ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन राधा-कृष्णको स्मरण गर्नु होला।
मकर राशि- भो, जा, जी, जू, जे, जो, ख, खि, खु, खे, खो, गा, गी
मकर राशि हुनेहरूका लागि यो साता मध्यम रहेको छ। साताको पूर्वार्धमा आर्थिक कारोबार फस्टाएर गए पनि आम्दानी र खर्च बराबरी नै हुनेछ। शत्रु पक्ष सलबलाउने देखिन्छन्, सचेत रहनुहोला। साताको मध्यतिर मिल्ने साथी सँगको रमाइलो भेटघाटले मनमा खुसी र उमंग बढ्नेछ। कुनै साझेदारी काम गरिरहनु भएको छ भने काम फस्टाएर जानेछ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा केहि शारीरिक समस्याले सताउने सम्भावना भएकाले खानपान र यात्रामा सजग रहनुहोला। शैक्षिक प्रगति मध्यम देखिन्छ। गुरु वा मान्यजनको साथ र सल्लाहले सोचे आँटेको काममा सहयोग पुग्नेछ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन महाकाल शनिको स्मरण गर्नु होला।
कुम्भ राशि- गु, गे, गो, सा, सी, सु, से, सो, द
कुम्भ राशि हुनेहरूका लागि साता मध्यम प्रकृतिको रहेको छ। साताको पूर्वार्धमा सन्तानका बाटाबाट शुभ समाचारहरू प्राप्त गर्न पाइनेछ। आफ्नो कार्यमा केही बाधा अड्कन बेहोर्नु पर्ने देखिन्छ। । साताको मध्यतिर आयका नयाँ स्रोतहरू फेला पर्नेछन्। पारिवारिक जमघटले मन प्रफुल्लित हुनेछ। साताको उत्तरार्द्ध तराईका लागि अलि कष्टकर हुनसक्छ, खानपान र यात्रामा होस पुर्याउनु होला। शैक्षिक प्रगति राम्रो साथै गहिरो अध्ययन अनुसन्धानमा मन लाग्ने देखिन्छ। श्रीमान्/ श्रीमती/ पार्टनर/ नजिकको मित्रको सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन कालभैरवको स्मरण गर्नु होला।
मीन राशि- दी, दू, थ, झ, ञ, दे, दो, च, ची
मीन राशि हुनेहरूका लागि यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा नसोचेको मान सम्मान प्राप्त हुनेछ। कामको धमाधमले स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला। साताको मध्यतिर आर्थिक कारोबार फस्टाउने छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा साथी वा पार्टनरसँगको सुमधुर साथले दिन प्रेमिल बन्नेछ। शैक्षिक प्रगति राम्रो देखिन्छ। मावलीको साथ सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन गुरु बृहस्पतिको स्मरण गर्नु होला।धन्यवाद
परामर्शका लागि-श्री ज्योतिष तथा परामर्श केन्द्र, सूर्यविनायक-२ बालकोट भक्तपूर, बाग्मती प्रदेश, नेपाल
सम्पर्क नम्बर-९८४९७७०७९९
What’s app no-9849770799
[email protected]