मेष - आफन्तजन एवं कुटुम्बजनको साथ सहयोग लिएर कार्य गर्दा सफल भइनेछ । शारीरिक आलस्यताले सताउनेछ । तर अचल वस्तुमा गरेको लगानिबाट पछिसम्म लाभ लिन सकिनेछ । धार्मिक आस्था जागृत हुनेछ । सामाजिक काम कार्यबाट मानसम्मान मिल्नेछ ।
वृष - आजको दिनमा आत्मकारक ग्रहको पूर्ण साथ मिलेको छ । स्वास्थ्य अवस्थामा सुधार हुनेछ । विशिष्ठ व्यक्तिसँग सहकार्य गर्न पाइनेछ । रोकिएका कार्यलाई अघि बढाउन सकिनेछ । नयाँ तौर तरिकाको प्रयोगले गर्दा दैनिक काम कार्यमा समेत सहजताको अनुभव हुनेछ ।
मिथुन - धेरै प्रयास गर्दा पनि न्यून प्रतिफलमा नै चित्त बुझाउनु पर्नेछ । अरुको लहैलहैमा लाग्दा समस्या आइलाग्नेछ । बोलीको गलत अर्थ लाग्न सक्छ, बोली बचनमा संयमता अपनाउनु पर्नेछ । खर्चभार बढ्दा आर्थिक तालमेल मिलाउन कठिन हुनेछ । नियमित कृयाकलापमा नै व्यस्थ रहनु उचित हुनेछ ।
कर्कट - आकस्मिक धनलाभले मन फरुङ्ग बन्नेछ । सुखसुविस्ताका साधनहरु उपभोग गर्न पाइनेछ । व्यवसायमा सोचे भन्दा बढी लाभ मिल्दा खुसीयाली छाउनेछ । नयाँ-नयाँ अवसरहरुले पछ्याउने छन् । व्यवहारिक पक्ष सबल रहनेछ । माया प्रेमको बन्धन कसिलो बन्नेछ ।
सिंह - आज कर्म प्राप्तिको योग बनेको छ । धेरै व्यक्तिको विश्वासको पात्र बनिनेछ । सरकारी क्षेत्रका अपूरा काम कार्यले पूर्णता पाउने छन् । विश्वास दिलाउन सक्दा नयाँ जिम्मेवारी मिल्नेछ । तपाईँको काम गर्ने कलाले गर्दा प्रशंसकहरु बढ्ने छन् । नयाँ कार्यको प्रस्ताव समेत आउने देखिन्छ ।
कन्या - व्यर्थको कार्यमा भूल्दा महत्वपूर्ण मौका फुत्कनेछ । नोकरीमा अपजस व्यहोर्नु परेता पनि व्यापार व्यवसायबाट भने लाभ दिन सकिनेछ । स्वास्थ्यमा क्रमश सुधार हुनेछ । सद्विचारको उदय हुनेछ । धर्म, दर्शन तथा अध्यात्ममा मन जानेछ । दिन मिश्रीत फलदायी रहने देखिन्छ ।
तुला - विना तयारी कार्यको आरम्भ गर्दा असफल भइनेछ । काम गर्ने इच्छा शक्ति घट्नेछ । झन्झटिला कार्य मात्र आइलाग्ने छन् । अरुका काम कार्यमा लाग्दा आफ्ना कार्य भने अपूरै रहने छन् । हचुवाको भरमा लगानी गर्दा धनरकम फस्नेछ । दैनिकीमा नै व्यस्थ रहनुहोला ।
बृश्चिक - प्रेमीप्रेमीका बीचको सम्बन्ध सुमधुर बन्नेछ । श्रृंगारिक कार्यमा मोह बढ्नेछ । प्रियजनसँगको रमाइलो भेटघाट नहोला भन्न सकिन्न । काम गरेर चित्त बुझाउन सक्दा विशेष कार्यको नेतृत्व मिल्नेछ । आकर्षण शक्ति बढेर जानेछ । दिन हर्षाेल्लास पूर्वक वित्ने देखिन्छ ।
धनु - धन संचय गर्ने वातावरण बन्नेछ । प्रतिष्पर्धात्मक कृयाकलापमा विजयी भइनेछ । मान्यजनको सरसल्लाह लिएर कार्य गर्दा सफल भइनेछ । सामान्य झन्झटको सामना गर्नु परेता पनि नतिजा तपाईँकै पक्षमा आउनेछ । कामको व्यस्थताका कारण स्वस्थ्य भने कमजोर बन्न सक्छ, ख्याल गर्नुहोला ।
मकर - परिवारजनको सर–सल्लाहले अघि बढ्दा सफल भइनेछ । नयाँ कार्यको अवसर जुट्नेछ । शैक्षिक क्षेत्रमा लाग्ने व्यक्तिहरुका लागि सफलदायी समय रहेको छ । नयाँ ठाउँको अवलोकन भ्रमण गर्ने अवसर जुट्नेछ । सामान्य स्वास्थ्य कमजोरी र नोकरीमा झन्झट आइलाग्न सक्छ, संयम रहनुहोला ।
कुम्भ - कठोर बोलिका कारण सामान्य कुरामा पनि विवाद बढ्नेछ । वैचारिक मतभेदका कारण आफन्तजनहरु टाढिनेछन् । अवसर हुँदाहुँदै पनि विकल्पको बाटो रोज्नाले दुःखको सामना गर्नुपर्नेछ । अत्यावश्यक कामकार्यको थालनि गर्नु परेमा मातृपक्षको सहयोगले गर्नु शुभ हुनेछ ।
मीन - आफ्नै बाहुवलले नै महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । काम गर्ने जोश जाँगर बढेर जानेछ । व्यवसायमा अपेक्षित लाभ मिल्नेछ । श्रमको सही मूल्यांकन मिल्दा काम गर्ने हौसला थपिनेछ । शैक्षिक क्षेत्रमा चासो रहनेछ । सहनशिलता र कृयाशिलताको बृद्धि विकास हुने समय रहेको छ ।