मेष : काम गरेर जस नमिल्दा नैराश्यता छाउनेछ । विपक्षीले कमजोरीको फाइदा उठाउने छन् । अग्रज व्यक्तिसँग विवाद पर्नेछ । आर्थिक अवस्था कमजोर बन्नेछ । स्वास्थ्य समस्याले सताउनेछ । हत्तारको निर्णयले समस्यामा परिनेछ । नयाँ कार्यको थालनी नगर्नु नै उचित हुनेछ ।
वृष : सान्दर्भिक कार्यको आरम्भले गर्दा धेरै व्यक्तिको साथ सहयोग पाइनेछ । मित्र मिलन हुनेछ । हर्षको खबर मिल्नेछ । साथीभाइसँगको रमाइलो जमघट हुनेछ । जोखिमयुक्त कार्यलाई पनि सरल तरिकाले गर्न सक्दा प्रशंसकहरु बढ्ने छन् । क्षमता अनुसारको जिम्मेवारी मिल्दा लक्ष्यमा पुगिनेछ ।
मिथुन : द्वितीयेश चन्द्रमाले सामान्य अन्योलको अवस्था सृजना गर्न सक्छ, कुटुम्बको सहयोगले कार्य गर्दा सफल भइनेछ । तर आर्थिक अवस्था बलियो रहँदा नयाँ लगानि गर्न सकिनेछ । अचल सम्पत्ति जोड्ने योग बनेको छ । धर्मकर्ममा मन जागृत हुनेछ । व्यवसाय फस्टाउने समय रहेको छ ।
कर्कट : देशदेशान्तरसम्म प्रभुत्व जमाउन सकिनेछ । लामो समयदेखि रोकिएका काम बन्नेछन् । बोलिको कदर हुनेछ । पढाइमा मन जानेछ । अघिदेखिका समस्यालाई हल गर्न सकिनेछ । विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ । स्वास्थ्यमा सुधार हुनेछ । नेतृत्वगणको प्रीय पात्र भइनेछ ।
सिंह : खर्चको मात्रा बढेर जानेछ । असन्तुष्टिपनले सताउनेछ । सामान्य कार्यमा भुल्दा गर्नै पर्ने महत्वपूर्ण कार्य अन्योलमा पर्नेछ । विश्वास गरेका व्यक्तिले साथ छाड्दा दैनिक कार्यमा समेत समस्या सृजना हुनेछ । अरुको लहैलहैमा लाग्दा नकारात्मक क्षेत्रमा संलग्न भइन सक्छ, संयम रहनुहोला ।
कन्या : व्यवसायबाट आत्मसन्तोष मिल्नेछ । आम्दानिका नयाँ स्रोतहरु फेला पर्नेछन् । आर्थिक पक्ष बलियो रहनेछ । प्रेम प्रसंग चल्नेछ । सानो लगानिले नै धेरै लाभ मिल्दा काम गर्ने हौसला थपिनेछ । शैक्षिक क्षेत्रमा समेत उन्नति हुनेछ । व्यवहारिक पक्षलाई बुझ्न सकिनेछ ।
तुला : सृजनात्मक कार्यमा मन जानेछ । कर्म क्षेत्रमा नयाँ परिवर्तन आउनेछ । मायाप्रेमको गाँठो कसिलो बन्नेछ । इमान्दारीताको कदर हुनेछ भने विशेष कार्यको जिम्मेवारी समेत मिल्नेछ । प्रशासनिक क्षेत्रका अपूरा कार्य समेत पूर्ण गर्न सकिनेछ । श्रमको उचित कदर हुनेछ ।
बृश्चिक : सहनशिलता र कृयाशिलताको बृद्धि विकास हुनेछ । आर्थिक पक्षमा सुधार हुँदा, सहज हुनेछ । भाग्यले साथ दिँदा थालेका अधिकांश कार्यले उचित स्थान पाउने छन् । सकारात्मक सोच विचार रहनेछ । तर शारीरिक रुपमा भने कमजोरीको अनुभूति हुनेछ, स्वास्थ्यको ख्याल गर्नुहोला ।
धनु : राम्रै आर्थिक आम्दानि भएता पनि सही स्थानमा लगानी गर्न सकिने छैन । प्रतिक्षित नतिजामा गिरावट आउँदा, चिन्ता बढ्नेछ । अष्टमेश चन्द्रमा ग्रहले गर्दा असन्तोषी प्रबृत्ति रहनेछ । आफन्तजनसँग टाढिनु पर्नेछ । विश्वास गरेका व्यक्तिले विश्वास घात गर्नेछन् ।
मकर : आज आत्मकारक ग्रहको पूर्ण दृष्टि परेको छ । छोटो रमाइलो यात्राको अवसर मिल्नेछ । हर्षको खबर मिल्नेछ । अरु दिन विरोध गर्नेहरु पनि समर्थनमा आउन बाध्य हुनेछन् । नोकरीमा प्रशंसा एवं अवसर मिल्नेछ । प्रेम प्रसंग चल्नेछ । दिन हर्षाेल्लास पूर्वक वित्ने देखिन्छ ।
कुम्भ : व्यवसायबाट सन्तुष्टि मिल्नेछ । श्रमको सही मूल्यांकन मिल्दा काम गर्ने हौसला थपिनेछ । सनातिना समस्या आएता पनि मान्यजनको साथ सहयोगले अघि बढ्दा कार्य बन्नेछन्, संयम रहेर कार्य गर्नुहोला । विपक्षी कमजोर हुँदा आफ्ना कार्यलाई अघि बढाउन सहज हुनेछ ।
मीन : पारिवारिक सहयोगले कार्य बन्नेछन् । विद्यार्थी वर्गका लागि उन्नतिकारक समय रहेको छ । असहज परिस्थितिको अन्त्य हुनेछ । बौद्धिक क्षमताको बृद्धि विकास हुनेछ । नयाँ ठाउँको घुमफिरको अवसर मिल्नेछ । तर सामान्य स्वास्थ्य कमजोरीले भने छाड्ने छैन, खानपानमा ध्यान दिनुहोला ।