सम्पूर्ण पाठक महानुभावहरूमा शुभ भाव प्रकट गर्दै मिति २०८० साल चैत्र ११ गते आइतवार देखि १७ गते शनिवार सम्मको साप्ताहिक राशिफल प्रस्तुत गरेकी छु, राशिफल मनन गर्नुहोस् र आफ्ना दिनहरूलाई उत्कृष्ट र सफल बनाउँनुहोस्। - ज्यो. श्री सृजना तिम्सिना
मेष राशि- चु, चे, चो, ला, लि, लु, ले, लो,
मेष राशि हुनेहरूका लागि यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा गरेको कामबाट मान सम्मान प्राप्त हुनेछ। कामको धमाधमले स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला। साताको मध्यतिर आर्थिक कारोबार फस्टाउने छ। संगित साधनामा मनमा लाग्ने छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा नसोचेको ठाउँबाट धन प्राप्त हुने छ। भाग्यले साथ दिने समय छ। शैक्षिक प्रगति राम्रो देखिन्छ। छोराछोरी वा भतिजाभतिजिको साथ सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन लक्ष्मीनारायणको आराधना गर्नु होला।
वृष राशि- इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
वृष राशि हुनेहरूका लागि यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा मुहारमा कान्ति छाउनुको साथै काम गर्ने जोस र जाँगर बढ्ने छ। आर्थिक पक्ष सबल देखिन्छ। साताको मध्यतिर विद्वान व्यक्तिसँगको संगतले हर्ष र प्रसन्नता छाउने छ। स्वास्थ्यमा भने सामान्य समस्या देखिनसक्छ, सचेत रहनुहोला। साताको उत्तरार्धमा दैनिक कामकाजमा सामान्य उतार चडावको सामना गर्नु परे पनि अन्ततः सफलता प्राप्त हुनेछ। शैक्षिक प्रगति राम्रो देखिन्छ। आमाको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन पार्वती माताको आराधना गर्नु होला।
मिथुन राशि- क, कि, कु, घ, ङ, छ, के, को, ह
मिथुन राशि हुनेहरूका लागि यो साता उत्तम रहेको छ। साताको पूर्वार्धमा काम गर्ने जोस र जाँगर बढ्ने छ। तपाईंको मिठास बोलीको प्रशंसा हुने छ। साताको मध्यतिर आर्थिक लाभ प्राप्त हुने छ। सेयर बजारबाट पनि केहि फाइदा हुने देखिन्छ। कुनै काम शुरू गरेर अड्किएको छ भने कामले गति लिने छ। साताको उत्तरार्धमा स्वास्थ्यमा सामान्य समस्या देखिए पनि विद्वान् व्यक्तिको संगतले मन प्रफुल्लित हुनेछ। शैक्षिक प्रगति उत्तम देखिन्छ। सन्तान वा भाइ बहिनिको साथ, सहयोग र सल्लाहले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र ऊर्जाशिल बनाउन वासुदेव भगवानको आराधना गर्नु होला।
कर्कट राशि- ह, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्कट राशि हुनेहरूका लागि यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा अन्न बालीबाट आम्दानी हुनेछ। हराएको आत्मविश्वास बढ्ने छ। नयाँ कामको जिम्मेवारीले मन फुरुङ्ङ हुने छ। साताको मध्यतिर जग्गा विवादमा पर्ने सम्भावना भएकाले सचेत रहनु होला। आर्थिक लाभ सामान्य रहने छ। साताको उत्तरार्धमा कामको प्रशंसा पाइने छ। आर्थिक पक्ष सबल देखिन्छ भने परिवारसँग घुम्न जाने अवसर समेत मिल्ने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। कुल कुटुम्बको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन सरस्वती माताको आराधना गर्नु होला।
सिंह राशि- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सिंह राशि हुनेहरूका लागि यो साता मध्यम रहेको छ। साताको पूर्वार्धमा लगनशिलतामा कमी आउने छ। धर्मकर्ममा मन जाने छ। वैदेशिक काम र यात्रामा सफलता हात पर्ने छ। साताको मध्यतिर नसोचेको ठाउँबाट धन लाभ हुनाले मन प्रसन्न हुने छ। कृषिबाट पनि लाभ प्राप्त गर्न सकिनेछ। साताको उत्तरार्धमा कर्म क्षेत्रमा कामको प्रशंसा पाइनाले मन खुसी हुनेछ साथै केही शुभ समाचार समेत सुन्न पाइनेछ। शैक्षिक प्रगति मध्यम देखिन्छ। दिदी बहिनीको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई अझ उत्तम र उर्जाशिल बनाउन सूर्य देवको आराधना गर्नु होला।
कन्या राशि- टो, प, पी, पू, ष, ण, ठ, पे, पो
कन्या राशि हुनेहरूका लागि यो साता सामान्य रहेको छ। साताको पूर्वार्धमा आयका नयाँ नयाँ स्रोतहरू फेला पर्ने छन्। परोपकार र सहयोगमा मन जाने छ। सामान हराउने योग परेकाले सुरक्षामा विशेष ध्यान दिनु होला। साताको मध्यतिर स्वास्थ्यमा समस्या देखिएका कारण खर्च बढ्ने छ। साताको उत्तरार्धमा स्वास्थ्यमा सुधार हुदै जाँदा मनोबल उच्च हुने छ। काम गर्ने जोस जाँगर बढ्ने छ। अध्ययन अध्यापनमा समेत रुचि बढ्ने छ। शैक्षिक प्रगति राम्रो देखिन्छ। विदेशमा रहेका आफन्तको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन लक्ष्मीनारायणको आराधना गर्नु होला।
तुला राशि- रा, री, रू, रे, रो, ता, ती, तु, ते
तुला राशि हुनेहरूका लागि यो साता सामान्य रहेको छ। साताको पूर्वार्धमा कार्यक्षेत्रमा प्रशंसा पाइनेछ। नयाँ व्यवसाय वा केहि रचनात्मक काममा जुट्दा लाभ प्राप्त गर्ने समय छ। आफूमा लुकेको कला देखाउने अवसर मिल्ने छ। साताको मध्यतिर नसोचेको स्रोतबाट नगद रकम प्राप्त हुने देखिन्छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा परिवारको स्वास्थ्यमा समस्या देखिएका कारण खर्च बढ्ने छ। वैदेशिक कामबाट भने केही लाभ हुने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। माता पिता वा गुरुको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन महालक्ष्मीको आराधना गर्नु होला।
वृश्चिक राशि- तो, ना, नि, नू, ने, नो, या, यि, यू
वृश्चिक राशि हुनेहरूका लागि यो साता सामान्य रहेको छ। साताको पूर्वार्धमा मान सम्मान सहितको यात्रा हुने देखिन्छ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने देखिन्छ। साताको मध्यतिर साथीहरूसँगको रमाइलो भेटघाट र खान पिनले मन हर्षित हुने छ। स्वास्थ्यमा समस्या देखिन सक्छ सचेत रहनुहोला। साताको उत्तरार्धमा आयमा बढोत्तरी भए पनि खर्च मनग्य हुनेछ। शैक्षिक प्रगति राम्रो देखिन्छ। विदेशमा रहेका साथी तथा आफन्तको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन बजरंगवली हनुमानको आराधना गर्नु होला।
धनु राशि- ये, यो, भा, भी, भू, ध, फा, ढ, भे
धनु राशि हुनेहरूका लागि यो साता विचारणीय रहेको छ। साताको पूर्वार्धमा आलस्यताले जरा गाड्ने छ। अस्वस्थताका कारण काममा समेत बाधा पर्न सक्छ। साताको मध्यतिर सरकारी काममा समस्या खेप्नु परे पनि कामको कदर हुनेछ। सामाजिक र नयाँ कामबाट सफलता हात पर्ने छ। साताको उत्तरार्धमा मन मिल्ने साथीसँगको स्मरणीय यात्राले खुसी मिल्ने छ। सेयर बजारबाट केही फाइदा हुने देखिन्छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। आफ्नै वाणीको प्रभावले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन शेषशायी विष्णु भगवानको आराधना गर्नु होला।
मकर राशि- भो, जा, जी, जू, जे, जो, ख, खि, खु, खे, खो, गा, गी
मकर राशि हुनेहरूका लागि यो साता मध्यम रहेको छ। साताको पूर्वार्धमा धन आगमन हुने छ। मनमिल्ने साथीसँगको सुमधुर साथले दिन रमाइलो बन्ने छ। साताको मध्यतिर कार्यक्षेत्रमा कामको व्यस्तताले परिवारका लागि समय व्यवस्थापन गर्न असहज हुने देखिन्छ। खानपान र यात्रामा विशेष ख्याल गर्नु होला। । साताको उत्तरार्धमा आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु परे पनि धार्मिक तथा सामाजिक क्षेत्रमा मान सम्मान पाइने छ। विशिष्ट व्यक्तिको आशीर्वाद प्राप्त हुने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। मनोवल उच्च राखेर काम गर्दा सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन शनिदेवको आराधना गर्नु होला।
कुम्भ राशि- गु, गे, गो, सा, सी, सु, से, सो, द
कुम्भ राशि हुनेहरूका लागि यो साता विचारणीय रहेको छ। साताको पूर्वार्धमा आर्थिक कारोबार फस्टाएर गए पनि आम्दानी र खर्च बराबरी नै हुनेछ। शत्रु पक्ष सवल देखिन्छन्। साताको मध्यतिर मिल्ने साथी सँगको रमाइलो भेटघाटले मनमा खुसी र उमंग बढ्नेछ। कुनै साझेदारी काम गरिरहनु भएको छ भने कामले गति लिने देखिन्छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा केहि शारीरिक समस्याले सताउने सम्भावना भएकोले खानपान र यात्रामा सजग रहनुहोला। शैक्षिक प्रगति मध्यम देखिन्छ। गुरु वा मान्यजनको साथ र सल्लाहले सोचे आँटेको काममा सहयोग पुग्नेछ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन वटुक भैरवको आराधना गर्नु होला।
मीन राशि- दी, दू, थ, झ, ञ, दे, दो, च, ची
मीन राशि हुनेहरूका लागि यो साता मध्यम प्रकृतिको रहेको छ। साताको पूर्वार्धमा सन्तानका बाटाबाट शुभ समाचारहरू प्राप्त गर्न पाइनेछ। आफ्नो दैनिक कार्यमा केही बाधा अड्कन बेहोर्नु पर्ने देखिन्छ, सचेत भएर कार्य गर्नु होला। साताको मध्यतिर दैनिक कामकाज सामान्य हुनेछ भने आयका नयाँ स्रोतहरू फेला पर्ने छन्। साताको उत्तरार्ध तपाईंका लागि अलि खर्चिलो रहनेछ। शैक्षिक प्रगति राम्रो साथै गहिरो अध्ययन अनुसन्धानमा मन लाग्ने देखिन्छ। श्रीमान्/ श्रीमती/ पार्टनरको सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन गुरु बृहस्पतिको आराधना गर्नु होला।
धन्यवाद
परामर्शका लागि-श्री ज्योतिष तथा परामर्श केन्द्र, इटहरी सुनसरी, कोशी प्रदेश नेपाल
सम्पर्क नम्बर-९८४९७७०७९९ What’s app no- 9849770799
[email protected]/ [email protected]