हिजो आज नेपाली भाषा बिगारेको र सपारेको कुरामा विभिन्न प्रकारका बहस सुन्न, पढ्न र हेर्न पाइन्छ । एउटा पक्ष भन्छ भाषाविदहरूले नेपाली भाषामाथि बलात्कार गरेका छन् । परम्परागत ह्रस्व र दीर्घ हिज्जे बिगारेका छन् । संयुक्त अक्षर कुच्याएर तोडमरोड गरेका छन् । अर्को पक्षको भनाइ छ भाषा परिवर्तनशील छ । बोलीअनुसार लेखाइमा परिवर्तन गर्दै लानु हाम्रो उद्देश्य हो । परिवर्तन हुँदा कहिले उच्चारण कहिले हिज्जे र कहिले वर्ण परिवर्तन हुन्छ । तर भाषिक विवादका चर्चा परिचर्चाले देवनागरी लिपिको एनाटोमीबारे स्पष्ट निर्देशन पहिल्याउन सकेको छैन । भाषा विवादको समस्या पत्ता लगाएर निदानात्मक सुझाव दिनु यस आलेखको मुख्य आसय हुनेछ ।
शीर्षकको सन्दर्भ छ नेपाली भाषाको एनाटोमी । कुनै पनि भाषाको एनाटोमी हुन्छ । त्यो भनेको लिपिको स्थलाकृतिक संरचना विज्ञान हो । स्थलाकृतिक शरीर रचना विज्ञानले मानव शरीरका अङ्गहरुको स्थान र त्यसका विभिन्न भागहरु एवम् फिजियोलोजीले त्यसका प्रकार्यलाई बुझाए जस्तै भाषा एनाटोमीले भाषामा लिपिको संरचना प्रकार वा डिजाइन भन्ने बुझाउँछ । भाषा एनाटोमीले भाषाका लिपिको अङ्ग वा त्यसका स्थान र आकृतिको अध्ययन गर्छ । भाषाको आकृति भनेको त्यस भाषाको लिपि हो । लिपि भनेको मानव शरीरको हड्डी जस्तै हो भने भाषा वा भाषिक व्यवहार भनेको मानव जीवनको स्नायविक प्रणाली, मांसपेसी र रक्तसञ्चार आदिले गर्ने कार्य जस्तै हो ।
लिपिलाई भाषाको शरीर रचनाका रुपमा हेर्न सकिन्छ । कुनैपनि लिपिमा दिइएको वर्णाकृति (टाइपफेस) हुन्छ । लिपिमा त्यस भाषाका वर्णहरुको आकार प्रकार निर्धारण गरिएको हुन्छ । वर्णाकृतिका अङ्ग वा भागलाई ग्लिफ भनिन्छ र ग्लिफहरूको संयोजनबाट फन्ट वा वर्णको आकृति निर्धारण हुन्छ । नेपाली भाषामा व्ऋद्धि, उद्हरण, याद्ऋच्छिक, बुद्धिमान, उद्हरण, पद्हति आदि देवनागरी वर्णाकृतिका कोरा अङ्ग हुन् । यिनलाई मानक लेख्य चिह्न अनुसार लेख्दा वृद्धि, उद्धरण, यादृच्छिक, बुद्धिमान, उद्धरण, पद्धति लेखिन्छ ।
ब्राह्मी लिपिबाट जन्मिएको देवनागरी लिपि दक्षिण एसिया र दक्षिणपूर्व एसियाका विविध सांस्कृतिक धरोहरसँग जोडिएको छ । यस भौगोलिक क्षेत्रका भारत, पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, नेपाल र भुटानका सांस्कृतिक, ऐतिहासिक, प्राग्ऐतिहासिक, धार्मिक, साहित्यिक र वैज्ञानिक सामग्रीहरू देवनागरी लिपिमा सङ्कलित छन् । देवनागरी लिपिको एनाटोमीमा परिवर्तन गर्दा यो धरोहर समेत प्रभावित हुने कुरा निश्चित छ ।
देवनागरी लिपिका केही महत्वपूर्ण विशेषताहरू छन् । यस लिपिमा एक वा अधिक वर्णले अक्षर वा सिलेबल बनाउँछ । स्वरको सहायताले मात्र वर्ण निर्माण हुन्छ । स्वर वर्णको सहायताले मात्र वर्ण निर्माण हुनाले व्यञ्जनमा लाग्ने स्वर र स्वतन्त्र स्वर गरी दुई किसिमका स्वर वर्ण हुन्छन् । सबै स्वरवर्णका दुई रूप छन् । एउटा स्वतन्त्र रूप, अर्थात् व्यञ्जनसँग नजोडिने रूप अर्को आश्रित रूप जुन व्यञ्जन वर्णसँग जोडिने रूप । यस्ता व्यञ्जन आश्रित रूपहरू व्यञ्जनको दायाँ, बायाँ, माथि, तल जता पनि जोडिएर बस्न सक्छन् । व्यञ्जन व्यञ्जन, व्यञ्जन स्वर आदि मिलेर संयुक्ताक्षरको निर्माण हुन्छ र यसरी संयुक्ताक्षर बन्दा व्यञ्जन वर्णको आकार परिवर्तन हुन्छ । स्वर वर्ण र व्यञ्जन वर्णको प्रवाह घाटीको रुद्रघण्टीदेखि ओठ र नासिका द्वारसम्म क्रमैले प्रवाहित हुन्छ । प्रत्येक व्यञ्जनलाई समूहमा विभाजन गरिएको हुन्छ र एउटा समूह ५ ओटा वर्णको हुन्छ । अन्तिम व्यञ्जन अनुनासिक हुन्छ । देवनागरी लिपिमा वर्ण छनौटको पनि सुविधा छ । हिन्दीमा छोटो ‘ए’ का लागि ऍ प्रयोग गरिन्छ भने नेपालीको ‘र’ का लागि कोङ्कणीमा ऱ प्रयोग गरिन्छ ।
देवनागरी लिपिमा लेखिने नेपाली भाषाको वर्णविन्यासमा एकरूपता ल्याउने भनेर विद्यालयस्तरीय पाठ्यपुस्तकमा नयाँ निर्देशिका लागु गरिएको छ । त्यसमा निर्देशित गरिएको कुराहरूमा १, नेपाली भाषाको वर्ण र लिपि (आकृति) फेर्दा भाषा सरल हुन्छ र सिकाइमा सजिलो हुन्छ भन्ने मान्यता देखिन्छ । २, संस्कृत स्रोतबाट जस्ताको तस्तै आएका शब्द नेपाली तत्सम शब्द हुन् । अरु स्रोतबाट जस्ताको तस्तै आएका शब्द आगन्तुक शब्द हुन् भनिएको छ । ३, नेपाली शब्द लेख्दा संयुक्त वर्णलाई छुट्याएर लेख्नुपर्छ । संस्कृतमा जस्तो विद्या होइन विद्या, उद्योग होइन उद्योग, पद्धति होइन पद्हति र सदृश होइन सद्ऋश वा सद्रिश लेख्नुपर्छ भन्ने नियम कायम गरिएको छ । ४, संस्कृत स्रोतबाट जस्ताको तस्तै आएका शब्द नेपाली तत्सम शब्द भए पनि नेपाली भाषामा श, ष, ण, ञ, ऋ आदि वर्ण नभएको हुनाले नेपाली तत्सम शब्द लेख्दा संस्कृत कै वर्णविन्यास अनुसार लेख्नु पर्छ भनिएको छ तर पद्हति र सद्ऋश वा सद्रिश संस्कृत वा नेपाली कुनै पनि वर्णविन्यासको नियम अन्तर्गत पर्दैन ।
अर्को पक्षमा रहेकाहरूको भनाइ छ १, तथाकथित भाषाविदहरूले भाषामाथि बलात्कार गरेका छन् । २, देवनागरी लिपि बिगारेर विदेशी भाषा र रोमन लिपि भित्र्याउने षडयन्त्र भएको छ । ३, विदेशी डलर खाएर यस्तो फर्मान जारी गरिएको हो । ४, परम्परागत रूपमा ह्रस्व र दीर्घको स्वरूपलाई बिगार्न पाइँदैन । र ५, संयुक्ताक्षर कुच्याउन र बिगार्न पाइँदैन इत्यादि इत्यादि ।
नेपाली लेखाइमा ठूलो समस्या छ । लेखाइमा एकरूपता नभएकै कारणले यस्तो भएको कुरामा दुईमत छैन । तर हालको विवादमा एकरूपता नहुनुको लिपि वैज्ञानिक कारण खोजिएको पाइँदैन । कि यो कि त्यो भन्ने आरोपले नेपाली भाषा भद्रगोल बन्दैछ । फर्मान गरिएको निर्देशिका ठिक छैन भन्ने कुरामात्र बजारमा आएको छ । कहाँ, कसरी र किन ठिक छ वा छैन भनेर केलाइएको पाइँदैन । फूल, फुल, शहीद, सहिद शब्दको ह्रस्व दीर्घ र स, श को बहसमात्र होइन निर्देशिकामा भएको के कुरा के कति कारणले ठिक छैन, त्यसमा के हुनु पर्ने आदि निदानात्मक बहस अहिलेको आवश्यकता हो । खासगरी विद्या वा विद्या र उद्योग वा उद्योग लेख्ने भनेर ‘द’ को खुट्टो काट्नु पर्छ वा पर्दैन भन्ने विवाद धेरै मात्रामा देखिएको हुनाले यहाँ ‘द’ यहाँ लाई मात्र केलाउने काम भएको छ । विवाद धेरै भएकाले यस छोटो लेखमा अन्य कुरा समेट्न सकिएको छैन ।
देवनागरी एनाटोमी अर्थात देवनागरी स्थलाकृतिक संरचनामा प्रत्येक वर्णलाई एउटा ठाडो रेखामा सात ओटा तेर्सो रेखाले छुट्याएको हुन्छ । कम्प्युटरमा फन्ट डिजाइन गर्दा समेत यसलाई आधार मानिएको हुन्छ । ती रेखा हुन् १, उध्वर्रेखा २, शिरोरेखा ३, स्कन्धरेखा वा काँधको रेखा ४, नभरेखा वा पेटको रेखा ५, जानुरेखा वा घुँडाको रेखा ६, पदरेखा वा खुट्टाको रेखा र ७, तलरेखा वा पैतालाभन्दा मुनिको रेखा । स्वरवर्णलाई आधार मानेर यस्तो विभाजन गरिएको हो । इकार, ईकार ऐकारका मात्रा शिरोरेखाभन्दा माथि उर्ध्वरेखामा बस्दछन् । डिको शिरोरेखा हो । इ, ङ, द, ट आदि वर्ण स्कन्धरेखाले छुट्याउने वर्ण हुन् । अ, आ, उ, ओ नभरेखामा पर्दछन् । ए को आकार जानुरेखाले छुट्याएको हुन्छ । मात्राबेगरको वर्ण डिकोबाट सुरु हुन्छ र पदरेखामा पुगेर अन्त्य हुन्छ । तर पदरेखामा अन्त्य भए पनि तल डिको दिनु पर्दैन । तलरेखा अन्तर्गत मात्रा स्वरको उकार र ऊकार पर्दछन् ।
मात्रा इकार, ईकार र पर्यायको रेफ उर्ध्वरेखा अन्तर्गत पर्दछन् । ईश्वर, पिरो, जीवन, दिनचर्या आदि । शिरोरेखा भनेको डिको हो जस्तै क ख आदिको डिको । सामान्यतया देवनागरी संयुक्त वर्णको निर्माण हुँदा आधार वर्ण हलन्त वर्णको बुइ चढेर बस्छ । जस्तै द्वन्द्व, शुद्ध, द्वार, अनिरुद्ध आदि । तर स्कन्धरेखा वा काँधको रेखाले छुट्याउने वर्णहरू ङ, छ, ट, ठ, ड, ढ, द, ह हुन् र यी वर्णहरू ‘य’ सँग मिलेर संयुक्त वर्ण निर्माण हुँदा हलन्त वर्ण आधार वर्णको बुइ चढेर बस्छ , जस्तै ङ्यारङ्यार, ट्याम्को, ठ्याक, ड्याम, ढ्याउ, विद्या, उद्योग, ह्याकुलो आदि । नभरेखामा पर्ने च, ज, त, न, ब, ल, व, स वर्णहरू दायाँपट्टि अलग्गै बस्छन् र आधार वर्णलाई बिगार्दैनन् । पोक्याउनु, कुच्याउनु, ज्यादति, त्याग, न्याय, ब्याधा, ल्याकत, व्यवहार, स्याल आदि । जानुरेखा वा घुँडाको रेखाको स्थान पदरेखाभन्दा माथि र जानुरेखाभन्दा तल मध्यतल हो । संयुक्त वर्णमा यो रेफको स्थान हो । प्रसाद, श्रवण, केस्रा, कोक्रो, आदि । पदरेखा वर्णको अन्तिम भागमा पर्दछ । मात्रा उकार र ऊकार तलरेखामा बस्ने आश्रित मात्रा उ, ऊ, र रेफको स्थान हो । विद्युत, अच्युत, राष्ट्र आदि ।
यस लेखाइमा ‘द’ लाई केन्द्रमा राखिएको हुँदा ‘द’ सँग संयुक्त वर्ण निर्माण हुँदा बन्ने शब्दहरूमात्र लिइएको छ । जस्तै अदृष्ट, अनिरुद्ध, अन्तर्द्वन्द्व, अल्पदृष्टि, अशुद्ध, आवद्ध, उद्धरण, उद्धव, उद्धारक, उद्यान, ऋद्धि, खाद्यान्न, पद्धति, पूर्वार्द्ध, प्रद्युम्न, बुद्धिमान, यादृच्छिक, वाग्द्वार, विद्या, विद्युत, वृद्धि, शुद्ध, श्राद्ध, सदृश, सिद्धान्त ।
अदृष्ट लेख्दा निर्देशिकामा भएको नयाँ नियम अर्थात ‘द’ को खुट्टो काट्ने नियम अनुसार अद्ऋष्ट लेख्नु पर्छ तर नेपालीमा ऋ छैन भनिएको छ । अत: अदृष्ट लेख्दा अद्रिष्ट लेख्नु पर्छ । तर नेपालीमा ष पनि छैन भनिएको हुँदा ‘अदृष्ट’ को मानक नेपाली लेख्य रुप अद्रिस्ट हुन्छ । यसै गरी ‘द’ को खुट्टो काट्ने नियम अनुसार अनिरुद्धलाई अनिरुद्द वा अनिरुद्ध, अन्तर्द्वन्द्वलाई अन्तर्द्वन्द्व, अल्पदृष्टिलाई अल्पद्रिष्टि वा अल्पद्रिस्टि, अशुद्धलाई अशुद्द वा अशुद्ध यसै गरी आवद्ध, उद्द्योग, उत्हरण, उद्हरण वा उद्धरण, उद्दव वा उद्धव, उद्हारक वा उद्धारक, उद्द्यान, ऋद्धि वा रिद्धि, खाद्द्यान्न, पद्हति वा पद्धति, पूर्वार्द्ध, प्रद्द्युम्न, बुद्दिमान वा बुद्धिमान, याद्ऋच्छिक वा याद्रिच्छिक, वाग्द्वार, विद्या वा विद्द्या, विद्द्युत, वृद्धि, शुद्ध, श्राद्ध, सद्ऋश वा सद्रिश, सिद्धान्तलाई सिद्धान्त लेख्नु पर्छ नत्र अशुद्ध हुन्छ । देवनागरी लिपिको एनाटोमी अर्थात देवनागरी लिपिको स्थलाकृतिक संरचना विज्ञान अनुसार यस्तो लेखाइ भनेको मानव अस्थिपञ्जर एनाटोमीमा गोलिगाँठाको हड्डी कुइनामा लाउनु वा घाटीको कुरकुरे हड्डी कमजोर भए करङको हड्डी झिकेर घाटीमा लगाउनु जस्तै हो । निर्देशिकामा दिइएको नियम अनुसार ‘द’ को खुट्टो काट्ने हो भने सबैतिर काट्नु पर्यो नत्र लेखाइमा एकरुपता हुँदैन । यसरी नलेख्ने हो भने निर्देशिकाको ‘द’ को खुट्टो काट्ने नियम फिर्ता लिनु पर्ने हुन्छ । एउटा बुँदाको एउटा वर्णमा यति विवाद छ भने सबै बुँदा केलाएर निदानात्मक सुझाब खोज्नु आवस्यक देखिन्छ ।
हाल चलिरहेको भाषा विवाद वा वर्णविन्यास विवाद जुन विवाद भाषाको गुदी विवाद होइन बोक्रे विवाद मात्र हो यसले पक्ष विपक्ष गरेर राजनीतिक आड पाउँदै गयो भने निर्देशिका जारी गर्ने शासकवर्गलाई समेत अप्ठ्यारोमा पार्ने निश्चित छ । यसले राजनीतिक रुप लिँदै जाँदा विकराल स्थिति पैदा हुने देखिन्छ । बेलैमा सबै पक्ष बसेर निकास खोज्नु आजको आवश्यकता हो । (सोत: एकेडेमिया डट एडु)