भाषन्तेऽधीयते देवाः, देवभाषास्ति संस्कृतम् ।
निबद्धं सकलं ज्ञानं ज्ञानभाषास्ति संस्कृतम् ।।
निःश्रेयसे परा विद्या, अपराभ्युदयाय च ।
शास्त्रैः संवर्ण्यते सम्यक् शास्त्रभाषास्ति संस्कृतम् ।।
सृष्टेः प्राग् जगदीशेन वेदज्ञानं प्रकाशितम् ।
तेन धात्रा कृता सृष्टिः सृष्टिभाषास्ति संस्कृतम् ।।
वाङ्मयं विपुलं श्रेष्ठं वैदिकं यद्विराजते ।
संस्कृते विततं सर्वं वेदभाषास्ति संस्कृतम् ।।
लौकिकं तद्वदेवेदं वाङ्मयं वेदरक्षितम् ।
पालितं लालितं लोकैर्लोकभाषास्ति संस्कृतम् ।।
संस्कृतेन विना न स्यात् संस्कृतिः संस्कृताश्रिता ।।
संस्कृतं संस्कृतिं रक्षेत् संस्कृतिः संस्कृतं तथा ।
वाल्मीकिरचितं रम्यं काव्यं रामायणं वरम् ।
सर्वतः प्राचीनं तद्धि, आद्यभाषास्ति संस्कृतम् ।।
गीयतां पीयतां नित्यं सेव्यतां संस्कृतं मुदा ।
सर्वासां जननीभाषां वन्दे संस्कृतमातरम् ।।
अर्थ-
देवताहरू बोल्छन् र अध्ययन पनि गर्छन् । त्यसैले संस्कृत देवभाषा हो । यही भाषामा सम्पूर्ण ज्ञान निबद्ध भएकाले यो ज्ञानको भाषा हो । शास्त्रहरूले मोक्षका लागि परा विद्या र लौकिक उन्नतिका लागि अपरा विद्याको राम्रो वर्णन गरेका छन् । यसरी संस्कृत शास्त्रको भाषा हो । जगत्को सृष्टिभन्दा पहिले जगदीश्वरले वेदको ज्ञान प्रसारित गर्नुभयो । त्यही वेदज्ञानद्वारा विधाताले सृष्टि गर्नुभएको हुँदा संस्कृत सृष्टिभाषा पनि हो । उत्कृष्ट एवं विशाल जुन वैदिक वाङ्मय छ, त्यो सबै संस्कृतमा नै फैलिएर रहेकाले संस्कृत वेदभाषा हो । त्यस्तै वेदद्वारा नै रक्षित लौकिक वाङ्मय छ तथा लोकद्वारा समेत पालन एवं स्नेह गरिएको संस्कृत लोकभाषा पनि हो ।
हाम्रो संस्कृति संस्कृतमै आश्रित छ । त्यसैले संस्कृतविना संस्कृति रहन सक्दैन । संस्कृतले संस्कृतिको र संस्कृतिले संस्कृतको रक्षा गरोस् । महर्षि वाल्मीकिले रचना गर्नुभएको रामायण अति उत्तम रमणीय काव्य हो । यो निश्चय नै सबैभन्दा पुरानो काव्य भएकाले संस्कृत संसारकै पहिलो भाषा हो । संस्कृतको गान गर्नुहोस् । यसको पान गर्नुहोस् । प्रसन्न भएर यसको सेवन गर्नुहोस् । सबै भाषाहरूको जननीभाषा संस्कृतलाई सादर वन्दन ।