सम्पूर्णमा शुभ भाव प्रकट गर्दै मिति २०८० साल आश्विन २१ गते आइतवार देखि २७ गते शनिवार सम्मको राशिफल पस्किएकी छु, यहाँहरूको यो साता मंगलमय बनोस्।
- ज्यो. श्री सृजना तिम्सिना
मेष राशि- चु, चे, चो, ला, लि, लु, ले, लो,
यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा गरेको कामबाट मान सम्मान प्राप्त हुनेछ। कामको धमाधमले स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला। साताको मध्यतिर आर्थिक कारोबार फस्टाउने छ। संगित साधनामा मनमा लाग्ने छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा नसोचेको ठाउँबाट धन प्राप्त हुने छ भने मन मिल्ने साथीको साथले दिन रमाइलो बन्नेछ। शैक्षिक प्रगति राम्रो देखिन्छ। मावलीको साथ सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन शिव-पार्वतीको आराधना गर्नु होला।
वृष राशि- इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा मुहारमा कान्ति छाउनुको साथै काम गर्ने जोस र जाँगर बढ्ने छ। आर्थिक पक्ष सबल देखिन्छ। साताको मध्यतिर ठूला व्यक्तिको प्रशंसाले मन हर्षित हुनेछ। स्वास्थ्यमा भने सामान्य समस्या देखिनेछ सचेत रहनुहोला। साताको उत्तरार्धमा दैनिक कामकाजमा सामान्य उतार चडावको सामना गर्नु परे पनि रमणीय यात्राको अवसरले अन्ततः खुसी प्राप्त हुनेछ। शैक्षिक प्रगति राम्रो देखिन्छ। आमाको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन पार्वती माताको आराधना गर्नु होला।
मिथुन राशि- क, कि, कु, घ, ङ, छ, के, को, ह
यो साता उत्तम रहेको छ। साताको पूर्वार्धमा काम गर्ने जोस र जाँगर बढ्ने छ। तपाईंको मिठास बोलीको प्रशंसाले मन प्रसन्न हुनेछ। साताको मध्यतिर आर्थिक लाभ प्राप्त हुनेछ। सेयर बजारबाट पनि केहि फाइदा हुने देखिन्छ। कुनै काम शुरू गरेर अड्किएको छ भने कामले गति लिनेछ। साताको उत्तरार्धमा स्वास्थ्यमा सामान्य समस्या देखिए पनि विद्वान् व्यक्तिको संगतले मन प्रफुल्लित हुनेछ। शैक्षिक प्रगति उत्तम देखिन्छ। सन्तान वा भाइ बहिनिको साथ, सहयोग र सल्लाहले सोचे आँटेको काम बन्नेछ। यस हप्तालाई सफल र ऊर्जाशिल बनाउन वासुदेव भगवानको आराधना गर्नु होला।
कर्कट राशि- ह, हु, हे, हो, डा, डि, डु, डे, डो
यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा अन्न बालीबाट आम्दानी हुनेछ। तपाईंको सुन्दरताले अरूको मन लोभ्याउनेछ। नयाँ कामको जिम्मेवारीले मन फुरुङ्ङ हुनेछ। साताको मध्यतिर जग्गा जमिनका विषयमा सामान्य विवाद हुनसक्छ सचेत रहनुहोला। आर्थिक लाभ सामान्य रहनेछ। साताको उत्तरार्धमा कामको प्रशंसा पाइनेछ। आर्थिक पक्ष सबल देखिन्छ भने परिवारसँग घुम्न जाने अवसर समेत मिल्नेछ। शैक्षिक प्रगति मध्यम देखिन्छ । कुल कुटुम्बको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्नेछ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन सरस्वती माताको आराधना गर्नुहोला।
सिंह राशि- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
यो साता राम्रो रहेको छ। साताको पूर्वार्धमा मनमा कुविचार आउनाले केही झन्झट व्येहोर्नु पर्ने तथा धनराशि समेत खर्च हुने देखिन्छ। तर वैदेशिक काम र यात्रामा भने सफलता हात पर्ने छ। साताको मध्यतिर नसोचेको ठाउँबाट धन लाभ हुनाले मन प्रसन्न हुनेछ। कृषिबाट पनि लाभ प्राप्त गर्न सकिनेछ। साताको उत्तरार्धमा कर्म क्षेत्रमा कामको प्रशंसा पाइनाले मन खुसी हुनेछ साथै केही शुभ समाचार समेत सुन्न पाइनेछ। शैक्षिक प्रगति मध्यम देखिन्छ। दिदी बहिनीको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्नेछ। यस हप्तालाई अझ उत्तम र उर्जाशिल बनाउन सूर्य देवको आराधना गर्नु होला।
कन्या राशि- टो, प, पी, पू, ष, ण, ठ, पे, पो
यो साता सामान्य रहेको छ। साताको पूर्वार्धमा आयका नयाँ नयाँ स्रोतहरू फेला पर्नेछन्। आम्दानी पनि राम्रो हुनेछ। सामान हराउने योग परेकाले सुरक्षामा विशेष ध्यान दिनुहोला। साताको मध्यतिर स्वास्थ्यमा समस्या देखिएका कारण खर्च बढ्नेछ। साताको उत्तरार्धमा स्वास्थ्यमा सुधार हुदै जाँदा मनोबल उच्च हुनेछ। काम गर्ने जोस जाँगर बढ्नेछ। अध्ययन अध्यापनमा समेत रुचि बढ्नेछ। छोटो दूरीको रमणीय यात्राले खुसी मिल्नेछ। शैक्षिक प्रगति राम्रो देखिन्छ। टाढाका आफन्तको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्नेछ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन लक्ष्मीनारायणको आराधना गर्नुहोला।
तुला राशि- रा, री, रू, रे, रो, ता, ती, तु, ते
यो साता सामान्य रहेको छ। साताको पूर्वार्धमा कार्यक्षेत्रमा प्रशंसा पाइनुको साथै शुभ समाचार समेत सुन्नाले मन प्रसन्न हुनेछ। आफूमा लुकेको कला देखाउने अवसर मिल्ने छ। साताको मध्यतिर नसोचेको स्रोतबाट नगद रकम प्राप्त हुने देखिन्छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा परिवारको स्वास्थ्यमा समस्या देखिएका कारण खर्च बढ्ने छ। वैदेशिक कामबाट भने केही लाभ हुने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। माता पिता वा गुरुको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन महालक्ष्मीको आराधना गर्नु होला।
वृश्चिक राशि- तो, ना, नि, नू, ने, नो, या, यि, यू
यो साता सामान्य रहेको छ। साताको पूर्वार्धमा मान सम्मान सहितको यात्रा हुने देखिन्छ। सरकारी काम भने सोचे अनुसार नहुनु सक्छ। साताको मध्यतिर साथीहरूसँगको रमाइलो भेटघाट र खान पिनले मन हर्षित हुनेछ। स्वास्थ्यमा समस्या देखिन सक्छ सचेत रहनुहोला। साताको उत्तरार्धमा आयमा बढोत्तरी भए पनि खर्च मनग्य हुनेछ। शैक्षिक प्रगति राम्रो देखिन्छ। विदेशमा रहेका साथी तथा आफन्तको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्नेछ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन बजरंगवली हनुमानको आराधना गर्नुहोला।
धनु राशि- ये, यो, भा, भी, भू, ध, फा, ढ, भे
यो साता विचारणीय रहेको छ। साताको पूर्वार्धमा आलस्यताले जरा गाड्नेछ। अस्वस्थताका कारण काममा समेत बाधा पर्नसक्छ। साताको मध्यतिर सरकारी काममा समस्या खेप्नु परे पनि कामको कदर हुनेछ। सामाजिक र नयाँ कामबाट सफलता हात पर्नेछ। साताको उत्तरार्धमा मन मिल्ने साथीसँगको स्मरणीय यात्राले खुसी मिल्नेछ। सेयर बजारबाट केही फाइदा हुने देखिन्छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। आफ्नै वाणीको प्रभावले सोचे आँटेको काम बन्नेछ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन शेषशायी विष्णु भगवानको आराधना गर्नुहोला।
मकर राशि- भो, जा, जी, जू, जे, जो, ख, खि, खु, खे, खो, गा, गी
यो साता मध्यम रहेको छ। साताको पूर्वार्धमा धन आगमन हुनेछ। मनमिल्ने साथीसँगको सुमधुर साथले दिन रमाइलो बन्नेछ। साताको मध्यतिर कार्यक्षेत्रमा कामको व्यस्तताले परिवारका लागि समय व्यवस्थापन गर्न असहज हुने देखिन्छ। खानपान र यात्रामा विशेष ख्याल गर्नुहोला। । साताको उत्तरार्धमा सरकारी क्षेत्रमा केही अप्ठ्यारो सामना गर्नु परे पनि धार्मिक तथा सामाजिक क्षेत्रमा मान सम्मान पाइनेछ। विशिष्ट व्यक्तिको आशीर्वाद प्राप्त हुनेछ। शैक्षिक प्रगति मध्यम देखिन्छ। मनोवल उच्च राखेर काम गर्दा सोचे आँटेको काम बन्नेछ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन शनिदेवको आराधना गर्नुहोला।
कुम्भ राशि- गु, गे, गो, सा, सी, सु, से, सो, द
यो साता विचारणीय रहेको छ। साताको पूर्वार्धमा आर्थिक कारोबार फस्टाएर गए पनि आम्दानी र खर्च बराबरी नै हुनेछ। शत्रु पक्ष भने सलबलाउने देखिन्छन्। साताको मध्यतिर मिल्ने साथीसँगको रमाइलो भेटघाटले मनमा खुसी र उमंग बढ्नेछ। कुनै साझेदारी काम गरिरहनु भएको छ भने कामले गति लिने देखिन्छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा केहि शारीरिक समस्याले सताउने सम्भावना भएकोले खानपान र यात्रामा सजग रहनुहोला। शैक्षिक प्रगति मध्यम देखिन्छ। गुरु वा मान्यजनको साथ र सल्लाहले सोचे आँटेको काममा सहयोग पुग्नेछ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन वटुक भैरवको आराधना गर्नुहोला।
मीन राशि- दी, दू, थ, झ, ञ, दे, दो, च, ची
यो साता मध्यम प्रकृतिको रहेको छ। साताको पूर्वार्धमा सन्तानका बाटाबाट शुभ समाचारहरू प्राप्त गर्न पाइनेछ तर आफ्नो कार्यमा केही बाधा अड्कन बेहोर्नु पर्नेछ। । साताको मध्यतिर दैनिक कामकाज सामान्य हुनेछ भने आयका नयाँ स्रोतहरू फेला पर्नेछन्। साताको उत्तरार्ध तपाईंका लागि अलि कष्टकर रहनेछ। शैक्षिक प्रगति राम्रो साथै गहिरो अध्ययन अनुसन्धानमा मन लाग्ने देखिन्छ। श्रीमान्/ श्रीमती/ पार्टनरको सहयोगले सोचे आँटेको काम बन्नेछ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन गुरु बृहस्पतिको आराधना गर्नुहोला।धन्यवाद
परामर्शका लागि- श्री ज्योतिष तथा परामर्श केन्द्र, इटहरी सुनसरी, कोशी प्रदेश नेपाल सम्पर्क नम्बर- ९८४९७७०७९९ What’s app no- 9849770799 Email [email protected]/ [email protected]