नेपाल प्रहरीका १८ उपरीक्षक (एसपी)को वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो ।
जनपद प्रहरी समूहका एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समिति सदस्य सचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले जनाकारी दिएका छन् ।
प्रहरी प्रधान कार्यालय, नक्सालले प्रकाशन गरेको सूची अनुसार विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासिनी, दीप शम्शेर जबरा, बेल बहादुर पाण्डे, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रविण पोख्रेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, विश्वमणि पोख्रेल, तारादेवी थापा र प्रज्वल महर्जन एसएसपीमा बढुवा सिफारिस भएका हुन् ।

