सम्पूर्ण पाठक माहानुभावहरूमा शुभ भाव प्रकट गर्दै मिति २०८० साल माघ ७ गते आइतवार देखि १३ गते शनिवार सम्मको साप्ताहिक राशिफल प्रस्तुत गरेकी छु, राशिफल मनन गर्नुहोस् र आफ्ना दिनहरूलाई उत्कृष्ट र सफल बनाउँनुहोस्।
ज्यो. श्री सृजना तिम्सिना
मेष राशि- चु, चे, चो, ला, लि, लु, ले, लो,
यो साता उत्तम रहेको छ। साताको पूर्वार्धमा काम गर्ने जोस र जाँगर बढ्ने छ। बाणीमा सरस्वतीको बास रहने समय छ। साताको मध्यतिर आर्थिक लाभ प्राप्त हुने छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। कुनै काम शुरू गरेर अड्किएको छ भने कामले गति लिने छ। साताको उत्तरार्धमा स्वास्थ्यमा सामान्य समस्या देखिए पनि विद्वान् व्यक्तिको संगतले मन प्रफुल्लित हुनेछ। शैक्षिक प्रगति उत्तम देखिन्छ। मनोबल उच्च राखेर काम गर्दा सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन शिव-पार्वतीको आराधना गर्नु होला।
वृष राशि- इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा अन्न बालीबाट प्रसस्त आम्दानी हुनेछ। तपाईंको आकर्षक व्यक्तित्वको प्रसंशा हुनेछ। नयाँ कामको जिम्मेबारी समेत प्राप्त हुनेछ। साताको मध्यमतिर दाजुभाइ बीचको संबन्धमा चिसोपन आउनसक्छ, सचेत रहनु होला। आर्थिक लाभ सामान्य रहने छ। साताको उत्तरार्धमा कामको प्रशंसा पाइने छ। आर्थिक पक्ष सबल देखिन्छ भने परिवारसँग घुम्न जाने अवसर समेत मिल्ने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। कुल कुटुम्बको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई अझ उत्तम र उर्जाशिल बनाउन लक्ष्मी माताको आराधना गर्नु होला।
मिथुन राशि- क, कि, कु, घ, ङ, छ, के, को, ह
यो साता राम्रो रहेको छ। साताको पूर्वार्धमा मनमा आएको नकारात्मक सोचाइका कारण केही झन्झट व्येहोर्नु पर्ने तथा धनराशि समेत खर्च हुने देखिन्छ, सचेत रहनहोला। तर वैदेशिक काम र यात्रामा भने सफलता हात पर्नेछ। साताको मध्यतिर नसोचेको ठाउँबाट धन लाभ हुनेछ। कृषिबाट पनि लाभ प्राप्त गर्न सकिनेछ। साताको उत्तरार्धमा कर्म क्षेत्रमा कामको प्रशंसा पाइनाले मन खुसी हुनेछ साथै केही शुभ समाचार समेत सुन्न पाइनेछ। शैक्षिक प्रगति मध्यम देखिन्छ। दिदी बहिनीको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्नेछ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन लक्ष्मीनारायणको आराधना गर्नु होला।
कर्कट राशि- ह, हु, हे, हो, डा, डि, डु, डे, डो
यो साता सामान्य रहेको छ। साताको पूर्वार्धमा आयका नयाँ नयाँ स्रोतहरू फेला पर्ने छन्। आम्दानी पनि राम्रो हुने छ। सामान हराउने योग परेकाले सुरक्षामा विशेष ध्यान दिनु होला। साताको मध्यतिर स्वास्थ्यमा समस्या देखिएका कारण खर्च बढ्ने छ। साताको उत्तरार्धमा स्वास्थ्यमा सुधार हुदै जादा मनोबल उच्च हुने छ। काम गर्ने जोस जाँगर बढ्ने छ। अध्ययन अध्यापनमा समेत रुचि बढ्ने छ। छोटो दूरीको रमणीय यात्राले खुसी मिल्ने छ। शैक्षिक प्रगति राम्रो देखिन्छ। विदेशमा बस्ने साथी वा आफन्तको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन महालक्ष्मीको आराधना गर्नु होला।
सिंह राशि- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
यो साता सामान्य रहेको छ। साताको पूर्वार्धमा कार्यक्षेत्रमा प्रशंसा पाइनुको साथै शुभ समाचार समेत सुन्नाले मन प्रसन्न हुनेछ। आफूमा लुकेको कला देखाउने अवसर मिल्ने छ। साताको मध्यतिर नयाँ स्रोतबाट नगद रकम प्राप्त हुने देखिन्छ। साहित्य क्षेत्रमा राम्रो प्रगती हुने छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा परिवारको स्वास्थ्यमा समस्या देखिएका कारण खर्च बढ्ने छ। वैदेशिक कामबाट भने केही लाभ हुने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। माता पिता वा गुरुको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन शिव भगवानको आराधना गर्नु होला।
कन्या राशि- टो, प, पी, पू, ष, ण, ठ, पे, पो
यो साता सामान्य रहेको छ। साताको पूर्वार्धमा मान सम्मान सहितको यात्रा हुने देखिन्छ। सरकारी काम भने सोचे अनुसार नहुनु सक्छ। साताको मध्यतिर साथीहरूसँगको रमाइलो भेटघाट र खान पिनले मन हर्षित हुने छ। स्वास्थ्यमा समस्या देखिन सक्छ, सचेत रहनुहोला। साताको उत्तरार्धमा आयमा बढोत्तरी भए पनि खर्च मनग्य हुनेछ। शैक्षिक प्रगति राम्रो देखिन्छ। विदेशमा रहेका साथी तथा आफन्तको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन शेषशायी विष्णु भगवानको आराधना गर्नु होला।
तुला राशि- रा, री, रू, रे, रो, ता, ती, तु, ते
यो साता मध्यम रहेको छ। साताको पूर्वार्धमा काममा सुस्तता देखिन्छ। काममा सुस्तता तथा अस्वस्थताका कारण केहि बाधा खेप्नु पर्ने हुनसक्छ, सचेत रहनुहोला। साताको मध्यतिर सरकारी काममा समस्या खेप्नु परे पनि कामको कदर हुनेछ। सामाजिक र नयाँ कामबाट सफलता हात पर्नेछ। साताको उत्तरार्धमा मन मिल्ने साथीसँगको स्मरणीय यात्राको अवसर मिल्नेछ। सेयर बजारबाट केही फाइदा हुने देखिन्छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। आफ्नै वाणीको प्रभावले सोचे आँटेको काम बन्नेछ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन सरस्वती माताको आराधना गर्नु होला।
वृश्चिक राशि- तो, ना, नि, नू, ने, नो, या, यि, यू
यो साता मध्यम रहेको छ। साताको पूर्वार्धमा धन आगमन योग छ भने जीवन साथी वा पर्टनरसँगको सुमधुर साथले दिन प्रेमिल बन्ने छ। साताको मध्यतिर मनमा अशान्ति छाउने तथा शरीरमा पिडाको महसुस हुने देखिन्छ।। खानपान र यात्रामा विशेष ख्याल गर्नु होला। । साताको उत्तरार्धमा सरकारी क्षेत्रमा केही अप्ठ्यारो सामना गर्नु परे पनि धार्मिक तथा सामाजिक क्षेत्रमा मान सम्मान पाइने छ। विशिष्ट व्यक्तिको आशीर्वाद प्राप्त हुने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। मनोवल उच्च राखेर काम गर्दा सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन श्री गणेश भगवानको आराधना गर्नु होला।
धनु राशि- ये, यो, भा, भी, भू, ध, फा, ढ, भे
यो साता विचारणीय रहेको छ। साताको पूर्वार्धमा आर्थिक कारोबार फस्टाएर गए पनि आम्दानी र खर्च बराबरी नै हुनेछ। शत्रु पक्ष सक्रिय हुने देखिएकोले काम गर्दा गोप्य तरीकाले गर्नु होला। साताको मध्यतिर मिल्ने साथी सँगको रमाइलो भेटघाटले मनमा खुसी र उमंग बढ्नेछ। कुनै साझेदारी काम गरिरहनु भएको छ भने कामले गति लिने देखिन्छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा केहि शारीरिक समस्याले सताउने सम्भावना भएकोले खानपान र यात्रामा सजग रहनुहोला। शैक्षिक प्रगति मध्यम देखिन्छ। गुरु वा मान्यजनको साथ र सल्लाहले सोचे आँटेको काममा सहयोग पुग्नेछ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन गुरु बृहस्पतिको आराधना गर्नु होला।
मकर राशि- भो, जा, जी, जू, जे, जो, ख, खि, खु, खे, खो, गा, गी
यो साता सामान्य रहेको छ। साताको पूर्वार्धमा सन्तान सुख प्राप्त हुनेछ। दैनिक कामकाजमा बाधा अड्कन आउन सक्छ, सचेत रहनुहोला। साताको मध्यतिर दैनिक कामकाज सामान्य हुनेछ भने आयका नयाँ स्रोतहरू फेला पर्ने छन्। साताको उत्तरार्ध तपाईंका लागि अलि कस्टकर हुनसक्छ, खानपीन र यात्रामा सजकता अपनाउनु होला। शैक्षिक प्रगति राम्रो साथै गहिरो अध्ययन अनुसन्धानमा मन लाग्ने देखिन्छ। श्रीमान्/ श्रीमती/ पार्टनरको सल्लाहले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन वटुक भैरवको आराधना गर्नु होला।
कुम्भ राशि- गु, गे, गो, सा, सी, सु, से, सो, द
यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा गरेको कामबाट मान सम्मान प्राप्त हुनेछ। कामको धमाधमले स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला। साताको मध्यतिर आर्थिक कारोबार फस्टाउने छ। संगित र साहित्यमा मनमा लाग्ने छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा नसोचेको ठाउँबाट धन प्राप्त हुने छ भने मन मिल्ने साथीको साथले दिन रमाइलो बन्नेछ। शैक्षिक प्रगति राम्रो देखिन्छ। मावलीको साथ सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन सितारामको आराधना गर्नु होला।
मीन राशि- दी, दू, थ, झ, ञ, दे, दो, च, ची
यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा मुहारमा कान्ति छाउनुको साथै काम गर्ने जोस र जाँगर बढ्ने छ। आर्थिक पक्ष सबल देखिन्छ। साताको मध्यतिर विद्वान व्यक्तिले तपाईंको व्यक्तित्वको प्रसंसा गर्नेछन्। स्वास्थ्यमा भने सामान्य समस्या देखिनसक्छ, सचेत रहनुहोला। साताको उत्तरार्धमा दैनिक कामकाजमा सामान्य उतार चडावको सामना गर्नु परे पनि रमणीय यात्राको अवसरले अन्ततः खुसी प्राप्त हुनेछ। शैक्षिक प्रगति राम्रो देखिन्छ। आमाको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन बालकृष्ण भगवानको आराधना गर्नु होला।
धन्यवाद
परामर्शका लागि- श्री ज्योतिष तथा परामर्श केन्द्र, इटहरी सुनसरी, कोशी प्रदेश नेपाल
सम्पर्क नम्बर- ९८४९७७०७९९
What’s app no- 9849770799
Email [email protected]/ [email protected]