गोंगबु लुटपाट र आगजनीमा संलग्नहरूको खोजीमा जिल्ला प्रहरी र महानगरीय अपराध अनुसन्धान कार्यालयले प्रहरी युनिटहरूको सहयोगमा अपराधी समात्ने अभियान जारी राखेका छन् । अपराध अनुसन्धान कार्यालयले सीसीटीभीका फुटेजमा लुटपाटका दृश्यसहित त्यसमा संलग्न अपराधीहरू समातेर सार्वजनकि गरेलगत्तै काठमाडौं प्रहरीले पनि थप व्यक्तिहरू समातेको जनाएको छ ।
लुटपाट र दङ्गामा संलग्नहरू समातेको विषयमा काठमाडौं जिल्ला प्रहरी परिसरले जारी गरेको विज्ञप्ति:-
मिति २०७९।११।०१ गते अं. १६:५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीहरू लिई गएको प्रहरी वृत बालाजुको सवारी साधनहरु, प्रहरी विट तथा ट्राफिक आईल्याण्डमा अगजनी गरी पूर्ण क्षति पुर्याउन कार्यमा संलग्न थप २३ जना मानिसहरुलाई नियन्त्रणमा लिइएको ।
क) मिति २०७९ ।११। ०४ गते पक्राउ परी म्याद थप भएका व्यक्तिहरूको नामथर :–
१) जिल्ला लमजुङ वेशीशहर न.पा.वडा नं.११ घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.२६ गोंगवु बस्ने दिलमान श्रेष्ठको छोरा वर्ष २१ को गणेश कुमार श्रेष्ठ ।
२) जिल्ला कास्की भरतपोखरी उप महानगरपालिका वडा नं.३३ घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.२६ गोंगवु बस्ने कृष्ण बहादुर नेपालीको छोरा वर्ष २२ को विक्रम नेपाली ।
३) जिल्ला गोरखा पालुङटार न.पा.वडा नं.०४ घर भई काठमण्डौ, मित्रनगर बस्ने कृष्ण बहादुर भुजेलको छोरा वर्ष २१ को आकाश भुजेल ।
४) जिल्ला कास्की पोखरा न.पा.वडा नं.१६ घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.२६ गोंगवु बस्ने मिठ्ठे श्रेष्ठको छोरा वर्ष २८ को सुमन श्रेष्ठ ।
५) जिल्ला नुवाकोट ताँदी गा.पा.वडा नं.०७ घर भई हाल काठमाण्डौ, जरङ्खु बस्ने मर्च लामाको छोरा वर्ष २४ को सुमन लामा ।
६) जिल्ला गोरखा लक्ष्मी न.पा.वडा नं.६ घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.२६ गोंगवु बस्ने दान बहादुर मगरको छोरा वर्ष २९ को बिजय मगर
७) जिल्ला नुवाकोट शिवपुरी गा.पा.वडा नं.०६ घर भई हाल काठमाण्डौ लोलाङ बस्ने ईन्द्र बहादुर तामाङको छोरा वर्ष ३० को रन्जित कुमार तामाङ ।
८) काठमाण्डौ जिल्ला तार्केश्वर नगरपालिका वडा नं.०६ घर हुने छिरीङ थाक्रेकी छोरी वर्ष २६ कि संगिता खड्की ।
९) जिल्ला नुवाकोट घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछोपोखरी वस्ने कृष्ण तामाङ को छोरा वर्ष २० को रबि तामाङ
१०) जिल्ला कैलाली चिसापानी गा.पा.वडा नं.०९ घर हुने दिल बहादुर बुढाको छोरा वर्ष १९ को प्रकाश क्षेत्री ।
११) जिल्ला धादिङ निलकण्ठ न.पा।वडा नम.०६ घर भई हाल काठमाण्डौ जिल्ला तार्केश्वे न.पा.बस्ने श्याम बहादुर गुरूङको छोरा वर्ष २२ को ईलाराज गुरूङ ।
१२) जिल्ला सिन्धुलि सिन्धुलिगडी न.पा.वडा नम.०६ घर भई हाल काठमाण्डौ, जरङ्खु बस्ने वर्ष मरकुच तामाङको छोरा वर्ष १८ को ईन्द्र तामाङ ।
१३) जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१६ बालाजु माछोखरी बस्ने बुद्ध शाहीको छोरा वर्ष ३३ को माधव शाही ।
१४) जिल्ला उदयपुर उदयपुरगढी गा.पा.वडा न. ६ घर भई हाल काठमाण्डौ जिल्ला ढुङ्गेधारा बस्ने एक बहादुर रावतको छोरा वर्ष २७ को राजन रावत ।
१५) जिल्ला काभ्रेपलान्चोक नमोबुद्ध न.पा.वडा नं.०२ घर भई हाल काठमाण्डौ जिल्ला सामाखुशि बस्ने दल बहादुर तामाङको छोरा वर्ष २८ को हरी शरण तामाङ ।
१६) जिल्ला काभ्रेपलान्चोक पाचखाल घर भई हाल जिल्ला काठमाण्डौ जरङ्खु बस्ने बिजय मगरको छोरा बेष १९ को सुजन मगर ।
१७) काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ बालाजु माछापोखरी बस्ने बालकृष्ण नगरकोटीको छोरा वर्ष २२ को रोमन नगरकोटी ।
१८) जिल्ला नुवाकोट ककनी गा.पा.वडा नं.०८ घर भई हाल का.जि.का.म.न.पा.वडा नं.१६ बालाजु बस्ने शरण सुनारको छोरा वर्ष १८ को सुनिल कालिकोटे ।
१९) जिल्ला नुवाकोट ककनी गा.पा.वडा नं.०७ घर भई हाल का.जि.का.म.न.पा.वडा नं.१६ बालाजु वस्ने सानु कान्छा तामाङको छोरा वर्ष १८ को सुदिप तामाङ ।
२०) जिल्ला धादिङ निलकण्ठ न.पा.वडा नं.०६ घर भई हाल का.जि. तार्केश्वर न.पा.वस्ने प्रकाश गुरूङको छोरा वर्ष १८ को विकाश गुरूङ ।
२१) जिल्ला चितवन रत्ननगर न.पा.वडा नं.११ घर भई हाल काठमाण्डौ डल्लु वस्ने सुक बहादुर परियारको छोरा वर्ष २७ को सविधान परियार ।
२२) जिल्ला नुवाकोट सुर्यगढी गा.पा.वडा नं.०४ घर भई हाल काठमाण्डौ जिल्ला लोलाङ वस्ने रामबाबु राईको छोरा वर्ष १९ को केशर राई ।
२३) जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.२६ घर भई हाल काठमाण्डौ तार्केश्वे न.पा.वस्ने बुद्ध रत्न खड्गीको छोरा वर्ष १९ को कविन खड्गी ।
नियन्त्रणमा लिईएका व्यक्तिहरू उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसूर सम्बन्धी मुद्दा दर्ता गरी सम्मानित काठमाडौ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भई रहेको ।
साथै अन्य संलग्न व्यक्तिहरुको खोजतलास भई रहेको ।