मेष - प्रयत्न गर्दा लक्ष्यमा पुगिनेछ । स्वास्थ्य ठिकठाक नै रहनेछ । आर्थिक पक्ष बलियो रहला । विशेष कार्यमा अतिथिको सत्कार पाइएला । मानसिक शान्तिको अनुभूति हुनेछ । मान–सम्मान मिल्नेछ । पाएकाे अवसर ग्रहण गरी अघि बढ्नु उचित हुनेछ ।
वृष - साँझसम्म अन्याेलतामा नै समय वित्नेछ । मानसिक तनाब थपिनेछ । बोलिको गलत अर्थ लाग्नेछ । दैनिक कार्यमा समेत विघ्नबाधा आउन सक्छ संयम रहेर कार्य गर्नुहोला । अरुको भरविश्वासमा पर्दा विशेष अवसर गुम्नेछ । व्यवसायबाट भने मध्यम प्रकारकाे लाभ मिल्नेछ ।
मिथुन - मित्रजनसँग रमाइलाे भेटघाट हुनेछ । काम गरेर आत्मसन्तुष्टि मिल्नेछ । नसाेचेका अवसरहरु मिल्नेछन् । अध्ययनमा रुचि जाग्नेछ । व्यवसायमा लगानि गर्दा भविष्यमा लाभ लिन पाइनेछ । नयाँ-नयाँ आम्दानीका बाटाहरु फेला पर्नेछन् । साँझपख एक्कासी खर्च बढ्नेछ ।
कर्कट - ठूला व्यक्तिसँग मित्रता गाँसिनेछ । पद प्रतिष्ठा प्राप्तिकाे याेग बनेकाे छ । कामका सिलसिलामा रमाइलाे यात्रा हुनेछ । खुसीको खबर मिल्नेछ । पुराना कुरालाई सम्झेर बस्ने बेला छैन, नयाँ सोच र कार्यको आरम्भ गर्दा मान्यजनको सहयाेग पाइने समय रहेकाे छ ।
सिंह - दिन मिश्रीत फलदायी रहनेछ । व्यक्तिगत भन्दा सामाजिक सामूहिक कार्यमा लाग्दा पद-प्रतिष्ठा मिल्नेछ । समस्याको पहिचान गर्न सकिनेछ । कठोर बोलिमा नियन्त्रण गर्नुहोला । परोपकारी कार्यमा सहभागी भइनेछ । धैर्यता पूर्वक जिम्मा लिएका कार्य पूरा गर्नुहाेला ।
कन्या - व्यर्थकाे कार्यमा समय खर्च हुनेछ । साेचे अनुरूप काम बन्नेछैन । दुःख गरेर जश भन्दा अपजश मिल्नेछ । अल्छिपनाले सताउनेछ । पारिवारिक समस्याले गर्दा काम गर्ने वातावरण बन्ने छैन । अत्यावश्यक बाहेक नयाँ कार्यकाे थालनी नगर्नु नै उचित हुनेछ ।
तुला - अधुरा कार्यलाई सूचारु गर्ने समय हाे, अग्रसर रहनुहाेला । कार्य शैलीले धेरै व्यक्तिहरु प्रभावित बन्नेछन् । माया-प्रेमकाे बन्धन कसिलाे बन्नेछ । दाम्पत्य सहयाेग पाइनेछ । सुखसुविस्ताका साधनहरु जुट्ने छन् । विशेष कार्यको नेतृत्व मिल्नेछ । खसीकाे खबर सुन्न पाइनेछ ।
बृश्चिक - साझेदारी कामबाट लाभ मिल्नेछ । कार्य क्षेत्रमा सानातिना समस्या देखिएता पनि प्रयत्न गर्दा समाधानकाे बाटाे फेला पर्नेछ । पारिवारीक सहयोगले महत्वपूर्ण कार्य बन्नेछ । शत्रू पक्ष कमजाेर बन्नेछन् । लामाे समय देखिकाे विवादकाे टुङ्गाे लाग्नेछ । स्वास्थ्यकाे भने ख्याल राख्नुहाेला ।
धनु - व्यवसायबाट सुख-सन्तोष मिल्नेछ । बाैद्धिककलाकाे प्रशंसा हुनेछ । पारिवारिक भेटघाट हुनेछ । टाढिएका आफन्तजनसँग सम्बन्ध सुधार्न सकिनेछ । उत्साह उमंग छाउनेछ । शैक्षिक क्षेत्रमा प्रगतिको संकेत देखिन्छ । गाेपनीयतामा भने ख्याल गर्नुपर्नेछ ।
मकर - अग्रजसँग नै विवाद हुनसक्छ, ख्याल गर्नुहाेला । शारीरिक आलस्यताले काम गर्ने जाँगर लाग्ने छैन । लगानि गर्दा सोचे अनुरुप लाभ मिल्नेछैन । वैदेशिक क्षेत्रका कामकाज भने बन्नेछन् । एकान्तकाे बसाइँमा रमाइनेछ । काम बाेल्ने र नियमित कार्यमा व्यस्थ रहने गर्नुहाेला ।
कुम्भ - कल्याणकारी कार्यमा भाग लिन पाउँदा हर्ष बढ्नेछ । पराक्रम भावको चन्द्रमाले विविध लाभ दिलाउनेछ । दाजुभाइको सर–सहयोग पाइनेछ । सामाजिक प्रतिष्ठा थपिनेछ । बोलिकै भरमा धेरै कार्य बन्नेछन् । साँझपख शारीरिक कमजाेरीले काम गर्न सकिने छैन ।
मीन - सामान्य अल्छिपनाले छाड्ने छैन, जागरूक रहनुहाेला । कटुम्बकाे सहयाेगले थालेका कार्य बन्नेछन् । धनसंचयको वातावरण बन्नेछ । कलात्मक कार्यमा मन जानेछ । बन्धुवान्धवसँगको रमाइलो जमघट होला । धार्मिक कृयाकलापमा सहभागी हुने माैका मिल्नेछ ।