सम्पूर्ण पाठक महानुभावहरूमा शुभभाव प्रकट गर्दै मिति २०८० साल कार्तिक १९ गते आइतवार देखि २५ गते शनिवार सम्मको साप्ताहिक राशिफल प्रस्तुत गरेकी छु, राशिफल मनन गर्नुहोस् र आफ्ना दिनहरूलाई उत्कृष्ट र सफल बनाउँनुहोस् । - ज्यो. श्री सृजना तिम्सिना
मेष राशि- चु, चे, चो, ला, लि, लु, ले, लो
यो साता शुभ रहेको छ । साताको पूर्वार्धमा गरेको कामबाट मान सम्मान प्राप्त हुनेछ । कामको धमाधमले स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला । साताको मध्यतिर आर्थिक कारोबार फस्टाउनेछ । संगीत साधनामा मनमा लाग्नेछ । सेयर बजारबाट फाइदा हुने देखिन्छ । साताको उत्तरार्धमा नसोचेको ठाउँबाट धन प्राप्त हुनेछ भने मन मिल्ने साथीको साथले दिन रमाइलो बन्नेछ । शैक्षिक प्रगति राम्रो देखिन्छ । मावलीको साथ सहयोगले सोचे आँटेको काम बन्ने छ । यस हप्तालाई सफल र उर्जाशील बनाउन शिव-पार्वतीको आराधना गर्नुहोला ।
वृष राशि- इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
यो साता शुभ रहेको छ । साताको पूर्वार्धमा मुहारमा कान्ति छाउनुको साथै काम गर्ने जोस र जाँगर बढ्ने छ । आर्थिक पक्ष सबल देखिन्छ । साताको मध्यतिर ठूला व्यक्तिको प्रशंसाले मन हर्षित हुनेछ । स्वास्थ्यमा भने सामान्य समस्या देखिन्छ सचेत रहनुहोला । साताको उत्तरार्धमा दैनिक कामकाजमा सामान्य उतार चडावको सामना गर्नु परे पनि रमणीय यात्राको अवसरले खुसी प्राप्त हुनेछ । शैक्षिक प्रगति राम्रो देखिन्छ । आमाको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्नेछ । यो हप्तालाई सफल र उर्जाशील बनाउन पार्वती माताको आराधना गर्नुहोला ।
मिथुन राशि- क, कि, कु, घ, ङ, छ, के, को, ह
यो साता उत्तम रहेको छ । साताको पूर्वार्धमा काम गर्ने जोस र जाँगर बढ्ने छ । तपाईंको मिठास बोलीको प्रशंसाले मन प्रसन्न हुने छ । साताको मध्यतिर आर्थिक लाभ प्राप्त हुने छ । सेयर बजारबाट पनि केहि फाइदा हुने देखिन्छ । कुनै काम शुरू गरेर अड्किएको छ भने कामले गति लिने छ । साताको उत्तरार्धमा स्वास्थ्यमा सामान्य समस्या देखिए पनि विद्वान् व्यक्तिको संगतले मन प्रफुल्लित हुनेछ । शैक्षिक प्रगति उत्तम देखिन्छ । सन्तान वा भाइ बहिनिको साथ, सहयोग र सल्लाहले सोचे आँटेको काम बन्ने छ । यस हप्तालाई सफल र ऊर्जाशील बनाउन वासुदेव भगवानको आराधना गर्नु होला ।
कर्कट राशि- ह, हु, हे, हो, डा, डि, डु, डे, डो
यो साता शुभ रहेको छ । साताको पूर्वार्धमा अन्न बालीबाट आम्दानी हुनेछ । तपाईंको सुन्दरताले अरूको मन लोभ्याउनेछ । नयाँ कामको जिम्मेवारीले मन फुरुङ्ङ हुनेछ । साताको मध्यतिर जग्गा जमिनका विषयमा सामान्य विवाद हुनसक्छ सचेत रहनु होला । आर्थिक लाभ सामान्य रहने छ । साताको उत्तरार्धमा कामको प्रशंसा पाइने छ । आर्थिक पक्ष सबल देखिन्छ भने परिवारसँग घुम्न जाने अवसर समेत मिल्नेछ । शैक्षिक प्रगति मध्यम देखिन्छ । कुल कुटुम्बको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ । यस हप्तालाई सफल र उर्जाशील बनाउन सरस्वती माताको आराधना गर्नुहोला ।
सिंह राशि- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
यो साता राम्रो रहेको छ । साताको पूर्वार्धमा मनमा कुविचार आउनाले केही झन्झट व्येहोर्नु पर्ने तथा धनराशि समेत खर्च हुने देखिन्छ । तर वैदेशिक काम र यात्रामा भने सफलता हात पर्ने छ । साताको मध्यतिर नसोचेको ठाउँबाट धन लाभ हुनाले मन प्रसन्न हुने छ । कृषिबाट पनि लाभ प्राप्त गर्न सकिनेछ । साताको उत्तरार्धमा कर्म क्षेत्रमा कामको प्रशंसा पाइनाले मन खुसी हुनेछ साथै केही शुभ समाचार समेत सुन्न पाइनेछ । शैक्षिक प्रगति मध्यम देखिन्छ । दिदी बहिनीको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ । यस हप्तालाई अझ उत्तम र उर्जाशील बनाउन सूर्य देवको आराधना गर्नु होला ।
कन्या राशि- टो, प, पी, पू, ष, ण, ठ, पे, पो
यो साता सामान्य रहेको छ । साताको पूर्वार्धमा आयका नयाँ नयाँ स्रोतहरू फेला पर्नेछन्। आम्दानी पनि राम्रो हुने छ । सामान हराउने योग परेकाले सुरक्षामा विशेष ध्यान दिनु होला । साताको मध्यतिर स्वास्थ्यमा समस्या देखिएका कारण खर्च बढ्नेछ । साताको उत्तरार्धमा स्वास्थ्यमा सुधार हुदै जाँदा मनोबल उच्च हुने छ । काम गर्ने जोस जाँगर बढ्ने छ । अध्ययन अध्यापनमा समेत रुचि बढ्ने छ । छोटो दूरीको रमणीय यात्राले खुसी मिल्ने छ । शैक्षिक प्रगति राम्रो देखिन्छ । टाढाका आफन्तको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ । यस हप्तालाई सफल र उर्जाशील बनाउन लक्ष्मीनारायणको आराधना गर्नुहोला ।
तुला राशि- रा, री, रू, रे, रो, ता, ती, तु, ते
यो साता सामान्य रहेको छ । साताको पूर्वार्धमा कार्यक्षेत्रमा प्रशंसा पाइनुको साथै शुभ समाचार समेत सुन्नाले मन प्रसन्न हुनेछ । आफूमा लुकेको कला देखाउने अवसर मिल्नेछ । साताको मध्यतिर नसोचेको स्रोतबाट नगद रकम प्राप्त हुने देखिन्छ । सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ । साताको उत्तरार्धमा परिवारको स्वास्थ्यमा समस्या देखिएका कारण खर्च बढ्ने छ । वैदेशिक कामबाट भने केही लाभ हुनेछ । शैक्षिक प्रगति मध्यम देखिन्छ । माता पिता वा गुरुको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ । यस हप्तालाई सफल र उर्जाशील बनाउन महालक्ष्मीको आराधना गर्नुहोला ।
वृश्चिक राशि- तो, ना, नि, नू, ने, नो, या, यि, यू
यो साता सामान्य रहेको छ । साताको पूर्वार्धमा मान सम्मान सहितको यात्रा हुने देखिन्छ । सरकारी काम भने सोचे अनुसार नहुनु सक्छ । साताको मध्यतिर साथीहरूसँगको रमाइलो भेटघाट र खान पिनले मन हर्षित हुने छ । स्वास्थ्यमा समस्या देखिन सक्छ सचेत रहनुहोला । साताको उत्तरार्धमा आयमा बढोत्तरी भए पनि खर्च मनग्य हुनेछ । शैक्षिक प्रगति राम्रो देखिन्छ । विदेशमा रहेका साथी तथा आफन्तको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ । यस हप्तालाई सफल र उर्जाशील बनाउन बजरंगवली हनुमानको आराधना गर्नुहोला ।
धनु राशि-ये,यो,भा,भी,भु,ध ,फा,ढ,भे
यो साता विचारणीय रहेको छ । साताको पूर्वार्धमा आलस्यताले जरा गाड्नेछ । अस्वस्थताका कारण काममा समेत बाधा पर्न सक्छ । साताको मध्यतिर सरकारी काममा समस्या खेप्नु परे पनि कामको कदर हुनेछ । सामाजिक र नयाँ कामबाट सफलता हात पर्ने छ । साताको उत्तरार्धमा मन मिल्ने साथीसँगको स्मरणीय यात्राले खुसी मिल्नेछ । सेयर बजारबाट केही फाइदा हुने देखिन्छ । शैक्षिक प्रगति मध्यम देखिन्छ । आफ्नै वाणीको प्रभावले सोचे आँटेको काम बन्नेछ । यस हप्तालाई सफल र उर्जाशील बनाउन शेषशायी विष्णु भगवानको आराधना गर्नुहोला ।
मकर राशि- भो, जा, जी, जू, जे, जो, ख, खि, खु, खे, खो, गा, गी
यो साता मध्यम रहेको छ । साताको पूर्वार्धमा धन आगमन हुने छ । मनमिल्ने साथीसँगको सुमधुर साथले दिन रमाइलो बन्नेछ । साताको मध्यतिर कार्यक्षेत्रमा कामको व्यस्तताले परिवारका लागि समय व्यवस्थापन गर्न असहज हुने देखिन्छ । खानपान र यात्रामा विशेष ख्याल गर्नु होला । । साताको उत्तरार्धमा सरकारी क्षेत्रमा केही अप्ठ्यारो सामना गर्नु परे पनि धार्मिक तथा सामाजिक क्षेत्रमा मान सम्मान पाइने छ । विशिष्ट व्यक्तिको आशीर्वाद प्राप्त हुने छ । शैक्षिक प्रगति मध्यम देखिन्छ । मनोवल उच्च राखेर काम गर्दा सोचे आँटेको काम बन्ने छ । यस हप्तालाई सफल र उर्जाशील बनाउन शनिदेवको आराधना गर्नुहोला ।
कुम्भ राशि- गु, गे, गो, सा, सी, सु, से, सो, द
यो साता विचारणीय रहेको छ । साताको पूर्वार्धमा आर्थिक कारोबार फस्टाएर गए पनि आम्दानी र खर्च बराबरी नै हुनेछ । शत्रु पक्ष भने सलबलाउने देखिन्छन्। साताको मध्यतिर मिल्ने साथी सँगको रमाइलो भेटघाटले मनमा खुसी र उमंग बढ्नेछ । कुनै साझेदारी काम गरिरहनु भएको छ भने कामले गति लिने देखिन्छ । सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ । साताको उत्तरार्धमा केहि शारीरिक समस्याले सताउने सम्भावना भएकोले खानपान र यात्रामा सजग रहनुहोला । शैक्षिक प्रगति मध्यम देखिन्छ । गुरु वा मान्यजनको साथ र सल्लाहले सोचे आँटेको काममा सहयोग पुग्नेछ । यस हप्तालाई सफल र उर्जाशील बनाउन वटुक भैरवको आराधना गर्नुहोला ।
मीन राशि- दी, दू, थ, झ, ञ, दे, दो, च, ची
यो साता मध्यम प्रकृतिको रहेको छ । साताको पूर्वार्धमा सन्तानका बाटाबाट शुभ समाचारहरू प्राप्त गर्न पाइनेछ तर आफ्नो कार्यमा केही बाधा अड्कन बेहोर्नु पर्ने छ । । साताको मध्यतिर दैनिक कामकाज सामान्य हुनेछ भने आयका नयाँ स्रोतहरू फेला पर्ने छन्। साताको उत्तरार्ध तपाईंका लागि अलि कष्टकर देखिन्छ । स्वास्थ्यमा केहि समस्या आउन सक्छ सचेत रहनु होला । शैक्षिक प्रगति राम्रो साथै गहिरो अध्ययन अनुसन्धानमा मन लाग्ने देखिन्छ । श्रीमान्/ श्रीमती/ पार्टनरको सहयोगले सोचे आँटेको काम बन्नेछ । यस हप्तालाई सफल र उर्जाशील बनाउन गुरु बृहस्पतिको आराधना गर्नु होला । धन्यवाद
परामर्शका लागि- श्री ज्योतिष तथा परामर्श केन्द्र, इटहरी सुनसरी, कोशी प्रदेश नेपाल सम्पर्क नम्बर- ९८४९७७०७९९ What’s app no- 9849770799 Email [email protected]/ [email protected]