सम्पूर्णमा शुभ भाव प्रकट गर्दै मिति २०८० साल भाद्र १० गते आइतवार देखि भाद्र १६ गते शनिवार सम्मको राशिफल पस्किएकी छु, यहाँहरूको यो साता मंगलमय बनोस्।
- ज्यो. सृजना तिम्सिना
मेष राशि- चु, चे, चो, ला, लि, लु, ले, लो,
मेष राशि हुनेहरूका लागि यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा धार्मिक तथा सामाजिक कार्यमा मन जाने देखिन्छ। साताको मध्यतिर साथीहरूसँगको रमाइलो भेटघाट र खान पिनले मन हर्षित हुने छ। स्वास्थ्यमा भने समस्या देखिन सक्छ सचेत रहनुहोला। साताको उत्तरार्धमा आय बढे भए पनि खर्च मनग्य हुनेछ। शैक्षिक प्रगति मध्यम देखिन्छ। विदेशमा रहेका साथी तथा आफन्तको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशील बनाउन लक्ष्मीनारायणको आराधना गर्नु होला।
वृष राशि- इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
वृष राशि हुनेहरूका लागि यो साता विचारणीय रहेको छ। साताको पूर्वार्धमा नकारात्मक सोचका कारण शारीरिक स्वास्थ्यमा समेत बाधा पर्न सक्छ। साताको मध्यतिर कर्म क्षेत्रमा समस्या खेप्नु परे पनि कामको कदर हुनेछ।। साताको उत्तरार्धमा मन मिल्ने साथीसँगको स्मरणीय यात्राले खुसी मिल्ने छ। सेयर बजारबाट केहि फाइदा हुने देखिन्छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। सकारात्मक सोचेका साथ काम गरे आटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशील बनाउन पार्वती माताको आराधना गर्नु होला।
मिथुन राशि- क, कि, कु, घ, ङ, छ, के, को, ह
मिथुन राशि हुनेहरूका लागि यो साता मध्यम प्रकृतिको रहेको छ। साताको पूर्वार्धमा धन आगमनले मानसिक सुख शान्ति मिल्ने छ। साताको मध्यतिर फेरि मनमा अशान्ति तथा शरीरमा पीडाको महसुस हुनेछ। खानपान र यात्रामा विशेष ख्याल गर्नु होला। । साताको उत्तरार्धमा सरकारी क्षेत्रमा केही अप्ठ्यारो सामना गर्नु परे पनि धार्मिक तथा सामाजिक क्षेत्रमा मान सम्मान पाइने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। मनोबल उच्च राखेर काम गर्दा सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशील बनाउन महालक्ष्मी भगवतीको आराधना गर्नु होला।
कर्कट राशि- ह, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्कट राशि हुनेहरूका लागि यो साता मध्यम रहेको छ। साताको पूर्वार्धमा आर्थिक कारोबार राम्रो भए पनि आम्दानी र खर्च बराबरी नै हुनेछ। शत्रु पक्ष भने सलबलाउने देखिन्छन्। साताको मध्यतिर नसोचेको ठाँउबाट द्रव्य प्राप्तिको योग रहेको छ भने साझेदारी कार्यको शुभ समाचारले सुख मिल्ने छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा केहि शारीरिक समस्याले सताउने सम्भावना भएकाले खानपान र यात्रामा सजग रहनुहोला। शैक्षिक प्रगति मध्यम देखिन्छ। गुरु वा मान्यजनको साथ र सल्लाहले सोचे आँटेको काममा सहयोग पुग्नेछ। यस हप्तालाई सफल र उर्जाशील बनाउन सरस्वती माताको आराधना गर्नु होला।
सिंह राशि- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सिंह राशि हुनेहरूका लागि यो साता मध्यम प्रकृतिको रहेको छ। साताको पूर्वार्धमा सन्तान सुख प्राप्त हुने छ, तर आफ्नो कार्यमा केही बाधा अड्कन बेहोर्नु पर्ने छ। । साताको मध्मतिर दैनिक कामकाज सामान्य हुनेछ भने आयका नयाँ स्रोतहरू फेला पर्ने छन्। साताको उत्तरार्ध तपाईंका लागि अलि कस्टकर रहनेछ।। शैक्षिक प्रगति राम्रो साथै गहिरो अध्ययन अनुसन्धानमा मन लाग्ने देखिन्छ। श्रीमान्/ श्रीमती/ पार्टनर/ नजिकको मित्रको सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशील बनाउन सूर्य देवको आराधना गर्नु होला।
कन्या राशि- टो, प, पी, पू, ष, ण, ठ, पे, पो
कन्या राशि हुनेहरूका लागि यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा मानसम्मान प्राप्त हुनेछ। कामको धमाधमले स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला। साताको मध्यतिर आर्थिक कारोबार फस्टाउने छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा साथी वा पार्टनरसँगको सुमधुर साथले दिन प्रेमिल बन्नेछ। शैक्षिक प्रगति राम्रो देखिन्छ। आमाको साथ, सहयोग र सल्लाहले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशील बनाउन विष्णु भगवानको आराधना गर्नु होला।
तुला राशि- रा, री, रू, रे, रो, ता, ती, तु, ते
तुला राशि हुनेहरूका लागि यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा मुहारमा कान्ति छाउँनुको साथै काम गर्ने जोस र जाँगर बढ्ने छ। आर्थीक पक्ष सवल देखिन्छ। साताको मध्यतिर ठुला ब्यक्तिको प्रसंशाले मन हर्षित हुनेछ। स्वास्थ्यमा भने सामान्य समस्या देखिन सक्छ सचेत रहनुहोला। साताको उत्तरार्धमा दैनिक कामकाजमा सामान्य उतार चडावको सामना गर्नु परे पनि परिवारसँगको रमणीय यात्राको अवसरले अन्ततः खुसी प्राप्त हुनेछ। शैक्षिक प्रगति राम्रो देखिन्छ। मावलीको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशील बनाउन दुर्गा भवानीको आराधना गर्नु होला।
वृश्चिक राशि- तो, ना, नि, नू, ने, नो, या, यि, यू
वृश्चिक राशि हुनेहरूका लागि यो साता उत्तम रहेको छ। साताको पूर्वार्धमा काम गर्ने जोस र जाँगर बढ्ने छ। लगाएको अन्नबाली फस्टाएको देखेर मन प्रसन्न हुने छ। साताको मध्मतिर आर्थीक लाभ मनग्य हुने देखिन्छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा स्वास्थ्यमा सामान्य समस्या देखिए पनि विद्वान ब्यक्तिको संगतले मन प्रफुल्लित हुनेछ।। शैक्षिक प्रगति उत्तम देखिन्छ। सन्तान वा भाइ बहिनिको साथ, सहयोग र सल्लाहले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशील बनाउन गणेश भगवानको आराधना गर्नु होला।
धनु राशि- ये, यो, भा, भी, भू, ध, फा, ढ, भे
धनु राशि हुनेहरूका लागि यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा अन्न बालीबाट आम्दानी हुनेछ। तपाईंको सुन्दरता र विद्वताको प्रसम्शा हुने छ। साताको मध्यमतिर जग्गा जमिनका बिषयमा सामान्य विबाद भए पनि आत्मियजनसँगको भेटले खुसी प्राप्त हुनेछ। साताको उत्तरार्धमा कामको प्रसंशा पाइने छ। परिवारसँग घुम्न जाने अवसर समेत मिल्ने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। कुल कुटुम्बको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशील बनाउन शेषशायी विष्णु भगवानको आराधना गर्नु होला।
मकर राशि- भो, जा, जी, जू, जे, जो, ख, खि, खु, खे, खो, गा, गी
मकर राशि हुनेहरूका लागि यो साता मध्यम प्रकृतिको रहेको छ। साताको पूर्वार्धमा मानसिक तनावले केहि झन्झट व्येहोर्नु पर्ने तथा धनराशि समेत खर्च हुने देखिन्छ। । साताको मध्मतिर धनलाभ हुनाले मन प्रसन्न हुने छ। कृषिबाट पनि लाभ प्राप्त गर्न सकिनेछ। साताको उत्तरार्धमा कर्म क्षेत्रमा कामको प्रशंसा पाइनाले मन खुसी हुनेछ साथै केहि शुभ समाचार समेत सुन्न पाइनेछ। शैक्षिक प्रगति मध्यम देखिन्छ। दिदी बहिनीको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशील बनाउन शिव भगवानको आराधना गर्नु होला।
कुम्भ राशि- गु, गे, गो, सा, सी, सु, से, सो, द
कुम्भ राशि हुनेहरूका लागि यो साता सामान्य रहेको छ। साताको पूर्वार्धमा आयको नयाँ स्रोत फेला पर्ने छ। आम्दानी पनि राम्रो हुने छ। साताको मध्यतिर स्वास्थ्यमा समस्या देखिएका कारण खर्च बढ्ने छ। साताको उत्तरार्धमा स्वास्थ्यमा सुधार हुदै जादा मनोबल उच्च हुने छ। छोटो दूरीको रमणीय यात्राले खुसी मिल्ने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। टाढाका आफन्तको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशील बनाउन सीतारामको आराधना गर्नु होला।
मीन राशि- दी, दू, थ, झ, ञ, दे, दो, च, ची
मीन राशि हुनेहरूका लागि यो साता मध्यम प्रकृतिको रहेको छ। साताको पूर्वार्धमा कार्यक्षेत्रमा प्रशंसा पाउनुको साथै शुभ समाचार समेत सुन्नाले मन प्रसन्न हुनेछ। साताको मध्यतिर नसोचेको स्रोतबाट नगद रकम प्राप्त हुने छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा परिवारको स्वास्थ्यमा समस्या देखिएका कारण खर्च बढ्ने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। माता पिताको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशील बनाउन बालकृष्ण भगवानको आराधना गर्नु होला।