हालसम्म मुलकुभरका १५ वटा सहकारी संस्था समस्याग्रस्त घोषित भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज थप दुईवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेपछि समस्याग्रस्त सहकारी संख्या १५ पुगेको हो । मन्त्रालयले आज भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र मोरङ विराटनगरको तुलसी बुहुमुखी सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको हो ।
यसअघि मन्त्रालयले स्टाण्डर्ड सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, प्यासिफिक सेभिङ् एण्ड इन्भेष्टमेण्ट को–अपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कोहिनुर हिल सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, कन्जुमर बचत तथा ऋण सरकारी संस्था लिमिटेड र कुवेर बचत तथा ऋण सरकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारीका रुपमा घोषणा गरेको थियो ।
त्यस्तै, चार्टर्ड सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, भेगास बचत तथा ऋण सरकारी संस्था लिमिटेड, स्टाण्डर्ड मल्टिपर्पोज को–अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लुःनिभा बहुद्देश्यीय सहकारी संस्था लिमिटेड, ओरेण्टल को–अपरेटिभ लिमिटेड र पशुपती सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड समस्याग्रस्त सहकारीका रुपमा घोषणा भइसकेका छन् ।
सहकारी ऐन, नियम, मूल्य, मान्यता विपरीतको कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको भन्दै मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले गरेको छानबीन पछि ती सहकारी संस्थाहरुलाई समस्याग्रस्त घोषणा गरिएको हो ।
समस्याग्रस्त सहकारीको सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी अब सहस्याग्रस्त सहरकारी व्यवस्थापन समितिले गर्नेछ ।