सम्पूर्ण पाठक महानुभावहरूमा शुभभाव व्यक्त गर्दै मिति २०८१ साल असार ९ गते आइतबार देखि १५ गते शनिबार सम्मको साप्ताहिक राशिफल प्रस्तुत गरेकी छु। राशिफल मनन गर्नुहोस् र तपाईंहरुको यो सातालाई अझ सकारात्मक र उर्जावान बनाउनुहोस्।
ज्यो. श्री सृजना तिम्सिना
मेष राशि- चु, चे, चो, ला, लि, लु, ले, लो,
मेष राशि हुनेहरूका लागि यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा बौधिक कार्यमा सफलताको साथै मान सम्मान समेत प्राप्त हुने देखिन्छ। साताको मध्यतिर मनग्य आर्थिक लाभ प्राप्त हुने छ। साथीहरूसँग रमाइलो भेटघाटको साथमा मिष्ठान्न भोजन मिल्ने छ। स्वास्थ्यमा भने समस्या देखिन सक्छ, सचेत रहनुहोला। साताको उत्तरार्धमा आय संगसगै खर्च पनि बढ्ने छ। कर्मक्षेत्रमा प्रगतीका पाइला अघि बढ्ने छन्। शैक्षिक प्रगति राम्रो देखिन्छ। विदेशमा रहेका साथी तथा आफन्तको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन बजरंगवली हनुमानको स्मरण गर्नु होला।
वृष राशि- इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
वृष राशि हुनेहरूका लागि यो साता मध्यम रहेको छ। साताको पूर्वार्धमा कुनै कामको सफलताले अहमता बढ्ने छ। अहमतालाई छोड्न सके पुनः सफलताको बाटोमा जान सकिने छ। साताको मध्यमा सामाजिक र धार्मिक कार्यमा मन लाग्ने छ। सरकारी काममा भने केही समस्या खेप्नु पर्ने देख्निन्छ। साताको उत्तरार्धमा आयका नयाँ स्रोतहरू फेला पर्ने छन्। मन मिल्ने साथीसँग स्मरणीय यात्राको अवसर जुर्ने छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। आफ्नै बाणीको प्रभाबले सोचे आटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन लक्ष्मी माताको स्मरण गर्नु होला।
मिथुन राशि- क, कि, कु, घ, ङ, छ, के, को,
यो साता मध्यम रहेको छ। साताको पूर्वार्धमा नसोचेको ठाउँबाट नगद प्राप्त हुने देखिन्छ। रोकिएको काम पुनः शुरु हुनेछ। साताको मध्यतिर भने मनमा अशान्ति तथा शरीरमा पिडाको महसुस हुनेछ, खानपान र यात्रामा विशेष ख्याल गर्नु होला। । साताको उत्तरार्धमा सरकारी क्षेत्रमा केही अप्ठ्यारो सामना गर्नु परे पनि धार्मिक तथा सामाजिक क्षेत्रमा मान सम्मान पाइने छ। कर्म क्षेत्रमा कामको प्रशंसाले पाइने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। मनोबल उच्च राखेर काम गर्दा सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन लक्ष्मी-नारायणको स्मरण गर्नु होला।
कर्कट राशि- ह, हु, हे, हो, डा, डि, डु, डे, डो
यो साता सामान्य रहेको छ। साताको पूर्वार्धमा धातुजन्य वस्तुको कारोबारबाट आम्दानी हुनेछ। बोलीको विपरित अर्थ लाग्नसक्ने भएकाले बोल्दा विचार पुर्याउनु होला। साताको मध्यतिर मिल्ने साथी सँगको रमाइलो भेटघाटले मनमा खुसी र उमंग बढ्नेछ। कुनै साझेदारी काम गरिरहनु भएको छ भने कामले गति लिने देखिन्छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा केहि शारीरिक समस्याले सताउने सम्भावना भएकोले खानपान र यात्रामा सजग रहनुहोला। शैक्षिक प्रगति मध्यम देखिन्छ। गुरु वा मान्यजनको साथ र सल्लाहले सोचे आँटेको काममा सहयोग पुग्नेछ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन महालक्ष्मीको स्मरण गर्नु होला।
सिंह राशि- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सिंह राशि हुनेहरूका लागि यो साता मध्यम रहेको छ। साताको पूर्वार्धमा सन्तानका बाटाबाट सन्तुष्टी प्राप्त हुनेछ। लामो समय देखि बन्न नसकेको काम बन्ने छ। साताको मध्यतिर नयाँ बस्त्र अलंकार प्राप्तिको योग रहेको छ । आफूले चिताए अनुरूप काम नबन्न सक्छ, हरेश नखाइ कामलाई निरन्तरता दिनु होला। साताको उत्तरार्ध तपाईंका लागि अलि कष्टकर रहनेछ, खानपान र यात्रामा विचार पुर्याउनु होला। शैक्षिक प्रगति राम्रो साथै गहिरो अध्ययन अनुसन्धानमा मन लाग्ने देखिन्छ। मित्रको सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन शिव भगवानको स्मरण गर्नु होला।
कन्या राशि- टो, प, पी, पू, ष, ण, ठ, पे, पो
कन्या राशि हुनेहरूका लागि यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा नसोचेको मान सम्मान प्राप्त हुनेछ। एक पछि अर्को अवसर आइरहने छ। साताको मध्यतिर आर्थिक कारोबार फस्टाउने छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। सजिलै अरुको मन जित्न सकिने छ। साताको उत्तरार्धमा साथी वा पार्टनरसँगको सुमधुर साथले दिन प्रेमिल बन्नेछ। डुवेको धन उकास्न निकै समय खर्चिनु पर्ने छ। शैक्षिक प्रगति राम्रो देखिन्छ। मावलीको साथ सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन लक्ष्मीनारायणको स्मरण गर्नु होला।
तुला राशि- रा, री, रू, रे, रो, ता, ती, तु, ते
यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा मुहारमा कान्ति छाउँनुको साथै काम गर्ने जोस र जाँगर बढ्ने छ। शत्रु पक्ष विचार गरेर काम गर्न सके आर्थीक पक्ष सवल रहनेछ। साताको मध्यतिर विशेष समारोहमा मान-सम्मान प्राप्त गर्ने अवसर मिल्ने छ। स्वास्थ्यमा भने सामान्य समस्या देखिन सक्छ, सचेत रहनुहोला। साताको उत्तरार्धमा दैनिक कामकाजमा सामान्य उतार चडावको सामना गर्नु परे पनि रमणीय यात्राको अवसरले अन्ततः खुसी प्राप्त हुनेछ। शैक्षिक प्रगति राम्रो देखिन्छ। आमाको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन पार्वती माताको स्मरण गर्नु होला।
वृश्चिक राशि- तो, ना, नि, नू, ने, नो, या, यि, यू
यो साता सामान्य रहेको छ। साताको पूर्वार्धमा काम गर्ने जोस र जाँगर बढ्ने छ। दैनिक आर्थिक कारोबारमा भने त्यति राम्रो देखिँदैन। साताको मध्य देखि आर्थिक कारोबार फस्टाउँदै जानेछ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा सन्तान सुख प्राप्त हुने छ। स्वास्थ्यमा सामान्य समस्या देखिए पनि विद्वान् व्यक्तिको संगतले मन प्रफुल्लित हुनेछ।। शैक्षिक प्रगति उत्तम देखिन्छ। सन्तान वा भाइ बहिनिको साथ, सहयोग र सल्लाहले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन वजरंगवली हनुमानको स्मरण गर्नु होला।
धनु राशि- ये, यो, भा, भी, भू, ध, फा, ढ, भे
यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा अन्न बालीबाट आम्दानी हुने देखिन्छ। तपाईंको सुन्दर पहिरनले अरूको मन लोभ्याउने छ। साताको मध्यतिर पैत्रिक सम्पत्तिमा केहि अप्ठ्यारो व्येहोर्नु परे पनि मिष्टान्न भोजन प्राप्तिले खुसी मिल्ने छ। सेयर बजारबाट फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा गरेको कामबाट सन्तुष्टी मिल्ने साथै प्रशंसा समेत पाइने छ। परिवारसँग घुम्न जाने अवसर पनि मिल्ने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। कुल कुटुम्बको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन विष्णु भगवानको स्मरण गर्नु होला।
मकर राशि- भो, जा, जी, जू, जे, जो, ख, खि, खु, खे, खो, गा, गी
यो साता सामान्य रहेको छ। साताको पूर्वार्धमा धार्मिक कार्यमा मन जानेछ। गोप्यकुरा वहिरिनाले समस्या आउन सक्छ, सचेत रहनुहोला। साताको मध्यतिर नसोचेको ठाँउबाट धनलाभ हुनाले मन प्रसन्न हुने छ। कृषिबाट पनि लाभ प्राप्त गर्न सकिनेछ। साताको उत्तरार्धमा कर्म क्षेत्रमा कामको प्रशंसा पाइने छ। नयाँ नयाँ अवसरहरू आइरहने छन्। नयाँ काम थाल्नु अघि राम्ररी सोच विचार गर्नु होला। शैक्षिक प्रगति मध्यम देखिन्छ। दिदी बहिनीको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई अझ उत्तम र उर्जाशिल बनाउँन दुर्गा भगवतीको स्मरण गर्नु होला।
कुम्भ राशि- गु, गे, गो, सा, सी, सु, से, सो, द
कुम्भ राशि हुनेहरूका लागि यो साता सामान्य रहेको छ। साताको पूर्वार्धमा परोपकार र सहयोगमा मन जाने छ। लुकेको प्रतिभा प्रदर्शन गर्ने अवशर मिल्ने छ। साताको मध्यतिर लगनशिलताको कमीले दैनिक कार्यमा समस्या पर्न सक्छ, सचेत रहनुहोला। काम गर्दा गोपनियता अपनाए सफलता हाल पर्ने छ। साताको उत्तरार्धमा काम गर्ने जोस जाँगर बढ्ने छ। आर्थिक पक्ष पनि सवल रहने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। टाढाका आफन्तको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन शिव भगवानको स्मरण गर्नु होला।
मीन राशि- दी, दू, थ, झ, ञ, दे, दो, च, ची
यो साता मध्यम रहेको छ। साताको पूर्वार्धमा कार्मक्षेत्रमा प्रशंसा पाउने छ। प्रविधिक कामबाट आर्थिक लाभ हुने छ। साताको मध्यतिर परिवारको स्वास्थ्यमा समस्या देखिएका कारण खर्च बढ्ने छ। खर्च बढेपनि आम्दानीमा कुनै कमी आउने छैन। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा शुभकार्यको चर्चा चल्ने छ। हराएको आत्मविश्वास बढ्ने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। माता पिताको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन शेषशायी विष्णु भगवानको स्मरण गर्नुहोला। धन्यवाद
परामर्शका लागि-श्री ज्योतिष तथा परामर्श केन्द्र, सूर्यविनायक-२ बालकोट भक्तपूर, बाग्मती प्रदेश, नेपाल
सम्पर्क नम्बर-९८४९७७०७९९
What’s app no-9849770799
[email protected]