साप्ताहिक राशिफल
मिति २०८० साल भाद्र ३ गते आइतवार देखि भाद्र ९ गते शनिवार सम्मको राशिफल
मेष राशि- चु, चे, चो, ला, लि, लु, ले, लो,
मेष राशि हुनेहरूका लागि यो साता विचारणीय रहेको छ। साताको पूर्वार्धमा आर्थिक कारोबार फस्टाएर गए पनि आम्दानी र खर्च बराबरी नै हुनेछ। शत्रु पक्ष भने सलबलाउने देखिन्छन्। साताको मध्यतिर मिल्ने साथी सँगको रमाइलो भेटघाटले मनमा खुसी र उमंग बढ्नेछ। कुनै साझेदारी काम गरिरहनु भएको छ भने कामले गति लिने देखिन्छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा केहि शारीरिक समस्याले सताउने सम्भावना भएकाले खानपान र यात्रामा सजग रहनुहोला। शैक्षिक प्रगति मध्यम देखिन्छ। गुरु वा मान्यजनको साथ र सल्लाहले सोचे आँटेको काममा सहयोग पुग्नेछ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन ॐ अं अङ्गारकाय नमः मन्त्रको जप दिनको ११ पटक गर्नु होला।
वृष राशि- इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
वृष राशि हुनेहरूका लागि यो साता मध्यम प्रकृतिको रहेको छ। साताको पूर्वार्धमा सन्तानका बाटाबाट शुभ समाचारहरू प्राप्त गर्न पाइनेछ तर आफ्नो कार्यमा केही बाधा अड्कन बेहोर्नु पर्ने छ। । साताको मध्मतिर दैनिक कामकाज सामान्य हुनेछ भने आयका नयाँ स्रोतहरू फेला पर्ने छन्। साताको उत्तरार्ध तपाईंका लागि अलि कस्टकर रहनेछ।। शैक्षिक प्रगति राम्रो साथै गहिरो अध्ययन अनुसन्धानमा मन लाग्ने देखिन्छ। श्रीमान्/ श्रीमती/ पार्टनर/ नजिकको मित्रको सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन ॐ शुं शुक्राय नमः मन्त्रको जप दिनको ११ पटक गर्नु होला।
मिथुन राशि- क, कि, कु, घ, ङ, छ, के, को, ह
मिथुन राशि हुनेहरूका लागि यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा नसोचेको मानसम्मान प्राप्त हुनेछ। कामको धमाधमले स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला। साताको मध्यतिर आर्थिक कारोबार फस्टाउने छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा साथी वा पार्टनरसँगको सुमधुर साथले दिन प्रेमिल बन्नेछ। शैक्षिक प्रगति राम्रो देखिन्छ। मावलीको साथ सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन ॐ ह्रीं कीं केशवाय नमः मन्त्रको जप दिनको ९ पटक गर्नु होला।
कर्कट राशि- ह, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्कट राशि हुनेहरूका लागि यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा मुहारमा कान्ति छाउँनुको साथै काम गर्ने जोस र जाँगर बढ्ने छ। आर्थीक पक्ष सवल देखिन्छ। साताको मध्यतिर ठुला ब्यक्तिको प्रसंशाले मन हर्षित हुनेछ। स्वास्थ्यमा भने सामान्य समस्या देखिनेछ सचेत रहनुहोला। साताको उत्तरार्धमा दैनिक कामकाजमा सामान्य उतार चडावको सामना गर्नु परे पनि रमणीय यात्राको अवसरले अन्ततः खुसी प्राप्त हुनेछ। शैक्षिक प्रगति राम्रो देखिन्छ। आमाको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन ॐ सों सोमायनमः मन्त्रको जप दिनको २१ पटक गर्नु होला।
सिंह राशि- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सिंह राशि हुनेहरूका लागि यो साता उत्तम रहेको छ। साताको पूर्वार्धमा काम गर्ने जोस र जाँगर बढ्ने छ। लगाएको अन्नबाली फस्टाएको देखेर मन प्रसन्न हुने छ। साताको मध्मतिर आर्थीक लाभ हुने देखिन्छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा स्वास्थ्यमा सामान्य समस्या देखिए पनि विद्वान ब्यक्तिको संगतले मन प्रफुल्लित हुनेछ।। शैक्षिक प्रगति उत्तम देखिन्छ। सन्तान वा भाइ बहिनिको साथ, सहयोग र सल्लाहले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन ॐ घृणिः सूर्याय नमः मन्त्रको जप दिनको ११ पटक गर्नु होला।
कन्या राशि- टो, प, पी, पू, ष, ण, ठ, पे, पो
कन्या राशि हुनेहरूका लागि यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा अन्न बालीबाट आम्दानी हुनेछ। तपाईंको सुन्दर पहिरनले अरुको मन लोभ्याउने छ। साताको मध्यमतिर जग्गा जमिनका बिषयमा सामान्य विबाद भए पनि मिष्ठान्न भोजन प्राप्तिले खुसी प्राप्त हुनेछ। साताको उत्तरार्धमा कामको प्रसंशा पाइने छ। परिवारसँग घुम्न जाने अवसर पनि मिल्ने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। कुल कुटुम्बको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन ॐ बुं बुधायनमः मन्त्रको जप दिनको ११ पटक गर्नु होला।
तुला राशि- रा, री, रू, रे, रो, ता, ती, तु, ते
तुला राशि हुनेहरूका लागि यो साता राम्रो रहेको छ। साताको पूर्वार्धमा मनमा कुविचार आउनाले केहि झन्झट व्येहोर्नु पर्ने तथा धनराशि समेत खर्च हुने देखिन्छ। । साताको मध्मतिर नसोचेको ठाँउबाट धनलाभ हुनाले मन प्रसन्न हुने छ। कृषिबाट पनि लाभ प्राप्त गर्न सकिनेछ। साताको उत्तरार्धमा कर्म क्षेत्रमा कामको प्रशंसा पाइनाले मन खुसी हुनेछ साथै केहि शुभ समाचार समेत सुन्न पाइनेछ। शैक्षिक प्रगति मध्यम देखिन्छ। दिदी बहिनीको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई अझ उत्तम र उर्जाशिल बनाउँन ॐ श्री रामचन्द्रय नमः मन्त्रको जप दिनको ११ पटक गर्नु होला।
वृश्चिक राशि- तो, ना, नि, नू, ने, नो, या, यि, यू
वृश्चिक राशि हुनेहरूका लागि यो साता सामान्य रहेको छ। साताको पूर्वार्धमा आयका नयाँ नयाँ स्रोतहरू फेला पर्ने छन्। आम्दानी पनि राम्रो हुने छ। साताको मध्यतिर स्वास्थ्यमा समस्या देखिएका कारण खर्च बढ्ने छ। साताको उत्तरार्धमा स्वास्थ्यमा सुधार हुदै जादा मनोबल उच्च हुने छ। छोटो दूरीको रमणीय यात्राले खुसी मिल्ने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। टाढाका आफन्तको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन ॐ जानकी रामाय नमः मन्त्रको जप दिनको १९ पटक गर्नु होला।
धनु राशि- ये, यो, भा, भी, भू, ध, फा, ढ, भे
धनु राशि हुनेहरूका लागि यो साता मध्यम प्रकृतिको रहेको छ। साताको पूर्वार्धमा कार्यक्षेत्रमा प्रशंसा पाउनुको साथै शुभ समाचार समेत सुन्नाले मन प्रसन्न हुनेछ। साताको मध्यतिर नसोचेको स्रोतबाट नगद रकम प्राप्त हुने देखिन्छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साताको उत्तरार्धमा परिवारको स्वास्थ्यमा समस्या देखिएका कारण खर्च बढ्ने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। माता पिताको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन ॐ बृं बृहस्पतये नमः मन्त्रको जप दिनको ११ पटक गर्नु होला।
मकर राशि- भो, जा, जी, जू, जे, जो, ख, खि, खु, खे, खो, गा, गी
मकर राशि हुनेहरूका लागि यो साता शुभ रहेको छ। साताको पूर्वार्धमा मान सम्मान सहितको यात्रा हुने देखिन्छ। यात्रा भने झन्झटिलो हुन सक्छ। साताको मध्यतिर साथीहरूसँगको रमाइलो भेटघाट र खान पिनले मन हर्षित हुने छ। स्वास्थ्यमा समस्या देखिन सक्छ सचेत रहनुहोला। साताको उत्तरार्धमा आयमा बढोत्तरी भए पनि खर्च मनग्य हुनेछ। शैक्षिक प्रगति मध्यम देखिन्छ। विदेशमा रहेका साथी तथा आफन्तको सल्लाह र सहयोगले सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन ॐ शं शनैश्चराय नमः मन्त्रको जप दिनको २३ पटक गर्नु होला।
कुम्भ राशि- गु, गे, गो, सा, सी, सु, से, सो, द
कुम्भ राशि हुनेहरूका लागि यो साता विचारणीय रहेको छ। साताको पूर्वार्धमा आलस्यताले जरा गाड्ने छ। अस्वस्थताका कारण काममा समेत बाधा पर्नसक्छ। साताको मध्मतिर सरकारी काममा समस्या खेप्नु परे पनि कामको कदर हुनेछ। साताको उत्तरार्धमा मन मिल्ने साथीसँगको स्मरणीय यात्राले खुसी मिल्ने छ। सेयर बजारबाट केहि फाइदा हुने देखिन्छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। आफ्नै वाणीको प्रभावले सोचे आटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन ॐ नमः शिवाय मन्त्रको जप दिनको ११ पटक गर्नु होला।
मीन राशि- दी, दू, थ, झ, ञ, दे, दो, च, ची
मीन राशि हुनेहरूका लागि यो साता विचारणीय रहेको छ। साताको पूर्वार्धमा धन आगमनले मानसिक सुख शान्ति मिल्ने छ। साताको मध्यतिर फेरी मनमा अशान्ति तथा शरीरमा पिडाको महसुस हुनेछ। खानपान र यात्रामा विशेष ख्याल गर्नु होला। । साताको उत्तरार्धमा सरकारी क्षेत्रमा केही अप्ठ्यारो सामना गर्नु परे पनि धार्मिक तथा सामाजिक क्षेत्रमा मान सम्मान पाइने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। मनोबल उच्च राखेर काम गर्दा सोचे आँटेको काम बन्ने छ। यस हप्तालाई सफल र उर्जाशिल बनाउँन ॐ श्री सूर्याय नमः मन्त्रको जप दिनको ११ पटक गर्नु होला।
धन्यवाद ।
परामर्शका लागि- श्री ज्योतिष तथा परामर्श केन्द्र, इटहरी सुनसरी, कोशी प्रदेश नेपाल
सम्पर्क नम्बर- ९८४९७७०७९९
What’s app no- 9849770799
Email [email protected]/ [email protected]