मेष : पराक्रम बढेर जानेछ । व्यवसायबाट राम्रो प्रतिफल मिल्नेछ । साझेदारी काम कार्यबाट समेत आफ्नो पक्षमा बढी लाभ लिन सकिनेछ । दाजुभाइको सहयोगले काम बन्नेछ । श्रम मार्गबाट सुख–सन्तोष मिल्नेछ ।साँझपख असमझदारीता एवं विवादको सामना गर्नुपर्ने देखिन्छ ।
वृष : दोधारे स्वभावका कारण सही निर्णय लिन सकिने छैन । विवाद र समस्याका बापजुध पनि धनरकम संकल/सञ्चय गर्न सकिनेछ । अल्छिपना त्यागेर कार्यमा लाग्नुपर्नेछ । साँझपख मित्र मिलन हुनेछ । नयाँ कार्यको प्रस्ताव आउनेछ । खुसीको खबर मिल्नेछ ।
मिथुन : छोटो छरितो रमाइलो यात्राको संभावना बलियो रहेको छ । मन, बचन र कर्मको तालमेल मिल्नेछ । सहनशिलता र कृयाशिलताको विकास हुनेछ । धेरै व्यक्तिको मनमा बस्न सकिनेछ । व्यवहारिक पक्षलाई बुझिनेछ । वेलुकीपख एक्कासी स्वास्थ्य कमजोर बन्न सक्छ, खानपानमा विचार पुर्याउनु होला ।
कर्कट : कुरा काट्ने व्यक्तिहरु सक्रिय रहनेछन् । व्यर्थको भ्रमण हुनेछ । अरुको भरमा काम थाल्दा, व्यवारिसे बन्नेछ । विश्वास गरेका व्यक्तिले साथ छाड्ने छन् । खर्चको मात्रा बढेर जानेछ । तर साँझपख जिम्मेवारी बढ्नेछ । आर्थिक पक्षमा सुधार आउनेछ । मित्र मिलन हुनेछ ।
सिंह : आफन्तजनसँगको रमाइलो भेटघाट हुनेछ । छोटो समयमा काम बन्नेछ । आकस्मिक धन लाभको योग बनेको छ । प्रेमीप्रमीका बीचको सम्बन्ध घनिष्ठ बन्नेछ । सृजनात्मक शक्तिको विकास हुनेछ । साँझपख खर्चको मात्रा बढ्नेछ, अल्छिपनले सताउनेछ ।
कन्या : सामाजिक कार्यबाट प्रशंसा मिल्ने समय रहेको छ । महत्वपूर्ण कार्यको नेतृत्व मिल्नेछ । सहज तरिकाले काम सम्पन्न गर्न सकिनेछ । नोकरीमा लाग्ने व्यक्तिहरुका लागि नेतृत्व गणको साथ मिल्नेछ । विश्वासको पात्र बनिनेछ । अपरिचित व्यक्तिको समेत सहयोग पाइनेछ ।
तुला : धर्म, दर्शन तथा अध्यात्म तर्फ मन जानेछ । परोपकारी कार्यमा समय विताउन पाउँदा खसी लाग्नेछ । सामूहिक कार्यको नेतृत्व गर्न पाइनेछ । काम गर्ने कलाले धेरै व्यक्तिलाई प्रभावित बनाउन सकिनेछ । सामान्य स्वास्थ्य कमजोरी यथावत् रहन सक्छ, ख्याल गर्नुहोला ।
बृश्चिक : आज साँझसम्मको अवधि कमजोर नै रहला । बोलिकै कारण विवादित भइनेछ, हत्तारमा निर्णय नलिनुहोला । विपक्षीले कमजोरीको जोखाना हेरेर बस्नेछन् । अरुको उक्साहटमा लगानी गर्दा धनरकम फस्नेछ । साँझबाट क्रमश: शुभफल मिल्नेछ । गुरुजनको सहयोग मिल्नेछ ।
धनु : श्रृंगारिक कार्यमा मन रमाउनेछ । दाम्पत्य सहयोगले रोकिएका काम सहज तवरले बन्नेछ । आकर्षण शक्ति बढेर जानेछ । प्रेम प्रसंगले मूर्तरुप लिनेछ । घुमफिरमा रमाइनेछ । सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सकिनेछ । साँझबाट स्वास्थ्य कमजोर एवं असन्तुष्टिपनले सताउनेछ ।
मकर : सामाजिक कार्यको जिम्मेवारी बढ्नेछ । प्रतिष्पर्धात्मक कृयाकलापमा विजयी भइनेछ । लामो समयदेखिको विवादित कार्यले स्थान पाउने छन् । शत्रू पक्ष कमजोर हुनेछन् । साँझबाट स्वास्थ्यमा समेत सुधार आउनेछ । केही दु:ख गर्नुपरेता पनि सकारात्मक परिणाम मिल्ने समय रहेको छ ।
कुम्भ : नयाँ योजना बनाएर अघि बढ्ने समय रहेको छ । घरमा नयाँ चहलपलह छाउनेछ । पारिवारिक जमघट हुनेछ । विद्यार्थी वर्गले अध्ययनमा प्रगतिसँगै प्रतिभाका कृयाकलापमा समेत उच्च स्थान हाँसिल गर्न सकिनेछ । विशेष कार्यमा अतिथिको सत्कार पाइनेछ । क्रमश: आयदर बढ्दै जानेछ ।
मीन : अग्रज व्यक्तिसँग विवाद पर्न सक्छ, बोलिमा संयमता अपनाउनुहोला । अरुको उक्साहटमा नयाँ क्षेत्रमा प्रवेश गर्दा असफल भइनेछ । अनावश्यक चिन्ता, पीरले सताउनेछ । स्वास्थ्य कमजोर बन्नेछ । माता–पिताको सहयोगले अघि बढ्दा सफल भइनेछ । साँझबाट गरेका कार्यमा सफल भइनेछ, शुभफल मिल्नेछ ।