आज मिति २०८० साल भाद्र १ गते शुक्रबार तद्अनुसार अगष्ट १८ तारिक २०२३ श्रावण शुक्लपक्ष द्वितीया
मेष राशि- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेष राशि हुनेहरूका लागि आजको दिन मध्यम प्रकृतिको रहेको छ। दैनिक काममा केहि अप्ठ्यारो सामना गर्नु परे पनि सन्तान सुखले मन प्रसन्न हुने छ। बिग्रिएको काममा गुरू वा मान्यजनको सर-सल्लाहबाट केहि फाइदा लिन सकिने छ। शैक्षिक क्षेत्रमा भने राम्रै प्रगति हुने देखिन्छ। आजको दिनलाई सफल र उर्जाशिल बनाउँन ॐ धनप्रदायै नमो नमः मन्त्रको जप ११ पटक गर्नु होला।
वृष राशि- इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
बृष राशि हुनेहरूका लागि आजको दिन शुभ रहेको छ। मान सम्मान प्राप्त गर्न सक्ने तथा ठुला मान्नेगुन्ने व्यक्तिले तपाईंको प्रसंसा गर्ने छन्। मावलीको साथ सहयोगले सोचे आँटेको काम बन्ने छ। शैक्षिक क्षेत्रमा मध्यम गति देखिन्छ। देखिन्छ। आजको दिनलाई अझ शुभ र उर्जाशिल बनाउँन ॐ महालक्ष्म्यै नमो नमः मन्त्रको जप ११ पटक गर्नु होला।
मिथुन राशि- क, कि, कु, घ, ङ, छ, के, को, ह
मिथुन राशि हुनेहरूका लागि आजको दिन उत्तम रहेको छ। धन आगमनको साथै मानसिक सुख शान्ति प्राप्त हुने देखिन्छ। दिदी बहिनीको साथ सहयोगले सोचे आँटेको काम बन्ने छ। शैक्षिक क्षेत्रमा आफ्नो वौधिकता देखाउने समय छ। आजको दिनलाई अझ फलदाइ बनाउँन ॐ शुं शुक्राय नमः मन्त्रको जप १६ पटक गर्नु होला।
कर्कट राशि- ह, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्कट राशि हुनेहरूका लागि आजको दिन मध्यम प्रकृतिको रहेको छ। पैतृक सम्पत्तिका माम्लामा केहि अप्ठ्यारो सामना गर्नु परे पनि सत्वचन सहितको मिस्ठान्न भोजनले मन प्रसन्न हुने छ। कुल कुटुम्बको साथ सहयोगले सोचे आटेको काम पुरा हुनेछ। शैक्षिक क्षेत्रमा तपाईंको मिठो बोलीको प्रशंसा हुनेछ। आजको दिनलाई सफल र उर्जाशिल बनाउँन ॐ हिरण्यरूपाय नमः मन्त्रको जप ११ पटक गर्नु होला।
सिंह राशि- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सिंह राशि हुनेहरूका लागि आजको दिन आफूले सोचे अनुरूपको हुने छ। मुहारमा कान्ति छाउँनुको साथै काम गर्ने जोस र जाँगर बढ्ने छ । काम गर्दा अरू कसैको साथ सहयोग र सल्लाह लिनु भन्दा आफ्नै दृणता र बिस्वासले अगाडी बड्दा सफल भइने छ। शैक्षिक क्षेत्रमा तपाईंको कामको कदर हुनेछ। आजको दिनलाई सफल र उर्जाशिल बनाउँन ॐ बालमुकुन्दाय नमः मन्त्रको जप ७ पटक गर्नु होला।
कन्या राशि- टो, प, पी, पू, ष, ण, ठ, पे, पो
कन्या राशि हुनेहरूका लागि आजको दिन विचारणिय रहेको छ। मनमा कुविचार आउनाले केहि झन्झट व्येहोर्नु पर्ने तथा धनराशि समेत खर्च हुने देखिन्छ। विदेशमा रहेका साथी तथा आफन्तको सल्लाह र सहयोगले कामलाई सहज बनाउनेछ। शैक्षिक क्षेत्रमा भने राम्रै प्रगति हुने देखिन्छ। आजको दिनमा कुविचारबाट पर बस्न ॐ नमो भगवते वाशुदेवाय मन्त्रको जप २१ पटक गर्दा उत्तम हुनेछ।
तुला राशि- रा, री, रू, रे, रो, ता, ती, तु, ते
मेष राशि हुनेहरूका लागि आजको दिन शुभ रहेको छ। नसोचेको ठाँउबाट धनलाभ हुनाले मन प्रसन्न हुने छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। दिदी बहिनीको सहयोगले सोचे आँटेको काम बन्ने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। आजको दिनलाई सफल र उर्जाशिल बनाउँन ॐ श्री रामचन्द्राय नमः मन्त्रको जप १६ पटक गर्नु होला।
वृश्चिक राशि- तो, ना, नि, नू, ने, नो, या, यि, यू
वृश्चिक राशि हुनेहरूका लागि आजको दिन बलियो रहेको छ। कर्म क्षेत्रमा कामको प्रशंसा पाइनाले मन खुसी हुनेछ साथै केहि शुभ समाचार समेत सुन्न पाइनेछ। माता पिताको आशिर्वादले सोचे आँटेको काम बन्ने छ। शैक्षिक प्रगति राम्रो देखिन्छ। आजको दिनलाई सफल र उर्जाशिल बनाउँन ॐ लक्ष्मी नारायणाय नमः मन्त्रको जप १० गर्नु होला।
धनु राशि- ये, यो, भा, भी, भू, ध, फा, ढ, भे
धनु राशि हुनेहरूका लागि आजको दिन मध्यम प्रकृतिको रहेको छ। राजनितिक तथा सरकारी क्षेत्रमा केहि अप्ठ्यारो सामना गर्नु परे पनि धार्मिक तथा सामाजिक क्षेत्रमा मानसम्मान पाइने छ। आफ्नै मधुर बाणीको प्रभाबले सोचे आटेको काम बन्ने छ। शैक्षिक क्षेत्र सबल रहने छ। आजको दिनलाई सफल र उर्जाशिल बनाउँन ॐ कीं भगवते नमः मन्त्रको जप १९ पटक गर्नु होला।
मकर राशि- भो, जा, जी, जू, जे, जो, ख, खि, खु, खे, खो, गा, गी
मकर राशि हुनेहरूका लागि आजको दिन विचारणिय रहेको छ। मनमा अशान्ति तथा शरिरमा पिडाको महशुस हुनेछ। खानपानमा बिषेश ख्याल गर्नु होला। मनोबल उच्च राखेर काम गर्दा सफलता हात पर्नेछ। शैक्षिक क्षेत्रमा भने राम्रै प्रगति हुने देखिन्छ। आजको दिनमा आफ्नो मनोबललाई उच्च राख्न ॐ श्री गोपाल गोविन्दाय नमः मन्त्रलाई २३ पटक जप गर्दा उत्तम हुनेछ।
कुम्भ राशि- गु, गे, गो, सा, सी, सु, से, सो, द
कुम्भ राशि हुनेहरूका लागि आजको दिन शुभ रहेको छ। लामो समयसम्म उठ्न नसकेको नगद रकम उठ्नाले मन प्रसन्न हुने छ। सेयर बजारबाट पनि फाइदा हुने देखिन्छ। साथी वा पार्टनरसँगको सुमधुर साथले दिन प्रेमिल बन्नेछ। पार्टनरको साथ, सहयोग र सल्लाहले सोचे आँटेको काम बन्ने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। आजको दिनलाई सफल र उर्जाशिल बनाउँन ॐ बिष्णुप्रियायै नमो नमः मन्त्रको जप ९ पटक गर्नु होला।
मीन राशि- दी, दू, थ, झ, ञ, दे, दो, च, ची
मीन राशि हुनेहरूका लागि आजको दिन मध्यम प्रकृतिको रहेको छ। दैनिक आर्थीक कारोवार सबल रहेपनि तपाईंले मित्र ठानेकैले खुट्टा तान्न खोज्ने छन्, सचेत रहनुहोला। पिताको साथ, सहयोग र सल्लाहले सोचे आँटेको काम बन्ने छ। शैक्षिक प्रगति मध्यम देखिन्छ। आजको दिनलाई सफल र उर्जाशिल बनाउँन ॐ विश्वजनन्यै नमो नमः मन्त्रको जप ११ पटक गर्नु होला।
धन्यवाद
परामर्शका लागि- श्री ज्योतिष तथा परामर्श केन्द्र, इटहरी सुनसरी, कोशी प्रदेश नेपाल
सम्पर्क नम्बर- ९८४९७७०७९९
What’s app no- 9849770799
Email [email protected]/ [email protected]