श्री पशुपतिनाथको प्रादुर्भाव सँगै समस्त सृष्टि स्थिति र संहार को अभ्युदय भएको मानिन्छ । पशुपतिनाथ को सम्बन्धमा सृष्टिकर्ता ब्रह्मा पालनकारी श्री विष्णु अनि वाक् स्वरुपा माता सरस्वती अन्न जिव्हा भएको शेष ले समेत महत्त्व र वर्णन गर्न नसकिने ,सात वटा समुद्रलाई मसी र पिपलको एउटा सानो डाँठलाई कलम बनाएर चोप्दै लेखे पनि समुद्र रित्तिन्छ तर भगवान् पशुपतिनाथ महिमा र वर्णन सकिँदैन ।
ज्ञान र विज्ञानको अध्ययन स्रोत अध्यात्म र अद्वैत क्षेत्रको रूपमा रहेको प्राचीन एवं पुरातन सभ्यता जोडिएको क्षेत्र हो पशुपति क्षेत्र । यस क्षेत्र को अवस्थिति भगवान् श्री रामको समय त्रेता युग श्री कूष्णको समय द्वापर युग अनि कलि युगमा समेत श्री पशुपतिनाथ र पाशुपत क्षेत्रको व्यापक महत्त्व रहेको छ ।
मानव सभ्यताको सुरुवात नदी समुद्र, खोला नाला निकट नै भएको प्रमाणहरू हामी विभिन्न पुरातात्त्विक अन्वेषण अनि अनुसन्धान वाट पाउँछौ तर पशुपतिनाथको कारणले सबै सभ्यताको सुरुवात भएको समेत पशुपति पुराण शिवमहापुराण जस्ता ग्रन्थले प्रकाश पार्दछ । पशुपति नाथ पाशुपत क्षेत्र वैदिक तान्त्रिक जैन वौद्धमार्गी लगायत विभिन्न सम्प्रदायका समेत उपासना क्षेत्र हो भने गणपत्य सौर्य वैष्णव एव शाक्ति समेत प्रमुख क्षेत्र हो । पशुपतिनाथ र पाशुपत क्षेत्र गोपालवश महिषपाल वंश गुप्त आभार किरात लिच्छवि मल्ल देखि आधुनिक काल सम्म पनि श्री पशुपतिनाथ सँग तत्कालीन राष्ट्र नगर प्रमुख जनताहरूको आराध्य देव कै रूपमा पुजिएका प्रमुख देवता भगवान् श्री पशुपतिनाथ नै हून र रहनेछन् । माथि उल्लेख गरे झैँ इसाको आरम्भिक का चैत्य मूर्ति धारा पोखरी कुण्ड मन्दिर जस्ता वस्तु अनि कला वस्तुका प्रामाणिक सङ्ग्रह पशुपति क्षेत्रमा हामी पाउँदछौ। पशुपति क्षेत्रमा वैष्णवहरूको राम कृष्णका मन्दिर गाणपत्य का गणेशको मूर्ति वौद्धमार्गी चैत्य वुद्धमूर्ति अनि सौर्य सम्प्रदायका विभिन्न सुर्यका मूर्ति र मन्दिर पाइन्छ भने शाक्तको पनि आफ्नै विशिष्ट स्थान रहेको छ वर्तमान पशुपतिनाथ को मूर्तिको अध्ययन गर्ने हो भने पनि विभिन्न मालाले अलङ्कृत दुवैे ओठमा लाली लगाउने र शिरमा श्रीखण्ड चन्दनको श्री यन्त्रमा मध्यमा सिन्दूर लगाउनाले पनि पशुपतिनाथ शिवको मात्र नभई माता शिवाको समेत मन्दिर हो र चारै ढोका ८ वटा सिंह रहनु जुन देवीको वाहन हो त्यसैले पनि पनि श्री पशुपतिनाथ मन्दिर शाक्तहरूको समेत महत्त्वपूर्ण आदी पीठको रूपमा रहेको पाइन्छ जसलाई ज्योर्तिपिठ भन्ने बुझिन्छ । नेपालका सबै देवीको मन्दिरका पुजारी र श्री का पुजारीहरूले पूजा गर्दा लाउने पोसाक समेत एकैरुपका हुनू पशुपतिनाथको मन्दिर स्वयंं माता श्री अम्बेको पनि मन्दिर हो भन्ने कुरा स्वतः नै प्रस्ट हुन्छ । तसर्थ पाशुपत क्षेत्रमा रहेको प्रमुख शक्ति पीठहरूले संरक्षित पशुपतिनाथ मन्दिरमा शाक्तहरूको मुख्य आराधनाको समेत क्षेत्र हो यसरी संरक्षित पीठहरू मध्ये बनकाली को स्थिती,बनकालीन जात्रा र शिव पार्वती विवाहोत्स्ब पर्व अर्थात् अक्षय तृतीया को बेग्लै महत्त्व छ ।
बनकालीन
पाशुपत क्षेत्रको दक्षिण पश्चिम, गौशालाबाट पूर्व, वन काली जङ्गलको दक्षिणी छेउमा अवस्थित छ । वनमा रहेकी काली भएकाले यिनलाई वन काली भनिएको हो । गौशालाको छेउमा रहेको काली परिसरमा अनेक प्रकारका कलाकृति पाइन्छन् । यहाँ वन काली, गणेश, गोरखनाथ र अन्य केही देवीदेवताका सामान्य मन्दिरहरू छन् ।
बनकालीन भेगका देवालयमा मुख्य वनकालीको मन्दिर मन्दिरको हालको स्वरूप राजा महेन्द्रले २०१५ सालमा मर्मतसम्भार गर्ने क्रममा बनेको हो । त्यसबापत प्राङ्गण र सत्तल पनि त्यही बेला जीर्णोद्धार भएको थियो । पछि पुनः २०७२ सालको भूकम्पका कारण यहाँका वास्तुहरू ठुलो सङ्ख्यामा ध्वस्त भएपछि तिनीहरूलाई हालसालै जीर्णोद्धार गरिएको छ । यो पीठ को छाना खुल्ला छ । आकाशलाई नै छाना मानेर यसको छाना नबनाइएको हो । यसको वरिपरि पर्खाल लगाएर मात्र यसलाई मन्दिरको स्वरूप दिइएको छ ।
बनकालीन मन्दिरमा हाल मूल ढोकाबाट भित्रतिर दायाँ भैरवको प्रतिमा राखिएको देखिन्छ । यहाँका भैरव छवटा बाहुका छन् । यिनले बाहुहरूमा खड्ग, खेटक, कपाल पात्र र त्रिशूल लिएको देखिन्छ । यिनको बायाँतिर भने गणेशको प्रतिमा छ । यहाँका गणेश चार बाहुका छन् । यिनले बाहुहरूमा परशु र पात्र आदि वस्तु लिएको देखिन्छ । यी २ मूर्तिहरू यहाँ २०६१ सालमा राखिएका हुन् भन्ने कुरा त्यहीँको अभिलेखले प्रस्ट गर्दछ । वन काली मन्दिरको गर्भ गृहको दुई तहका प्राचीन खम्बासहितको तोरणमा दायाँ गणेश बायाँ कुमारको आकृति अति गरिएका देखिन्छन् ।
दुर्गाका विभिन्न नामहरूमध्ये काली एक हो । सामान्य शब्दार्थमा कालीको अर्थ कालो रङ्ग भएकी भन्ने हुन्छ । चित्र र मूर्तिकलामा उनलाई हातमा खड्ग लिएकी, मुख बाएकी र जिब्रोबाट रगतको थोपा चुहिएका अवस्थामा देखाइन्छ । तिनले नर भक्षण गरेको लक्षणका रूपमा मुखबाट रगत चुहिँदै गरेको देखाउने गरिएका हो। प्राचीन वैदिक साहित्यमा कालीको अस्तित्व देखिँदैन । पछि शाक्त सम्प्रदायको विकास भएपछि अग्नि प्रतीकका रूपमा कालीको पनि उद्गम भएको मानिन्छ । संस्कृत साहित्यका विभिन्न ग्रन्थहरूमा कालीको
चर्चा गरिएको पाइन्छ । यिनको पूजाआजा आदिवासी र प्रायः धेरै सम्प्रदायमा, जनजातिमा र विभिन्न समुदाय पनि प्रचलित छ ।
पौराणिक कालदेखि मातृकाहरूको पूजाआजा गर्ने परम्पराको विकास हुँदै गएको मानिन्छ । तसर्थ कालीको पूजाआजा गर्ने परम्पराको ज्यादा विकास पनि पौराणिक कालमा नै भएको हो। कालीलाई शिक देवगणहरू शम्भु र निशुम्भ नामक दानवबाट पीडित भएपछि देवीको स्तुति गर्न थालेछन्, जसबाट उग्र रूप भैरव वा महाकालकी शक्तिको रूपमा चिनिन्छ । मार्कण्डेय पुराणमा पाइने एक कथाअनु भएकी पार्वतीबाट अम्बिकाको उत्पत्ति भएछ । यिनै अम्बिका कृष्ण वर्णकी भएकाले यिनको नाम काली रहन गएको हो ।
विभिन्न पुराणहरूमध्ये कालिका पुराणमा कालीको चर्चा गदै यिनलाई पार्वती मानिएको छ । यसै गरी लिङ्ग पुराणमा चाहिँ कालीलाई दुर्गाबाट उत्पन्न भएकी मूर्तिमा सुतिरहेका शिवमाथि उभिएको देखाइनुपर्छ भनिएको छ। तर पशुपतिनाथ बेतालमाथि नृत्य मुद्रामा उभिएको स्वरूपमा छन् । आठ बाहु भएकी मेखलाधारी यी देवल दायाँतिर डमरु र कपाल पात्र लिएर अर्को बाहुले पताका मुद्रा प्रस्तुत गरेको देखिन्छ। यिनका त्रिशूल र नरमुण्डमाला लिएर अर्कोले पताका मुद्रा प्रस्तुत गरेको देखाइएको छ। यिनका र घण्ट आदि आयुध लिएको स्वरूप निर्माण गरिएको छ ।
वनकालीलाई प्रतिमामा बेताल (घोप्टो परेर सुतेको, जसको पैतालामाथि फर्किएको पारेर केश बाहिर निकालेको) माथि नाचिरहेकी अवस्थामा देखाइएको छ। प्रतिमामा देवीको वा पेट, झोलिएको स्तन, कङ्काल स्वरूप हात खुट्टा र अनुहार तथा टोड्काजस्ता नेत्र देखाइएका छन्। उ बनकाली देवी चामुण्डा स्वरूपकी देखिन्छिन् । प्रतिमामा देवीले पाउमा लगाएको सर्पको कल्लीमा सप्त घाँटी पारेको देखिन्छ । यता देवी नाच्दा दुई घुँडा फारेकोले तिनको लुगा जामाजस्तो फिजागिएको छ । यसरी चामुण्डादेवी वनमास्थित भएकाले यिनलाई वनकाली भनिएको हो भन्ने विश्वास गर्न न
वनकाली प्रतिमाको पादपीठमा एउटा अभिलेख देखिन्छ, जसमा .. सान्य सोमोम्वचः दतनीति, ’ लेखिएको छ (वज्राचार्य, २०५३ ः ५९७) । यहाँ देवीलाई दुई तहको तो स्थापित गरिएको देखिन्छ । देवी उभिएको पादपठीको अंशुवर्माकालीन अभिलेखले बनकालीको यात लिच्छविकालमा भएको प्रष्ट हुन्छ । जीर्णोद्धार गर्ने क्रममा वनकालीको प्राचीन देवलबाहिर नै थपिएकाले यसमा दुई तहको तोरण रहेको छ । यसै गरी हालको मन्दिरको स्वरूप अझ बाहिरतिर पनि लगाई सुरक्षित गरिएको छ । यसबाट वनकाली देवी चार तहको घेराभित्र स्थापित रहेकी छन्।
वनकाली मन्दिरभित्र छेपुसहितको सानो तोरणको मुनि देवीको प्रतिमा स्थापना गरिएको कर्माचार्यहरूबाट नित्य रूपमा तान्त्रिक पूजा गरिने यी देवीलाई उग्रदेवीको रूपमा विधिपूर्वक विशेष र पर्वको अवसरमा विशेष किसिमले पूजा गरिन्छ । खासगरी नेवारी समुदायले यी देवीलाई विशेष पूजाआजा गर्ने गरेका छन् ।
स्कन्दपुराणमा पाइने एक कथाअनुसार दक्षप्रजापतिले सतीदेवी र ज्वाई महादेवलाई आफूले आयोजना गरेको यज्ञमा नबोलाएकोले सतीदेवीले बाबु दक्षसित कोधित भई शिवको आराधना र दक्षको घमण्ड दमन गर्न आफ्नो नाक घर्षण गरी कालीको उत्पत्ति गरिछन् । फलतः दक्षको यज्ञ ध्वस्त भयो भनिएको पाइन्छ । देवीमहात्म्यमा पनि कालीका व्यापक चर्चा गरिएको देखिन्छ ।
नेपालमा शिवको साथमा कालीको पूजाआजा गर्ने परम्परा छ। त्यस्तै गरी यिनै बनकाली अक्षय तृतियाको दिन बनकाली जात्रा समेत मनाउने परम्परा रहेको छ ।
वनकाली जात्रा
वैशाख शुक्लतृतीया या अक्षय तृतीयाका दिन पशुपतिनाथको दक्षिण पश्चिम दिशामा रहेकी वनकाली देवीको जात्रा सञ्चालन गर्ने गरिएको छ । उक्त जात्राको एक दिनअघि अर्थात् द्वितीयाका दिन छोयला बु भनी सबै गुठीयार मिलेर सगुन खाई जात्राको तयारी गर्छन् । भोलिपल्ट तृतीयाको दिन बिहानै भुवनेश्वरी मन्दिरमा अवस्थित वनकालीको प्रतिमूर्तिलाई वनकालीमा लगेर राखिन्छ । केही वर्षअघिसम्म उक्त दिन काठमाडौंको गुठी संस्थानअन्तर्गतका अड्डाहरू जस्तो त्रिपुरेश्वर केन्द्रीय गुठी कार्यालय, गुठी गोश्वारा पशुपति र भद्रकाली गुठी कार्यालयका अधिकारीहरू वनकाली जात्रामा उपस्थित हुने चलन थियो । हाल पशुपति गुठी गोश्वाराको उपस्थिति हुने गरे तापनि अन्य गुठी कार्यालयबाट अधिकारीहरू आउने परम्परा बन्द भइसकेको छ । पहिले वनकाली जात्रामा कर्माचार्य, स्थानीय खड्गी र कपालीे आदिलाई वर्ष दिनभरी वनकाली माईको सेवा गरेवापत भोज खुवाउने चलन थियो । उक्त चलन पनि हराएर गएको छ ।
वनकाली जात्रा निकै वर्षसम्म रोकिएकोमा वि.सं. २०५८ सालमा एकपटक मनाइयो । बनकाली जात्राका अवसरमा पहिलो दिन दुनियाँ पूजा हुने गर्दथ्यो । वनकाली जात्राको सञ्चालनका निम्ति पशुपति गुठी गोश्वाराले आवश्यक सामग्री उपलब्ध गराउने गरेको छ । उक्त दिन पशुपति गुठी गोश्वाराबाट बलिसहित पूजा गराउने चलन रहेको छ । पूजा समापन भएपश्चात् वनकालीमा अवस्थित खटमा भुवनेश्वरीका ल्याइएको वनकालीको प्रतिमूर्तिलाई विराजमान गराई बाजागाजासहित खटजात्रा गरिन्छ । देवीको खटज गर्दा भुवनेश्वरी, इँटापाखा, जयवागेश्वरी, ताम्रेश्वर र पाँचु गणेश हुँदै पुनः भुवनेश्वरीमा ल्याई समापन चलन थियो । हाल भने खटजात्रा गर्ने चलन हराएर गएको छ । यस अवसरमा भुवनेश्वरीबाट ल्याइट प्रतिमूर्ति वनकाली मन्दिरमा दिनभर राखी पूजा गर्ने तथा साँझपख खट फिर्ता गर्ने चलन छ । परम्परागतरुपमा रूपमा चल्दै आएको वनकालीको धार्मिक तथा सांस्कृतिक जात्रा लामो समय देखि बन्द भएकोमा यो वर्षपशुपति क्षेत्र बिकास कोष कामपा ८ र ज्यापु पुच पशुपतिको नेतृत्वमा २०८०बैशाख १० गते आइतवार मनाइदै छ।
बनकालीको दिब्यभावको खट यात्रामा सहभागी बनौ पुण्य कमाऔ ।
शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी संकल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौँको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्यकर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौँको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिककालदेखिको परम्परा हो ।
गर्मीबाट शरीरलाई बचाउन दुवै चिजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त हुने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ ।
वैशाख शुक्ल तृतीयाका दिन थोरै दान गरे पनि धेरै फल प्राप्त हुने र यो अक्षय अर्थात् कहिल्यै नाश नहुने भएकाले आजको दिनलाई अक्षय तृतीया भनिएको हो, ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ अर्थात् पहिले शरीरको रक्षा गर अनि मात्र धर्मको साधना गर भन्ने उक्तिलाई पनि यसले चरितार्थ गर्छ’, उनले भने ।
आजको दिन दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ । आज बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ । यस्तो दान असहाय एवं विपन्न वर्गलाई पनि गरिन्छ ।
सत्य युगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ । त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन छ । यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो ।
परशुराम हयग्रिव जयन्ती
अक्षय तृतीयाकै दिन जन्मनुभएका परशुराम ऋषिको जन्मजयन्ती पनि आजै मनाइन्छ । अष्टचिरञ्जीवीमध्येका एक परशुराम तृतीयाका दिन बेलुकी जन्मिएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । परशुराम भगवान् विष्णुको छैटौँ अवतारका रुपमा जन्मेका हुन् ।ऋषि जमदग्नि र रेणुकाका पुत्र परशुरामले पिता जमदग्निको आदेशमा माता रेणुकाको हत्या गरेको समेत ती ग्रन्थमा व्याख्या गरिएको छ । पिता जमदग्निले परशुरामलाई वर माग भनेपछि मातालाई जीवित गरी मारेको कुरा अरुले थाहा नपाऊन् भनी मागेको उल्लेख गरिएको छ ।
अष्टचिरञ्जीवीमध्येका एक परशुरामले पिता जमदग्निको हत्या भएपछि २१ पटक ब्रह्माण्ड घुमी विश्वभरका क्षेत्रीको हत्या गरेका थिए । क्षेत्रीयमा अहङ्कार बढ्न थालेपछि साधुको रक्षा गरी दुर्जनलाई मार्नकै लागि भगवान् विष्णुको छैटौँ अवतारका रूपमा उनले जन्म लिएको वर्णन पनि पौराणिक ग्रन्थमा गरिएको धर्मशास्त्रविद् गौतम बताउँछन् । राजा कार्तवीर्यका सबै छोराको हत्या परशुरामले नै गरेका थिए ।
हयग्रीव भगवान विष्णुकै एक अवतार हो। मानव शरीर र घोडाको शिर, चम्किलो सेतो रंग, सेतो वस्त्र र सेतो कमलमा विराजमान भएका उहाँलाई ज्ञान र बुद्धिको देवताको रूपमा पूजा गरिन्छ। प्रतीकात्मक रूपमा, कथाले शुद्ध ज्ञानको विजयलाई प्रतिनिधित्व गर्दछ,। हयग्रीव भगवान को चार हात छन्, एउटा ज्ञान प्रदान गर्ने मोडमा; अर्कोसँग बुद्धिका पुस्तकहरू छन्, र अरू दुईसँग शंख र डिस्कस छन्। उनको सुन्दरता, ताजा कट स्फटिक जस्तै, एक शुभ प्रकाशित हो जुन कहिल्यै क्षय हुदैन ।
हयग्रीव को थिए र भगवान विष्णुले किन हटाए ? विष्णु पुराणबाट अधर्मले आफ्नो कुरूप टाउको उठाएर विनाश निम्त्याउँदा प्रत्येक पटक भगवान विष्णु पृथ्वीको भ्रमण गर्ने आफ्नो प्रतिज्ञामा बाँधिएका छन्। तसर्थ, भगवान विष्णुका विभिन्न अवतारहरूसँग सम्बन्धित छ ।