घरेलु हिंसा तथा बालबालिका अपहरणको विषयमा बन्दैगरेको फिल्म ‘अञ्जली’ आउँदो मङ्सिरमा दर्शक माझ आउने भएको छ । दिनेश लिङ्देनको कथामा बन्दैगरेको उक्त फिल्मको निर्देश पनि दिनेश स्वयम्ले गरिरहेका छन् । उक्त फिल्मका लागि हाल राजधानीका विभिन्न स्थानमा छायाङ्कन भइरहेको छ ।
फिल्ममा दिक्पाल कार्की, एलिना बाँस्कोटा, विमला खजुम लिम्बू, हाङ चेम्जोङ, यासेली योङहाङ, विमला गिरी, शर्मिला शर्मा, नरेश वनेम, सागर केरुङ, विशाल सेनेहाङ, दिविसा सापकोटा, जनक कार्की, नन्दु तुम्बापो, अजय खड्का, दिनेश माङमु, पुन्य ओझा, माइकल तुम्बापो, बिमल ढुंगेल, दावा शेर्पा, प्रेम आले मगरलगायतका कलाकारको अभिनय छ ।
कविता राई लिङ्देन, मणि ताम्लिङ र राम दाहाल निर्माता रहेको उक्त फिल्म फाल्गुनन्द लिङ्देन फिल्मस्को ब्यानरमा बनिरहेको छ। फिल्मलाई सुशील अधिकारीले खिच्दै छन् । दिनेश माङ्मुको नृत्य निर्देशन रहेको फिल्ममा पुन्य ओझाको द्वन्द्व निर्देशन छ ।