नेपाल आइसिसी एकदिवसीय विश्वकप छनोट को पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको छ ।
नेपालले प्रस्तुत गरेको दुई सय ९१ रनको लक्ष्य घरेलु टोली जिम्बावेले ४४.१ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो ।
जिम्बावेका लागि क्रेइग इर्भिनले अविजित १ सय २१ रन बनाए ।
नेपालका लागि सोमपाल कामी र गुल्सन झाले समान १ विकेट लिए ।
यसअघि हरारे स्पोर्टस क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै दुई सय ९० रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ९५ बलमा सर्वाधिक ९९ रन बनाए । यसैगरी अर्का ओनर आसिफ शेखले ६६, कुशल मल्लले ४१, कप्तान रोहितकुमार पौडेलले ३१, गुल्सन झाले १३ र आरिफ शेखले १० रन जोडे ।
पहिलो विकेटका लागि कुशल र आसिफले एक सय ७१ रनको साझेदारी गरेका थिए । यो नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा कुनै पनि विकेटका लागि भएको उच्च साझेदारी हो ।
छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले मंगलबार अमेरिका तथा जिम्बावेले नेदरल्यान्ड्ससँग खेल्ने छन् ।