न्याय सेवाका एक सचिव, २ सहसचिव स्तरका कर्मचारी, १८ जिल्ला न्यायाधीश र ६ अधिवक्ता गरी २७ जनालाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गर्न प्रधानन्यायाधीशलाई सिफारिस गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको न्यायपरिषद बैठकले उच्च अदालतमा नियुक्तिको निर्णय लिएको हो ।
सचिवस्तरबाट नायव महान्यायाधिवक्ता तथा हाल बेपत्ता छानबिन समितिका सचिव रहेका श्यामकुमार भट्टराईलाई १ नम्बर राखी न्यायपरिषदले सिफारिस गरेको हो । सिफारिस हुने अन्यमा जिल्ाल न्यायाधीशहरु राधाकृष्ण उप्रेती, हरिश्चन्द्र ढुंगाना, धनसिं महरा, ब्रजेश प्याकुरेल, ऋषिराम निरौला, चन्द्रमणि ज्ञवाली, राजुकुमार खतिवडा (काठमाडौंका १ नं. न्यायाधीश), योगेन्द्र प्रसाद साह, खडानन्द तिवारी, कविप्रसाद न्यौपाने, प्रकाश खरेल, कृष्णराम कोइराला, स्वीकृति पराजुली, काजी बहादुर राई, रितेन्द्र थापा, मोहनराज भट्टराई, अर्जुन अधिकारी, विनोदकुमार पोखरेल छन् ।
सर्वोच्च अदालतका सहरजिष्ट्रार नारायणप्रसाद रेग्मी र कानुन मन्त्रालयका सहसचिव सुशील कोइराला पनि उच्च अदालतको न्यायाधीशमा छानिएका छन् । ६ जना कानुन व्यवसायीबाट पर्नेमा अच्युतमकुमार आचार्य, गोविन्द जोशी, पुण्यशीला दवाडी घिमिरे, पूर्णप्रसाद राजवंशी, यज्ञबहादुर राना मगर र अर्जुन महर्जन छन् ।
परिषदको आजै बसेको बैठकले उच्च अदालतका ६० जना न्यायाधीशलाई सरुवा गरेको छ ।