नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
अमेरिकी डलर शुक्रबार १७ पैसाले बढेको छ । अघिल्लो दिन अर्थात् बिहीबार डलर ९ पैसाले घटेको थियो।
शुक्रवार एकको अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसामा कारोबार भएको छ । यसअघि बिहीबार खरिद मूल्य १३० रुपैयाँ ८८ पैसा र बिक्री मूल्य १३१ रुपैयाँ ४८ पैसा कायम गरिएको थियो ।
नेपाल राष्ट्र बैंकले शुक्रवार युरोपियन युरोको एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८० पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २२ पैसाले घटेको हो । यसअघि बिहीबार युरोको खरिद मूल्य १४३ रुपैयाँ ३६ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ २ पैसा कायम गरिएको थियो ।
त्यस्तै, शुक्रवार पाउन्ड स्टर्लिङ एकको खरिद मूल्य १६४ रुपैयाँ ७७ पैसा र बिक्री मूल्य १६५ रुपैयाँ ५२ पैसा पाइन्छ भने अस्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ २९ पैसा र बिक्रीमा ८८ रुपैयाँ ७० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९८ रुपैयाँ २५ पैसा पाइन्छ।
यस्तै, राष्ट्र बैंकले कतारी रियाल शुक्रवार एकको खरिदमा ३५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रुपैयाँ १४ पैसा पाइन्छ। साउदी अरेबियन रियाल एकको खरिददर बिहीबार ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ३७ पैसा र बिक्रीमा २९ रुपैयाँ ५० पैसा पाइन्छ।
शुक्रवार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ४४ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ४० पैसा पाइन्छ। त्यसै गरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३४९ रुपैयाँ २३ पैसा तोकिएको छ।