सम्पूर्ण पाठक महानुभावहरूमा शुभभाव व्यक्त गर्दै मिति २०८१ साल जेष्ठ २७ गते आइतबार देखि आसार १ गते शनिवार सम्मको साप्ताहिक राशिफल प्रस्तुत गरेकी छु। राशिफल मनन गर्नुहोस् र तपाईंहरुको यो सातालाई अझ सकारात्मक र उर्जावान बनाउनुहोस्।
- ज्यो. श्री सृजना तिम्सिना
मेष राशि- चु, चे, चो, ला, लि, लु, ले, लो,
यो साता शुभ रहेको छ। तपाईंको सुन्दरताले अरूको मन लोभ्याउने छ। एक पछि अर्को अवसर प्राप्त हुनाले मन प्रसन्न हुने छ। साताको मध्यतिर राजनितिक तथा सामाजिक काममा शुभ चिन्तकको पुर्ण समर्थन प्राप्त हुने छ। दैनिक कार्यमा केहि वाधा अड्कन व्येहोर्नु पर्ने देखिन्छ, सचेत रहनु होला। आर्थिक लाभ सामान्य रहने छ। साताको उत्तरार्धमा कामको प्रशंसा पाइने छ। आर्थिक पक्ष सबल देखिन्छ भने परिवारसँग घुम्न जाने अवसर समेत मिल्ने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। कुल कुटुम्बको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन गणेश भगवानको आराधना गर्नु होला।
वृष राशि- इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
यो साता राम्रो रहेको छ। साताको पूर्वार्धमा सजिलै अरुको मन जित्न सकिने छ। आर्थिक पक्ष सामान्य छ। डुवेको धन उकास्न निकै दौड धुप गर्नु पर्ने देखिन्छ। वैदेशिक काम र यात्रामा सफलता हात पर्ने छ। साताको मध्यतिर नसोचेको ठाउँबाट धन लाभ हुनाले मन प्रसन्न हुने छ। प्रतिस्पर्धामा सफलता हात पर्ने छ। साताको उत्तरार्धमा कर्म क्षेत्रमा कामको प्रशंसा पाइने छ तर बोलीको विपरित अर्थ लाग्ने संभावना भएका कारण बोल्दा विचार पुर्याउनुहोला। शैक्षिक प्रगति मध्यम देखिन्छ। दिदी बहिनीको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई अझ उत्तम र उर्जाशिल बनाउन लक्ष्मी माताको आराधना गर्नु होला।
मिथुन राशि- क, कि, कु, घ, ङ, छ, के, को, ह
यो साता सामान्य रहेको छ। साताको पूर्वार्धमा आयका नयाँ नयाँ स्रोतहरू फेला पर्ने छन्। आम्दानी पनि राम्रो हुने छ। सामान हराउने योग परेकाले सुरक्षामा विशेष ध्यान दिनु होला। साताको मध्यतिर स्वास्थ्यमा समस्या देखिएका कारण खर्च बढ्ने छ। साताको उत्तरार्धमा स्वास्थ्यमा सुधार हुदै जादा मनोबल उच्च हुने छ। काम गर्ने जोस जाँगर बढ्ने छ। अध्ययन अध्यापनमा समेत रुचि बढ्ने छ। छोटो दूरीको रमणीय यात्राले खुसी मिल्ने छ। शैक्षिक प्रगति राम्रो देखिन्छ। टाढाका आफन्तको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन लक्ष्मीनारायणको आराधना गर्नु होला।
कर्कट राशि- ह, हु, हे, हो, डा, डि, डु, डे, डो
यो साता सामान्य रहेको छ। साताको पूर्वार्धमा धर्मकर्ममा मन जाने छ। हराएको आत्मविश्वास बढ्ने छ साथै आफूमा लुकेको कला देखाउने अवसर समेत मिल्ने छ। साताको मध्यतिर कुनै नयाँ उद्योग वा रचनात्मक कामको थालनी हुने देखिन्छ। काममा गोपनियता अपनाउदा सजिल्यै सफलता हात पर्ने छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा परिवारको स्वास्थ्यमा समस्या देखिएका कारण खर्च बढ्ने छ। वैदेशिक कामबाट भने केही लाभ हुने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। माता पिता वा गुरुको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन महालक्ष्मीको आराधना गर्नु होला।
सिंह राशि- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
यो साता सामान्य रहेको छ। साताको पूर्वार्धमा परोपकार र सहयोगमा मन जाने छ। आफूमा भएको क्षमता प्रदर्सन गर्ने मौका जुर्ने छ। सरकारी काम भने सोचे अनुसार नहुनु सक्छ। साताको मध्यतिर साथीहरूसँगको रमाइलो भेटघाटले मन हर्षित हुने छ। स्वास्थ्यमा समस्या देखिन सक्छ, सचेत रहनुहोला। साताको उत्तरार्धमा काम गर्ने जोस जागर बढ्ने छ भने आयमा समेत बृद्धि हुने छ।। शैक्षिक प्रगति राम्रो देखिन्छ। विदेशमा रहेका साथी तथा आफन्तको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन शिव भगवानको आराधना गर्नु होला।
कन्या राशि- टो, प, पी, पू, ष, ण, ठ, पे, पो
यो साता मध्यम रहेको छ। साताको पूर्वार्धमा आलस्यताले जरा गाड्ने छ। अस्वस्थताका कारण काममा समेत बाधा पर्न सक्छ। साताको मध्यतिर सरकारी काममा समस्या खेप्नु परे पनि कामको कदर हुनेछ। सामाजिक र नयाँ कामबाट सफलता हात पर्ने छ। साताको उत्तरार्धमा मन मिल्ने साथीसँगको स्मरणीय यात्राले खुसी मिल्ने छ। सेयर बजारबाट केही फाइदा हुने देखिन्छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। आफ्नै वाणीको प्रभावले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन शेषशायी विष्णु भगवानको आराधना गर्नु होला।
तुला राशि- रा, री, रू, रे, रो, ता, ती, तु, ते
यो साता मध्यम रहेको छ। साताको पूर्वार्धमा आफ्नै जिद्दीपनाले काम बिग्रिन सक्छ, सचेत रहनुहोला। जीवन साथी वा पर्टनरसँगको सुमधुर साथले दिन प्रेमिल बन्ने छ। साताको मध्यतिर फेरी मनमा अशान्ति तथा शरीरमा पिडाको महसुस हुनेछ। खानपान र यात्रामा विशेष ख्याल गर्नु होला। । साताको उत्तरार्धमा सरकारी क्षेत्रमा केही अप्ठ्यारो सामना गर्नु परे पनि धार्मिक तथा सामाजिक क्षेत्रमा मान सम्मान पाइने छ। विशिष्ट व्यक्तिको आशीर्वाद प्राप्त हुने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। मनोवल उच्च राखेर काम गर्दा सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन सरस्वती माताको आराधना गर्नु होला।
वृश्चिक राशि- तो, ना, नि, नू, ने, नो, या, यि, यू
यो साता मध्यम रहेको छ। साताको पूर्वार्धमा भाग्यले साथ दिने छ गरेको कामबाट राम्रो सफलता प्राप्त हुनेछ। आर्थिक कारोबार फस्टाएर जानेछ। साताको मध्यतिर मिल्ने साथी सँगको रमाइलो भेटघाटले मनमा खुसी र उमंग बढ्नेछ। कुनै साझेदारी काम गरिरहनु भएको छ भने कामले गति लिने देखिन्छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा केहि शारीरिक समस्याले सताउने सम्भावना भएकोले खानपान र यात्रामा सजग रहनुहोला। शैक्षिक प्रगति मध्यम देखिन्छ। गुरु वा मान्यजनको साथ र सल्लाहले सोचे आँटेको काममा सहयोग पुग्नेछ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन श्री गणेश भगवानको आराधना गर्नु होला।
धनु राशि- ये, यो, भा, भी, भू, ध, फा, ढ, भे
यो साता राम्रो रहेको छ। साताको पूर्वार्धमा मनमा हर्ष, उमंग, र उत्साह छाउनेछ। रोकिएको काम पुनः शुरु हुने छ।। साताको मध्यतिर दैनिक कामकाज सामान्य हुनेछ भने आयका नयाँ स्रोतहरू फेला पर्ने छन्। अधिकार प्राप्तिका लागि केहि संघर्ष गर्नु पर्ने छ। साताको उत्तरार्धमा कर्मक्षेत्रमा केहि समस्या आउनसक्छ, गोपनियता अपनाएर काम गर्नुहोला। शैक्षिक प्रगति राम्रो साथै गहिरो अध्ययन अनुसन्धानमा मन लाग्ने देखिन्छ। श्रीमान्/ श्रीमती/ पार्टनरको सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन गुरु बृहस्पतिको आराधना गर्नु होला।
मकर राशि- भो, जा, जी, जू, जे, जो, ख, खि, खु, खे, खो, गा, गी
यो साता शुभ रहेको छ। साताको पूर्वार्ध हर्ष र प्रसन्नता बीचमा व्यतीत हुनेछ। गरेको कामबाट मान सम्मान प्राप्त हुनेछ। साताको मध्यतिर आर्थिक कारोबार फस्टाउने छ। लामो दुरीको फलदाइ यात्राको अवसर जुर्ने छ। शुभ चिन्तकको सुझावलाई बेवास्ता गर्नाले दुःख हुन सक्छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा नसोचेको ठाउँबाट धन प्राप्त हुने छ भने मन मिल्ने साथीको साथले दिन रमाइलो बन्नेछ। शैक्षिक प्रगति राम्रो देखिन्छ। मावलीको साथ सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन वटुक भैरवको आराधना गर्नु होला।
कुम्भ राशि- गु, गे, गो, सा, सी, सु, से, सो, द
यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा मुहारमा कान्ति छाउने छ। कामको व्यस्थताका बाबजुद पनि रमणिय र सुखद यात्राको अवसर जुर्ने छ। आर्थिक पक्ष सबल देखिन्छ। साताको मध्यतिर ठूला व्यक्तिको प्रशंसाले मन हर्षित हुनेछ। रोकिएको काम पुनः शुरु हुने छ। स्वास्थ्यमा भने सामान्य समस्या देखिनेछ सचेत रहनुहोला। साताको उत्तरार्धमा जीवन साथी वा पर्टनरसँगको सुमधुर साथले दिन प्रेमिल बन्ने छ। शैक्षिक प्रगति राम्रो देखिन्छ। आमाको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन सितारामको आराधना गर्नु होला।
मीन राशि- दी, दू, थ, झ, ञ, दे, दो, च, ची
यो साता उत्तम रहेको छ। साताको पूर्वार्धमा काम गर्ने जोस र जाँगर बढ्ने छ। तपाईंको मिठास बोलीको प्रशंसाले मन प्रसन्न हुने छ। साताको मध्यतिर आर्थिक लाभ प्राप्त हुने छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। कुनै काम शुरू गरेर अड्किएको छ भने कामले गति लिने छ। साताको उत्तरार्धमा स्वास्थ्यमा सामान्य समस्या देखिए पनि विद्वान् व्यक्तिको संगतले मन प्रफुल्लित हुनेछ। शैक्षिक प्रगति उत्तम देखिन्छ। सन्तान वा भाइ बहिनिको साथ, सहयोग र सल्लाहले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन बालकृष्ण भगवानको आराधना गर्नु होला।धन्यवाद
परामर्शका लागि-श्री ज्योतिष तथा परामर्श केन्द्र, सूर्यविनायक-२ बालकोट भक्तपूर, बाग्मती प्रदेश, नेपालसम्पर्क नम्बर-९८४९७७०७९९What’s app [email protected]