सम्पूर्ण पाठक महानुभावहरूमा शुभभाव व्यक्त गर्दै मिति २०८१ साल जेष्ठ ६ गते आइतबार देखि १२ शनिवार सम्मको साप्ताहिक राशिफल प्रस्तुत गरेकी छु। राशिफल मनन गर्नुहोस् र तपाईंहरुको यो सातालाई अझ सकारात्मक र उर्जावान बनाउनुहोस्।
- ज्यो. श्री सृजना तिम्सिना
मेष राशि- चु, चे, चो, ला, लि, लु, ले, लो,
यो साता मध्यम रहेको छ। साताको पूर्वार्धमा आर्थिक कारोबार फस्टाएर गए पनि आम्दानी र खर्च बरावर हुने देखिन्छ। फलाम सम्बन्धी काम वा व्यापार व्यवसायबाट फाइदा हुने छ। साताको मध्यतिर लामो दुरीको फलदायी यात्राको अवसर जुर्ने छ। कुनै साझेदारी काम गरिरहनु भएको छ भने कामले गति लिने देखिन्छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा आफ्नै जिद्दीपनले काम बिग्रिन सक्छ सजग रहनुहोला। शैक्षिक प्रगति मध्यम देखिन्छ। गुरु वा मान्यजनको साथ र सल्लाहले सोचे आँटेको काममा सहयोग पुग्नेछ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन लक्ष्मीनारायणको स्मरण गर्नु होला।
वृष राशि- इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
यो साता राम्रो रहेको छ। साताको पूर्वार्धमा प्रतिस्पर्धामा सफलता हुने तथा बैदेशिक यात्राको समेत योग देखिन्छ। साताको मध्यतिर आयका नयाँ स्रोतहरू फेला पर्ने छन्। बोलीको भने विपरित अर्थ लाग्न सक्छ विचार पुर्याउनु होला। साताको उत्तरार्ध भाग्यले साथ दिने छ, गरेको कामबाट राम्रो सफलता र सन्तुष्ट प्राप्त हुनेछ।। शैक्षिक प्रगति राम्रो साथै गहिरो अध्ययन अनुसन्धानमा मन लाग्ने देखिन्छ। श्रीमान् / श्रीमती वा नजिकको मित्रको सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन पार्वती माताको स्मरण गर्नु होला।
मिथुन राशि- क, कि, कु, घ, ङ, छ, के, को, ह
यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा गरेकोकाममा सोचे अनुरूपको सफलता प्राप्त नहुने देखिन्छ तर कार्यलाई निरन्तरता दिइरहनु होला। नयाँ सामान खरिदको सम्भावना रहेको छ। साताको मध्यतिर आर्थिक कारोबार फस्टाउने छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा साथी वा पार्टनरसँगको सुमधुर साथले दिन प्रेमिल बन्नेछ। शैक्षिक प्रगति राम्रो देखिन्छ। मावलीको साथ सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन महालक्ष्मी भगवतीको स्मरण गर्नु होला।
कर्कट राशि- ह, हु, हे, हो, डा, डि, डु, डे, डो
यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा मुहारमा कान्ति छाउँनुको साथै काम गर्ने जोस र जाँगर बढ्ने छ। आर्थीक पक्ष सवल देखिन्छ। साताको मध्यतिर ठुला ब्यक्तिको प्रसंशाले मन हर्षित हुनेछ। स्वास्थ्यमा भने सामान्य समस्या देखिनेछ, सचेत रहनुहोला। साताको उत्तरार्धमा दैनिक कामकाजमा सामान्य उतार चडावको सामना गर्नु परे पनि रमणीय यात्राको अवसरले अन्ततः खुसी प्राप्त हुनेछ। शैक्षिक प्रगति राम्रो देखिन्छ। आमाको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन सरस्वती माताको स्मरण गर्नु होला।
सिंह राशि- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
यो साता उत्तम रहेको छ। साताको पूर्वार्धमा काम गर्ने जोस र जाँगर बढ्ने छ। लगाएको अन्नबाली फस्टाएको देखेर मन प्रसन्न हुने छ। साताको मध्यतिर आर्थिक लाभ हुने देखिन्छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा स्वास्थ्यमा सामान्य समस्या देखिए पनि विद्वान् व्यक्तिको संगतले मन प्रफुल्लित हुनेछ।। शैक्षिक प्रगति उत्तम देखिन्छ। सन्तान वा भाइ बहिनिको साथ, सहयोग र सल्लाहले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन सूर्य देवको स्मरण गर्नु होला।
कन्या राशि- टो, प, पी, पू, ष, ण, ठ, पे, पो
यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा अन्न बालीबाट आम्दानी हुनेछ। तपाईंको सुन्दर पहिरनले अरुको मन लोभ्याउने छ। साताको मध्यतिर एक पछि अर्को अवशर आउनाले मन प्रसन्न हुनेछ।छुटेका परिवारसँग पुनः मिलन हुनेछ। साताको उत्तरार्धमा कामको प्रसंशा पाइने छ। परिवारसँग घुम्न जाने अवसर पनि मिल्ने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। कुल कुटुम्बको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन विष्णु भगवानको स्मरण गर्नु होला।
तुला राशि- रा, री, रू, रे, रो, ता, ती, तु, ते
यो साता राम्रो रहेको छ। साताको पूर्वार्धमा लगनशिलताको कमीले नियमित काममा अपजस व्येहोर्नु पर्ने तथा धनराशि समेत खर्च हुने देखिन्छ। । साताको मध्यतिर नसोचेको ठाँउबाट धनलाभ हुनाले मन प्रसन्न हुने छ। कृषिबाट पनि लाभ प्राप्त गर्न सकिनेछ। साताको उत्तरार्धमा कर्म क्षेत्रमा कामको प्रशंसा पाइनाले मन खुसी हुनेछ साथै केहि शुभ समाचार समेत सुन्न पाइनेछ। शैक्षिक प्रगति मध्यम देखिन्छ। दिदी बहिनीको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई अझ उत्तम र उर्जाशिल बनाउँन दुर्गा भगवतीको स्मरण गर्नु होला।
वृश्चिक राशि- तो, ना, नि, नू, ने, नो, या, यि, यू
यो साता सामान्य रहेको छ। साताको पूर्वार्धमा आयका नयाँ नयाँ स्रोतहरू फेला पर्ने छन्। परोपकार र सहयोगमा मन जानेछ। साताको मध्यतिर शुभकार्यको चर्चा चल्ने छ।स्वास्थ्यमा भने केहि समस्या देखिन सक्छ। साताको उत्तरार्धमा स्वास्थ्यमा सुधार हुदै जादा मनोबल उच्च हुने छ। छोटो दूरीको रमणीय यात्राले खुसी मिल्ने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। टाढाका आफन्तको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन गणेश भगवानको स्मरण गर्नु होला।
धनु राशि- ये, यो, भा, भी, भू, ध, फा, ढ, भे
यो साता मध्यम रहेको छ। साताको पूर्वार्धमा नयाँ र रचनात्मक काममा मन लाग्नेछ। गोपनियता अपनाउन सके सफलता हात पर्नेछ। साताको मध्यतिर आफूसँग भएको क्षमता देखाएर मनग्य आम्दानी गर्न सकिनेछ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा परिवारको स्वास्थ्यमा समस्या देखिएका कारण खर्च बढ्ने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। माता पिताको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन शेषशायी विष्णु भगवानको स्मरण गर्नु होला।
मकर राशि- भो, जा, जी, जू, जे, जो, ख, खि, खु, खे, खो, गा, गी
यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा दानपून्य जस्ताकार्यमा सहभागी हुनाले सन्तुष्टी प्राप्त हुनेछ। साताको मध्यतिर कुनै नयाँ कामको अवशर आउने छ,गोपनियता अपनाएर काम गर्न सके सफलता हात पर्नेछ। साताको उत्तरार्ध आर्थीक रुपमा बलियो देखिन्छ, स्वास्थ्यमा भने केहि समस्या देखिन सक्छ सचेत रहनुहोला। शैक्षिक प्रगति मध्यम देखिन्छ। विदेशमा रहेका साथी तथा आफन्तको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन शिव भगवानको स्मरण गर्नु होला।
कुम्भ राशि- गु, गे, गो, सा, सी, सु, से, सो, द
यो साता मध्यम रहेको छ। साताको पूर्वार्धमा कसैले दिएको आस्वासन झुटो हुन सक्छ, विचार गर्नुहोला। शुभ चिन्तकको सुझावलाई वेवास्था नगर्नु राम्रो हुनेछ। साताको मध्मतिर सरकारी काममा समस्या खेप्नु परे पनि कामको कदर हुनेछ।। साताको उत्तरार्धमा मन मिल्ने साथीसँगको स्मरणीय यात्राले खुसी मिल्ने छ। सेयर बजारबाट केहि फाइदा हुने देखिन्छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। आफ्नै बाणीको प्रभाबले सोचे आटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन सीतारामको स्मरण गर्नु होला।
मीन राशि- दी, दू, थ, झ, ञ, दे, दो, च, ची
यो साता राम्रो रहेको छ। साताको पूर्वार्धमा रोकिएको काम पुनः शुरूहुनेछ। भाग्यले साथ दिनेछ, गरेको काममा सफलता प्राप्त हुनेछ। साताको मध्यतिर जिद्दीपनले काम बिग्रिन सक्छ, विचार पुर्याउनुहोला। साताको उत्तरार्धमा सरकारी क्षेत्रमा केही अप्ठ्यारो सामना गर्नु परे पनि धार्मिक तथा सामाजिक क्षेत्रमा मान सम्मान पाइने छ।शैक्षिक प्रगति मध्यम देखिन्छ। मनोबल उच्च राखेर काम गर्दा सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन बालकृष्ण भगवानको स्मरण गर्नु होला।
धन्यवाद
परामर्शका लागि- श्री ज्योतिष तथा परामर्श केन्द्र, सूर्यविनायक-२ बालकोट भक्तपूर , बाग्मती प्रदेश, नेपाल
सम्पर्क नम्बर- ९८४९७७०७९९
What’s app no- 9849770799
Email [email protected]