नेपाल सरकारले गुलाबको फूल आयातमा प्रतिबन्ध लगाएको छ । भ्यालेन्टाइन डे अर्थात १४ फ्रेबुअरी लक्षित गरी गुलाबको फूल आयातमा अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको हो ।
पादरी भ्यालेन्टाइनलाई मारिएको स्मृति दिवसको दिन नेपालमा पनि हालैका वर्षमा प्रणय दिवस भन्दै भेटघाट, घुमफिर र फूल आदान प्रदान गरनेहरूको संख्या बढ्दै गएको छ । विदेशको पादरी शदीयौं पहिला मारिएको स्मृति दिवसलाई खुशियालीको दिनका रुपमा मनाउने विदेशको पुँजीवादी बजारको नक्कल गर्दै विदेशबाटै विदेशी मुद्राको सञ्चिती खर्च गरेर ल्याएको फूलले व्यापारघाटा बढाउन मद्दत पुग्ने गरेको भनी आलोचना हुने गरेको छ ।
पुरानो पुस्ताका नेपालीले भ्यालेन्टाइनको श्राद्धको दिन मनाइने खुशियाली नेापली संस्कृतिविपरीत मौलाएको छाडा व्यवहार भनेर पनि आलोचना गरेको पाइन्छ ।
कृषि तथा पशुपन्छी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टाइन तथा बिषादि ब्यवस्थापन केन्द्र, हरिहरभवनकी प्रमुख साबित्री बरालले एक परिपत्र जारी गरी गुलाबको फूल आयातमा केही समयका लागि प्रतिबन्ध लगाईएको जानकारी दिएकी छिन् । जसअनुसारा काकडभिट्टा, भण्टाबारी, बिराटनगर, मलगंवा, जलेश्वर, बिरगञ्ज, तातोपानी, एअरर्पोट, रसुवा, भैरहवा, कृष्णनगर, गडडाचौकी, लोमान्थाङ, बैतडी नाकावाट गुलाबको फूल आयात गर्न नपाइने भएको छ ।
‘यस केन्द्र तथा अन्तरगतका कार्यालयहरुबाट बिशेष कारणले अर्को ब्यबस्था नभएसम्मका लागि गुलाबको फूल आयात नगर्नका लागि आयात अनुमति पत्र जारी गर्ननहुन सबन्धित सबैमा जानकारीका लागि अनुरोध छ’ खनालले जारी गरेको परिपत्रमा भनिएको छ ।