सन् १९६० डोमेनिक गणतन्त्रका मिराबेल परिवारका तीन दिदीबहिनीलाई तत्कालिन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गर्यो । पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको गम्भीर अपराधकाे रुपमा सम्झनास्वरुप १६ दिने अभियान विश्भवर नै मनाइदै आएको छ ।
नेपालमा पनि हरेक वर्षको ९ देखि २४ मंसिरसम्म मनाइने यस अभियानमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरिन्छ । वर्षाैदेिख अभियान चलाए पनि महिलाका समस्या भने ज्यूका त्यूँ छन् । दुरदराजमा अहिले पनि लैङ्गिक हिंसाका घटनाहरू कम भएका छैनन् । दुरदराजमा मात्रै हाेइन सुगम मानिएकाे महोत्तरी मै भएकाे एक घटनाले अभियान र अधिकारवादीहरूलाई गिज्याइरहेकाे भान हुन्छ ।
औरही नगरपालिका बस्ने नेहा चौधरी अहिले आफ्नै डाक्टर श्रीमानसँग दाइजोकाे निहुँमा उब्जिएकाे क्लेसविरुद्ध लडिरहेकी छिन् । चिकित्सक श्रीमानबाट दाइजो नल्याएको निहुँमा पटक-पटक शारीरिक र मानसिक यातनाको शिकार बनेकी चौधरी न्यायको लागि हार गुहार मागिरहेकी छिन् ।
यो त शिक्षित परिवारबाट मधेशी महिलाले हिंसा भोग्नुपर्ने एक प्रतिनिधि उदाहरण मात्रै हो । चौधरीकाे जस्तै हिंसात्मक घटना ब्यहाेर्ने जिल्लामा कयौँ महिला छन् । जसकाे जुनसुकै बेला ज्यान जाने वा गुमाउने अवस्था छ ।
महिला हिंसासम्बन्धी भएका पछिल्लो तीन वर्षको तथ्यांकलाई केलाउने हाे भने पनि महोत्तरी मधेश प्रदेश मै सबैभन्दा अगाडि छ । महाेत्तरीमा आर्थिक वर्ष २०७७/०७८ मा महिला हिंसासँग जोडिएका ३२७ वटा घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका थिए ।
त्यसमध्ये २५८ वटा फर्स्यौट भएका छन् भने ३९ वटा मुद्दालाई अन्य निकायमा स्थान्तरण गरिएको छ । ३० वटा मुद्दा अझै फर्स्यौट हुन बाँकी छ ।
जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका मुद्दालाई मात्र आधार मान्ने हो भने आर्थिक बर्ष २०७८/०७९ महिला हिंसाका घटनामा वृद्धि भएर ४५६ वटा पुगेका छन् । यीमध्ये ५४ वटा मुद्दा किनारा लगाउन अझै बाँकी छ । ११७ मुद्दा अन्य निकायमा सारिएको छ, ४५६ वटा मुद्दा फर्स्यौट भैइसकेका छन् ।
अझ आर्थिक बर्ष २०७९/८० मा यो संख्यामा निकै वृद्धि हुने देखिन्छ । आर्थिक वर्षको प्रारम्भमा नै १४६ वटा मुद्दा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दर्ता भैइसकेको महोत्तरी प्रहरीले जनाएको छ । यसमध्ये ६३ वटा फर्स्यौट भएका छन्, ६ वटा मुद्दा अन्य निकायमा पठाइएको छ, ७६ वटा मुद्दामा अझै अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
दर्ता भएका घटना यति कहालीलाग्दा छन् की महिलाहरू चरम शाेषणको कठोर पीडाले आत्महत्या मात्र गरेका छैनन, कतिपय घटनामा ज्यूदै आगो लगाइएको समेत छ । यसमध्ये जबर्जस्ती करणीका घटना समेत अधिक छन् ।
आर्थिक वर्ष २०७९/८० को उतरार्धमा नै जबर्जस्ती करणीका ११ वटा मुद्दा दर्ता भैइसकेका छन् । यसअघिको तथ्यांक हेर्ने हो भने जबर्जस्ती करणीका घटना अधिक छन् । आर्थिक वर्ष २०७७/७८ र २०७९/८० मा क्रमशः ४१ र २३ वटा छन् ।
त्यसो त जबर्जस्ती करणीका घटनामात्र हाेइन कहिले दाइजोको नाममा, कहिले बहुविवाहका नाममा, कहिले बोक्सीको आरोपमा महिला प्रताडित बनिरहेका छन् ।
अन्धविश्वास र गलत संस्कारको कारण बोक्सीको आरोपमा महिला हिंसाका घटना पछिल्लो तीन वर्षमा मात्र आठ वटा दर्ता भएका छन् । आठै वटा घटनाका अभियुक्त पुर्पक्षका लागि थुनामा छन् ।
तर, थोरै महिलाले मात्रै शारीरिक र मानसिक यातनाको प्रतिकार गरेको र धेरै महिला अझै घरको चौघेराबाट बाहिर निस्कन नसकिरहेको महिलासमबन्धी काम गर्ने सामाजिक संस्था माण्डवीले जनाएको छ ।
माण्डवी की महोत्तरी संयाेजक प्रियङ्का ठाकुर लुकेका र लुकाइएका महिला हिंसाका घटना महोत्तरीमा प्रशस्त रहेको बताउँछिन् ।
दाइजो नल्याएको निहुँमा दोश्रो विवाह गर्ने पनि यहाँका पुरुषमा संस्कार नै बनेको छ । पछिल्लो तीन वर्षमा बहुविवाहका मात्र ३३ वटा घटना छन् । यी त महिलाले खुलेर जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका घटना हुन् । धेरै घटना त पारिवारिक दबाबका कारण घरभित्रै लुकाइएका छन् ।
बालविवाहलाई पनि लैङ्गिक हिंसाअन्तर्गत राखिएको छ । मधेशमा महिलाको सानै उमेरमा विवाह गर्नु पुरानो संस्कार जस्तै छ । धेरैजसो महिलाले जिल्लामा १५ वर्षभन्दा कम उमेरमा नै विवाह गरेको उदाहरण छन् ।
बालविवाह कै कारण विभिन्न स्त्रीजन्य रोगको शिकार बनेका निकै कमजोर छन । जिल्ला प्रहरि कार्यालय तथा माण्डवि संस्थाको तथ्यांकअनुसार जिल्लामा पछिल्लो ३ बर्षमा ३ वटा मात्र घट्ना छन । यसरी हेर्दा बालविवाहमा भने केही कम आएको प्रहरीको निष्कर्ष छ ।