विश्वका हिन्दूहरुको आस्थाको केन्द्र भगवान श्री पशुपतिनाथ विराजित पावन भूमि पाशुपत क्षेत्रमा विभिन्न प्रकारको पर्व, उत्सव, मेला मात्र नभइ स्वयं पशुतिनाथको समेत अनेकानेक प्रकारले विभिन्न तिथि आदि हरुमा छुट्टै प्रकारको विशेष पूजा हुने गर्दछ । जस्तै दमनाराहेण, पवित्रारोण, टिकन्छा, बालाचतुर्दशीमा इन्द्र कवच आरोहण लगायत पर्वहरुमा छुट्टै प्रकारको विशेष पूजा हुने गर्दछ ।
यसै क्रममा नेपालमा चल्ने सम्वतहरु चन्द्रमान र सौर्यमान को आधारमा चल्ने गर्दछन् । विक्रम सम्वत् सौर्यमान को गणना बाट चल्दछ भने वन्य तिथिहरु चन्द्रमा को गणितीय उद्दतीमा मनाइने गरिन्छ । धनुर्मास भनेको गते र तिथिले पौष महिनामा पर्ने दिनहरुलाई धनुर्मास भन्ने गरिन्छ । तिथिको हिसावले मसिंरको पूर्णिमापछि पौष लाग्दछ भने मसिंर महिनाको मसान्तको भोली पल्ट अर्थात सक्रान्ती को दिन पौष लाग्दछ । यसै दिन देखि सुर्य नारायण धनु राशीमा प्रवेश गर्छन । तसर्थ यो वर्ष २०७९साल पौष १ गते देखि २०७९ पौष २२ गतै सम्म धर्नु मास महिना लाग्द छ। यसै समयको विचमा श्री पशुपतिनाथ अमाल कचहरी बाट श्री पशुपतिनाथ का मुल भट्ट ज्यु सगं परामर्श पश्चात श्री साइत जुराइन्छ । यसका लागि तिथि र महिना दुवैले पौष महिनाभित्र नै परेको दिन हुन आवश्यक छ । यस दिन भगवानलाई जाडोबाट वच्न विशेष खिचडी चढाउने चलन छ । पहिले पहिले पौष महिनामा नौ पटकसम्म पनि धनुर्मास पूजा गर्ने गरिन्थ्यो जुन भक्तजनहरूले पनि आफ्नो खर्चमा धनुर्मास पूजा गर्न सक्तथे । हाल को अवश्थामा वर्षमा एक पटक मात्र धनुर्मास पूजा हुने गर्दछ । जुन परम्परागत रुपमा श्री पशुपतिनाथ अमालकोट कचहरी वाट हुन्छ ।
रातको समयमा गरिने उक्त पूजामा चारैजना भट्ट ब्राह्मण, पालोवाला भण्डारी, श्रीको भान्छे र ब्राह्मण आदि सबैजना जुट्नुपर्ने हुँदा बाहिरी मानिसहरूद्वारा गरिने धनुर्मास पूजाको परम्परा हाल लोप भइसकेको छ । पशुपतिनाथलाई खिचडीको भोग दिने कार्य अमालकोट कचहरीका तर्फबाट वर्षमा एकपटक मात्र गर्ने परम्परा वसेको छ । उक्त पूजा मध्यरातको बाह्र वजे सुरु गरिन्छ रातको समयमा नित्य पूजामा गरिने सम्पूर्ण विधानहरू पूरा गर्ने चलन छ । यस अवसरमा पशुपतिनाथलाई आदिकलश, पञ्चामृत स्नान, तैलाम्भ्य, श्रीयन्त्र लेखन, श्रृङ्गार, श्री चक्रको पूजा, धूप वत्ती र बालभोग अर्पण गरी मूलभोगका रूपमा भने खिचडी अर्पण गर्ने परम्परा छ ।
उक्त दिन पालो परेका भट्ट पूजारीले दुईवटा खड्कुलोमा खिचडी पकाउँछन् । यिनीहरूमध्ये एउटामा सख्खरसहितको र अर्कोमा चिनीसहितको खिचडी पकाउने चलन छ । मध्यरातमा सुरु गरिएको पशुपतिनाथको खिचडी भोगको कार्य विहानको करिव ७ वजेतिर समाप्त हुने गर्दछ । त्यस अवसरमा रातभरी देवताको पूजा गरिने हुँदा धनुर्मास पूजा सकिएको दिन दिउँसो पशुपतिनाथ मन्दिर वन्द हुने गर्दछ । त्यस दिन विहान १९ वजेतिर वन्द गरिएको मन्दिर बेलुका साँझको आरतीका लागि मात्र खोल्ने परम्परा छ
धनुर्मास विशेषगरी पशुपतिनाथलाई खिचडी अर्पण गर्ने पर्वका रूपमा प्रसिद्ध रहेको छ । यस अवसरमा औंसी, पूर्णिमा, एकादशी, सोमबार र शनिबारजस्ता पशुपतिनाथमा भक्तहरूको भीडभाड हुने दिनबाहेक अन्य कुनै एक दिन गर्ने गरिन्छ ।
रात्रिपूजा सम्पादन गरी खिचडी भोग लगाएर ढोका वन्द गर्ने परम्परा भएकोले उपर्युक्त दुई बारमा ढोका वन्द गर्नु उचित नहुँदा अन्य दिनमा गर्ने व्यवस्था गरिएको हो । यो पर्वको लागि विशेषता के छ भने चन्द्रमास र सूर्यमास दुवैबाट पौष महीना भए पछि मात्र उक्त पर्व गर्न सकिन्छ । पौष महीना नलाग्दै चान्द्रमानले मार्गमा ने पोष कृष्ण चतुर्दशी पन्यो भने खिचडी भोग लगाउने पर्व हुँदैन । अतः यो पर्व थोरै दिनको पनि हुन सक्छ र लामो पनि हुन्छ । पशुपतिनाथलाई जाडोबाट जोगाउन २४सै घण्टा मूल मन्दिरमा धनुर्मास पूजा आराधना गरेसँगै मन्दिर भक्तजनका लागि वन्द गरिन्छ । पशुपतिनाथ मन्दिरमा आदिकालदेखि नै सौर र चान्द्र दुवै मासअनुसार पुस परेको दिनमध्ये उपयुक्त दिनमा धनुर्मास पूजा गर्ने परम्परा रहेको छ ।
बेलुकी आरती गर्नमात्र मन्दिरको ढोका खोलिनेछ । भगवान् पशुपतिनाथका गणसहित नवग्रहलाई समेत दिन एवं रातभर पूजा गरी आदिकालदेखि मनाउँदै आएको धनुर्मास पर्व सम्पन्न गर्ने परम्परा रहेको छ । पार्वतीसहितका शिवजीलाई जाडोबाट जोगाउन धनुर्मास पूजा गर्ने परम्परा वसेकाले पूजापछि शरीरमा ताप दिने खाद्य पदार्थ चाकु, सखर, खिचडीलगायत प्रसादका रुपमा चढाउने परम्परा छ। पशुपतिनाथलाई चढाउने खिचडी वनाउँदा दालको आधा चामल र चामलको आधा घिउ हाल्नुपर्ने विधि रहेको छ ।
धनुर्मास पूजा सकिएपछि शिवपार्वती पनि घाम ताप्न जाने विश्वासमा मन्दिर वन्द गर्ने गरिने परम्परा छ। धनुर्मास पूजाका दिन पशुपतिनाथमा नित्य एवं नैमित्तिक भोगसमेत लाग्दैन । मानव शरीरमा भएका विभिन्न चक्रलाई खुशी पार्न महिनाअनुसारका खाद्य परिकारको वर्णन शास्त्रमा गरिएको छ। जाडोले धनुजस्तै कुप्रिने बेलामा गरिने पूजा भएकाले धनुर्मास हो । तन्त्र शास्त्रमा धनुर्मास पूजा विधिका बारेमा उल्लेख गरिएको जनाइएको छ । पशुपतिनाथ मन्दिरमा वैदिक र तान्त्रिक दुवै विधिबाट पूजा आराधना हुँदै आएको छ