सम्पूर्णमा शुभ भाव प्रकट गर्दै मिति २०८० साल आश्विन ७ गते आइतवार देखि आश्विन १३ गते शनिवार सम्मको राशिफल पस्किएकी छु, यहाँहरूको यो साता मंगलमय बनोस्। - ज्यो. सृजना तिम्सिना
मेष राशि- चु, चे, चो, ला, लि, लु, ले, लो,
मेष राशि हुनेहरूका लागि यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा बौधिक कार्यमा सफलताको साथै मान सम्मान समेत प्राप्त हुने देखिन्छ। साताको मध्यतिर मनग्य आर्थिक लाभ प्राप्त हुने छ। साथीहरूसँगको रमाइलो भेटघाट र खान पिनले मन हर्षित हुने छ। स्वास्थ्यमा समस्या देखिन सक्छ, सचेत रहनुहोला। साताको उत्तरार्धमा आय बढे पनि खर्च मनग्य हुनेछ। शैक्षिक प्रगति राम्रो देखिन्छ। विदेशमा रहेका साथी तथा आफन्तको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन गणेश भगवानको स्मरण गर्नु होला।
वृष राशि- इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
वृष राशि हुनेहरूका लागि यो साता मध्यम रहेको छ। साताको पूर्वार्धमा आलस्यताले जरा गाड्ने छ। आलस्यताका कारण काममा समेत बाधा पर्नसक्छ, सचेत रहनुहोला। साताको मध्यतिर बिस्तारै स्फूर्ति बढ्दै जाने छ। सामाजिक र धार्मिक कार्यमा मन लाग्ने छ। सरकारी काममा भने केही समस्या खेप्नु पर्ने देख्निन्छ, होस पुर्याउनु होला। साताको उत्तरार्धमा आयका नयाँ स्रोतहरू फेला पर्ने छन्। मन मिल्ने साथीसँगको स्मरणीय यात्राले खुसी मिल्ने छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। आफ्नै बाणीको प्रभाबले सोचे आटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन सरस्वती माताको स्मरण गर्नु होला।
मिथुन राशि- क, कि, कु, घ, ङ, छ, के, को, ह
मिथुन राशि हुनेहरूका लागि यो साता मध्यम रहेको छ। साताको पूर्वार्धमा नसोचेको ठाउँबाट नगद प्राप्त हुने देखिन्छ। साताको मध्यतिर भने मनमा अशान्ति तथा शरीरमा पिडाको महसुस हुनेछ, खानपान र यात्रामा विशेष ख्याल गर्नु होला। । साताको उत्तरार्धमा सरकारी क्षेत्रमा केही अप्ठ्यारो सामना गर्नु परे पनि धार्मिक तथा सामाजिक क्षेत्रमा मान सम्मान पाइने छ। कर्म क्षेत्रमा कामको प्रशंसाले खुसी मिल्ने छ। पनि शैक्षिक प्रगति मध्यम देखिन्छ। मनोबल उच्च राखेर काम गर्दा सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन वासुदेव भगवानको स्मरण गर्नु होला।
कर्कट राशि- ह, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्कट राशि हुनेहरूका लागि यो साता सामान्य रहेको छ। साताको पूर्वार्धमा आर्थिक कारोबार फस्टाएर गए पनि आम्दानी र खर्च बराबरी नै हुनेछ। शत्रु पक्ष भने सलबलाउने देखिन्छन्। साताको मध्यतिर मिल्ने साथी सँगको रमाइलो भेटघाटले मनमा खुसी र उमंग बढ्नेछ। कुनै साझेदारी काम गरिरहनु भएको छ भने कामले गति लिने देखिन्छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा केहि शारीरिक समस्याले सताउने सम्भावना भएकोले खानपान र यात्रामा सजग रहनुहोला। शैक्षिक प्रगति मध्यम देखिन्छ। गुरु वा मान्यजनको साथ र सल्लाहले सोचे आँटेको काममा सहयोग पुग्नेछ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन महादेवीको स्मरण गर्नु होला।
सिंह राशि- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सिंह राशि हुनेहरूका लागि यो साता मध्यम रहेको छ। साताको पूर्वार्धमा सन्तानका बाटाबाट शुभ समाचारहरू प्राप्त गर्न पाइनेछ तर आफ्नो कार्यमा भने केही बाधा अड्कन बेहोर्नु पर्ने छ। । साताको मध्यतिर दैनिक कामकाज सामान्य हुनेछ। आयका नयाँ स्रोतहरू फेला पर्ने छन्। साताको उत्तरार्ध तपाईंका लागि अलि कष्टकर रहनेछ, खानपान र यात्रामा विचार पुर्याउनु होला। शैक्षिक प्रगति राम्रो साथै गहिरो अध्ययन अनुसन्धानमा मन लाग्ने देखिन्छ। पार्टनरको सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन श्री कृष्ण भगवानको स्मरण गर्नु होला।
कन्या राशि- टो, प, पी, पू, ष, ण, ठ, पे, पो
कन्या राशि हुनेहरूका लागि यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा नसोचेको मान सम्मान प्राप्त हुनेछ। कामको धमाधमले स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला। साताको मध्यतिर आर्थिक कारोबार फस्टाउने छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा साथी वा पार्टनरसँगको सुमधुर साथले दिन प्रेमिल बन्नेछ। शैक्षिक प्रगति राम्रो देखिन्छ। मावलीको साथ सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन लक्ष्मीनारायणको स्मरण गर्नु होला।
तुला राशि- रा, री, रू, रे, रो, ता, ती, तु, ते
तुला राशि हुनेहरूका लागि यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा मुहारमा कान्ति छाउँनुको साथै काम गर्ने जोस र जाँगर बढ्ने छ। शत्रु पक्ष विचार गरेर काम गर्न सके आर्थीक पक्ष सवल रहनेछ। साताको मध्यतिर ठूला व्यक्तिको प्रशंसाले मन हर्षित हुनेछ। स्वास्थ्यमा भने सामान्य समस्या देखिनेछ, सचेत रहनुहोला। साताको उत्तरार्धमा दैनिक कामकाजमा सामान्य उतार चडावको सामना गर्नु परे पनि रमणीय यात्राको अवसरले अन्ततः खुसी प्राप्त हुनेछ। शैक्षिक प्रगति राम्रो देखिन्छ। आमाको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन पार्वती माताको स्मरण गर्नु होला।
वृश्चिक राशि- तो, ना, नि, नू, ने, नो, या, यि, यू
वृश्चिक राशि हुनेहरूका लागि यो साता सामान्य रहेको छ। साताको पूर्वार्धमा काम गर्ने जोस र जाँगर बढ्ने छ। दैनिक आर्थिक कारोबारमा भने त्यति राम्रो देखिँदैन। साताको मध्य देखि आर्थिक कारोबार फस्टाउँदै जानेछ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा सन्तान सुख प्राप्त हुने छ। स्वास्थ्यमा सामान्य समस्या देखिए पनि विद्वान् व्यक्तिको संगतले मन प्रफुल्लित हुनेछ।। शैक्षिक प्रगति उत्तम देखिन्छ। सन्तान वा भाइ बहिनिको साथ, सहयोग र सल्लाहले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन वजरंगवली हनुमानको स्मरण गर्नु होला।
धनु राशि- ये, यो, भा, भी, भू, ध, फा, ढ, भे
धनु राशि हुनेहरूका लागि यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा अन्न बालीबाट आम्दानी हुने देखिन्छ। तपाईंको सुन्दर पहिरनले अरूको मन लोभ्याउने छ। साताको मध्यतिर पैत्रिक सम्पत्तिमा केहि अप्ठ्यारो व्येहोर्नु परे पनि मिष्टान्न भोजन प्राप्तिले खुसी मिल्ने छ। सेयर बजारबाट फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा गरेको कामबाट सन्तुष्टी मिल्ने साथै प्रशंसा समेत पाइने छ। परिवारसँग घुम्न जाने अवसर पनि मिल्ने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। कुल कुटुम्बको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउन विष्णु भगवानको स्मरण गर्नु होला।
मकर राशि- भो, जा, जी, जू, जे, जो, ख, खि, खु, खे, खो, गा, गी
मकर राशि हुनेहरूका लागि यो साता सामान्य रहेको छ। साताको पूर्वार्धमा मनमा कुविचार आउनाले केही झन्झट व्येहोर्नु पर्ने तथा खर्च समेत वृद्धि हुने देखिन्छ। । साताको मध्यतिर नसोचेको ठाँउबाट धनलाभ हुनाले मन प्रसन्न हुने छ। कृषिबाट पनि लाभ प्राप्त गर्न सकिनेछ। साताको उत्तरार्धमा कर्म क्षेत्रमा कामको प्रशंसा पाइनाले मन खुसी हुनेछ साथै केही शुभ समाचार समेत सुन्न पाइनेछ। शैक्षिक प्रगति मध्यम देखिन्छ। दिदी बहिनीको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई अझ उत्तम र उर्जाशिल बनाउँन दुर्गा भगवतीको स्मरण गर्नु होला।
कुम्भ राशि- गु, गे, गो, सा, सी, सु, से, सो, द
कुम्भ राशि हुनेहरूका लागि यो साता सामान्य रहेको छ। साताको पूर्वार्धमा आयका नयाँ नयाँ स्रोतहरू फेला पर्ने छन्। आम्दानी पनि राम्रो हुने छ। साताको मध्यतिर स्वास्थ्यमा समस्या देखिएका कारण खर्च बढ्ने छ। साताको उत्तरार्धमा स्वास्थ्यमा सुधार हुँदै जाँदा मनोबल उच्च हुने छ भने काम गर्ने जोस जाँगर बढ्ने छ। छोटो दूरीको रमणीय यात्राले खुसी मिल्ने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। टाढाका आफन्तको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन शिव भगवानको स्मरण गर्नु होला।
मीन राशि- दी, दू, थ, झ, ञ, दे, दो, च, ची
मीन राशि हुनेहरूका लागि यो साता मध्यम रहेको छ। साताको पूर्वार्धमा कार्यक्षेत्रमा प्रशंसा पाउनुको साथै शुभ समाचार समेत सुन्नाले मन प्रसन्न हुनेछ। साताको मध्यतिर नसोचेको स्रोतबाट नगद रकम प्राप्त हुने देखिन्छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा परिवारको स्वास्थ्यमा समस्या देखिएका कारण खर्च बढ्ने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। माता पिताको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन शेषशायी विष्णु भगवानको स्मरण गर्नु होला।
धन्यवाद
परामर्शका लागि- श्री ज्योतिष तथा परामर्श केन्द्र, इटहरी सुनसरी, कोशी प्रदेश नेपाल
सम्पर्क नम्बर- ९८४९७७०७९९
What’s app no- 9849770799
Email [email protected]/ [email protected]