सम्पूर्ण पाठक महानुभावहरूमा विक्रम संवद २०८१ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै वार्षिक राशिफल प्रस्तुत गरेकी छु। राशिफल मनन गर्नुहोस् र तपाईंहरुको यो वर्षलाई अझ सकारात्मक र उर्जावान बनाउनुहोस्।
मेष राशि- चु, चे, चो, ला, लि, लु, ले, लो,
मेष राशि हुनेहरुका लागि यो वर्ष सकारात्मक रहेको छ। पराक्रम वढ्ने छ। विद्या बुध्दिमा बृध्दि हुनेछ। वाणीको प्रभाव सकारात्मक हुने छ। आय आर्जन राम्रो हुनेछ। सन्तन नहुनेलाई सन्तान प्राप्तिको योग छ भने भैसकेकाहरूका लागि सन्तानकाबाटाबाट सन्तुष्टि प्राप्त हुने छ। नोकरीमा पदोन्नति र राजनितिमा सफलता प्राप्त हुने सम्भावना रहेको छ। श्रावण र मंसिर महिना अलि प्रतिकुल देखिएको छ। चिन्ता हुने र खर्च बढ्ने भएकोले सकारात्मक सोचका साथ सजक भएर कार्य गर्नुहोला। यस राशिका लागि उत्तम महिनाहरु आषाण, आश्विन, माघ र फाल्गुन हुन्। यस्तै शुभ रंग रातो हो भने शुभ अंक ९ रहेकोछ। यस वर्षलाई अझ सकारात्मक र उर्जाशिल बनाउन राहु, मंगल र सूर्यको आराधना गर्नु होला।
वृष राशि- इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
वृष राशि हुनेहरुका लागि यो वर्ष समग्रमा राम्रो रहेको छ। वर्षको शुरूमा केहि अप्ठ्यारो परिस्थितिको सामना गर्नु परे पनि आषाण महिनाको प्रारंभ सगै पराक्रम बढ्ने छ। उद्योग धन्दा फस्टाएर जानेछ। शैक्षिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। शिक्षाका लागि विदेश जान चाहनेहरुका लागि पनि यो वर्ष अनकुल देखिन्छ। बोली बिक्ने समय आएको छ। स्थान परिवर्तनको योग रहेको छ। शत्रु पक्ष निकै सक्रिय हुने हुँदा सकारात्मक सोचका साथ सजक भएर कार्य गर्नुहोला। यस राशिका लागि उत्तम महिनाहरु फाल्गुन र चैत्र हुन्। यस्तै शुभ रंग घ्यू रंग हो भने शुभ अंक ६ रहेकोछ। यस वर्षलाई अझ सकारात्मक र उर्जाशिल बनाउन केतु, बृहस्पति र सूर्यको आराधना गर्नु होला।
मिथुन राशि- क, कि, कु, घ, ङ, छ, के, को, ह
मिथुन राशि हुनेहरुका लागि यो वर्ष मध्यम रहेको छ। पराक्रम र मनोवल उच्च रहने छ। आम्दानीमा बृध्दि भएपनि खर्च मनग्य हुने देखिन्छ। राजनितिमा खासै सफलता हुदैन जेछ त्यसैमा चित्त बुझाउनु बेस हुनेछ। मनमा अशान्ति भैरहनेछ। नोकरी सामान्य रहने छ। कृषीबाट केहि फाइदा लिन सकिनेछ। जेठ महिना प्रतिकुल रहेका कारण यस महिनामा कुनै पनि महत्त्वपुर्ण निर्णय नगर्नु बेस हुनेछ। ग्रह गोचर प्रतिकुल रहेका कारण सकारात्मक सोचका साथ सजक भएर कार्य गर्नुहोला। यस राशिका लागि उत्तम महिनाहरु बैषाख, भाद्र र चैत्र हुन्। यस्तै शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेकोछ। यस वर्षलाई अझ सकारात्मक र उर्जाशिल बनाउन राहु, बृहस्पति र सूर्यको आराधना गर्नु होला।
कर्कट राशि- ह, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्कट राशि हुनेहरुका लागि यो वर्ष समग्रमा सकारात्मक रहेको छ। वर्षका शुरुवाती दिनहरु त्यति राम्रो नभए पनि वैषाखको अन्त्य सगै मनोवल उच्च हुने छ। आर्थीक सम्पन्नता प्राप्त हुने छ। शिक्षा क्षेत्रमा सफलता प्राप्त हुनेछ। वैदेशिक यात्राका लागि पनि यो वर्ष अनुकुल रहेको छ। विवाह गर्ने सोच बनाउनु हुनेहरुका लागि समय अनुकूल रहेको छ। मनोकांक्षा पुर्ण हुने छन्, सकारात्मक सोचका साथ सजक भएर कार्य गर्नुहोला। यस राशिका लागि उत्तम महिनाहरु जेठ, आश्विन, मंसिर, पुष र चैत्र हुन्। यस्तै शुभ रंग गुलावी हो भने शुभ अंक २ रहेकोछ। यस वर्षलाई अझ सकारात्मक र उर्जाशिल बनाउन राहु र चन्द्रमा र सूर्यको आराधना गर्नु होला।
सिंह राशि- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सिंह राशि हुनेहरुका लागि यो वर्ष मध्यम रहेको छ। पठनपाठनले गति लिने छ। शुभकार्यको चर्चा चल्ने छ। क्रोध र घमण्ड बढ्ने छ। आर्थीक कारोवारमा झन्झटको सामना गर्नु पर्ने छ। नोकरी र राजनिति सामान्य रहने छ। सामान्य चोट पटक लाग्ने सम्भावना भइका कारण सवारीसाधन चलाउदा सजक रहनुहोला। विभिन्न अप्ठ्याराहरूमा मित्रको साथ र सहयोग पाइनेछ। ग्रह गोचर प्रतिकुल रहेका कारण सकारात्मक सोचका साथ सजक भएर कार्य गर्नुहोला। यस राशिका लागि उत्तम महिनाहरु जेठ र आषाण हुन्। यस्तै शुभ रंग रातो र पहेंलो हो भने शुभ अंक १ रहेकोछ। यस वर्षलाई अझ सकारात्मक र उर्जाशिल बनाउन राहु, बृहस्पति र सूर्यको आराधना गर्नु होला।
कन्या राशि- टो, प, पी, पू, ष, ण, ठ, पे, पो
कन्या राशि हुनेहरुका लागि यो वर्ष सकारात्मक रहेको छ। मनोबल उच्च हुने तथा शारिरीक स्फूर्ती बढ्ने छ। विद्या बुध्दिमा बृध्दि हुनेछ। प्रेममा सफलता प्राप्त हुनेछ। नोकरीमा पदोन्नतीको सम्भावना रहेको छ। गोपनियता अपनाउन सके राजनितिमा सपलता हात पार्न सकिनेछ। सन्तानका बाटाबाट पनि सुख हुने देखिन्छ। वैषाख र आश्विन महिना प्रतिकुल रहेका कारण सकारात्मक सोचका साथ सजक भएर कार्य गर्नुहोला। यस राशिका लागि उत्तम महिनाहरु आषाण, श्रावण, मंसिन, फाल्गुन र चैत्र हुन्। यस्तै शुभ रंग धेरै रंग मिसिएको इन्द्रेणी रंग हो भने शुभ अंक ५ रहेकोछ। यस वर्षलाई अझ सकारात्मक र उर्जाशिल बनाउन केतु र सूर्यको आराधना गर्नु होला।
तुला राशि- रा, री, रू, रे, रो, ता, ती, तु, ते
तुला राशि हुनेहरुका लागि यो वर्ष मघ्यम रहेको छ। आर्थिक पक्ष सवल हुनेछ। नोकरी र राजनिति सामान्य रहनेछ। मनमा नकारात्मक कुराले डेरा जमाउने भएकाले धैर्यता र सम्यमतालाई साथी बनाउनु होला। बोल्दा विचार पुर्याएर बोल्नु होला। यो वर्ष शत्रु सक्रिय भएपनि आफै पछि हट्ने छन्। कृषि तथा अन्नबालीबाट केहि आम्दानी लिन सकिनेछ। अरुको भर पर्दा काम बिग्रिन सक्छ, सकारात्मक सोचका साथ सजक भएर अगाडी बढ्नुहोला। यस राशिका लागि उत्तम महिनाहरु वैषाख, श्रावण, कार्तिक र चैत्र हुन्। यस्तै शुभ रंग निलो र कालो हो भने शुभ अंक ६ रहेकोछ। यस वर्षलाई अझ सकारात्मक र उर्जाशिल बनाउन बृहस्पति र सूर्यको आराधना गर्नु होला।
वृश्चिक राशि- तो, ना, नि, नू, ने, नो, या, यि, यू
वृश्चिक राशि हुनेहरुका लागि यो वर्ष मध्यम रहेको छ। आर्थीक उन्नत्ती हुनेछ। उद्योग धन्दा फस्टाउनेछ। मनोवल उच्च हुने छ, जोसजाँगर बढ्नेछ। नोकरी र राजनितिमा प्रगति हुनेछ। समाजमा मान प्रतिष्ठा प्राप्त भए पनि घर परिवारलाई समयदिन नसक्दा गुनासो आइरहने छ। महत्त्वपुर्ण कार्यमा गोपनियता अपनाउनु पर्ने देखिन्छ भने मित्र वर्गको सहयोगको आशा नगर्नु वेस हुनेछ। असार र आश्विन महिना स्वास्थ्यका दृष्टिले प्रतिकुल रहेका कारण सकारात्मक सोचका साथ सजक भएर कार्य गर्नुहोला। यस राशिका लागि उत्तम महिनाहरु वैषाख, जेठ, श्रावण, भाद्र र माघ हुन्। यस्तै शुभ रंग सुनौलो पहेलो हो भने शुभ अंक ९ रहेकोछ। यस वर्षलाई अझ सकारात्मक र उर्जाशिल बनाउन शनि र सूर्यको आराधना गर्नु होला।
धनु राशि- ये, यो, भा, भी, भू, ध, फा, ढ, भे
धनु राशि हुनेहरुका लागि यो वर्ष सामान्य रहेको छ। वर्षको प्रारंभमा मनमा शान्ति र मुहारमा कान्ति छाउने छ। आर्थीक पक्ष सामान्य रहनेछ। राजनिति र नोकरीमा उतार चडावको सामना गर्नु पर्ने देखिन्छ। शत्रु बृध्दि हुने छन्। वर्षको शुरुवाती अनुकुल भएका कारण वर्ष भरिको योजना पनि शुरुमै बनाउन सके कार्यान्वयनमा सहज हुने छ। महत्त्वपुर्ण कार्यमा गोपनियता अपनाउदै सकारात्मक सोचका साथ सजक भएर गर्नुपर्नै देखिन्छ। यस राशिका लागि उत्तम महिनाहरु वैषाख र जेठ हुन्। यस्तै शुभ रंग पहेंलो हो भने शुभ अंक ३ रहेकोछ। यस वर्षलाई अझ सकारात्मक र उर्जाशिल बनाउन राहु, बृहस्पति र सूर्यको आराधना गर्नु होला।
मकर राशि- भो, जा, जी, जू, जे, जो, ख, खि, खु, खे, खो, गा
गी राशि हुनेहरुका लागि यो वर्ष सकारात्मक रहेको छ। मनमा शान्ति र शरिरमा स्फूर्ती बढ्ने छ। आय आर्जनका नयाँ नयाँ स्रोत फेला पर्ने छन्। नोकरीमा पदोन्नति र राजनितिमा सफलता प्राप्त हुने सम्भावना रहेको छ। राज्यबाट सम्मान प्राप्त हुने योग रहेको छ। कृषिबाट पनि केहि लाभ प्राप्त हुने छ। बैषाख र भाद्र महिना प्रतिकुल रहेकाले बोलीमा नियन्त्रण गर्दै सकारात्मक सोचका साथ सजक भएर कार्य गर्नुहोला। यस राशिका लागि उत्तम महिनाहरु जेठ, आषाण, आश्विन, मंसिर, माघ र चैत्र हुन्। यस्तै शुभ रंग खैरो र निलो हो भने शुभ अंक ८ रहेकोछ। यस वर्षलाई अझ सकारात्मक र उर्जाशिल बनाउन शनि र सूर्यको आराधना गर्नु होला।
कुम्भ राशि- गु, गे, गो, सा, सी, सु, से, सो, द
कुम्भ राशि हुनेहरुका लागि यो वर्ष मध्यम रहेको छ। वर्षको प्रारंभ अनुकुल रहेकाले काम गर्ने जोसजाँगर बढ्ने छ। आर्थीक पक्ष सबल रहनेछ। राजनिति र नोकरीमा उतार चडावको सामना गर्नु पर्ने देखिन्छ। शत्रु बृध्दि हुने छन्। विवाद र खर्च दुबै बढ्ने देखिन्छ, सम्यमता अपनाउनु होला। महत्त्वपुर्ण कार्यमा गोपनियता अपनाउदै सकारात्मक सोचका साथ सजक भएर कार्य गर्नुपर्नै देखिन्छ। चिन्ता बढ्ने तथा टाउको दुखाइले सताउन सक्छ। यस राशिका लागि उत्तम महिनाहरु वैषाख, श्रावण, मंसिर र पुष हुन्। यस्तै शुभ रंग खैरो र कालो हो भने शुभ अंक ८ रहेकोछ। यस वर्षलाई अझ सकारात्मक र उर्जाशिल बनाउन राहु र मंगल र सूर्यको आराधना गर्नु होला।
मीन राशि- दी, दू, थ, झ, ञ, दे, दो, च, ची
मीन राशि हुनेहरुका लागि यो वर्ष सामान्य रहेको छ। शिक्षा क्षेत्र राम्रो रहेको छ। भूमी वा वाहन मिल्ने योग रहेको छ। आर्थीक पक्ष राम्रो रहनेछ। व्यापार व्यवसाय फस्टाएर जानेछ। राजनिति र नोकरीमा उतार चडावको सामना गर्नु पर्ने देखिन्छ। वैदेशिक कार्यमा खर्च बढ्ने देखिन्छ। अहंकार र घमण्ड बढ्ने देखिएकाले सकारात्मक सोचका साथ सजक भएर कार्य गर्नु उत्तम हुनेछ। यस राशिका लागि उत्तम महिनाहरु जेठ, भाद्र र माघ हुन्। यस्तै शुभ रंग नौनीरंग हो भने शुभ अंक ३ रहेकोछ। यस वर्षलाई अझ सकारात्मक र उर्जाशिल बनाउन राहु र बृहस्पति र सूर्यको आराधना गर्नु होला।
धन्यवाद
परामर्शका लागि- श्री ज्योतिष तथा परामर्श केन्द्र, सूर्यविनायक-२ बालकोट भक्तपूर , बाग्मती प्रदेश, नेपाल
सम्पर्क नम्बर- ९८४९७७०७९९
What’s app no- 9849770799
Email [email protected]